२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
गजल
अर्चना सुवेदी
शुन्दर अनि शान्त देशमा अशान्ति छाएको छ 
देख्ने को छ जनताले यहाँ दुःख पाएको छ

हर सभा र मञ्चहरुमा झुटा भाषण छाट्नेहरु
बुझ्ने गर स्वार्थी नेता जनताले के चाहेको छ

सोच अब आश्वासनको झुटो डोरी बाट्नेहरु 
यो देशमा शान्तिगीत कसले कहाँ गाएको छ

के गर्छौ खै देशका लागि एक–आपसम फाट्नेहरु
स्वच्छ भावले देश विकासमा कसले मन लाएको छ

पीडितको नाम दिएर आफैले हात चाट्नेहरु 
देशभक्त हुँ भन्नेले नै देश बेची खाएको छ    (हाल दुबई)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
अठोट
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal