२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
अठोट
– निलिमा पुन
रहरहरु सहिद बने तर म बाँचिरहेँ
खुशीहरु रोइरहे तर म हाँसिरहेँ
साथहरु टुटे पनि पाइलाहरु चालिरहेँ
तालहरु छुटे पनि एकनाश म नाचिरहेँ

पहाड बनेर विचारहरु मेरो सामु उभिरहे
पर्खाल बनेर आस्थाहरु धावा बोल्न तम्सिरहे
बाधक बनेर नियतहरु एकएक गर्दै आइरहे
हिम्मत गरेर अवरोधहरु निस्तेज पार्दै अघि बढेँ

अडिग बनेर योगदानहरु छातीभित्र खडा भए
किल्ला बनेर स्वाभिमानहरु सतिसाल बनिरहे
निर्दयी बनेर अप्ठ्याराहरु पछ्याउँदै आइरहे
धैर्य गरेर कठिनाइहरु सामना गर्दै अघि बढेँ

इतिहास बनेर पानाहरु दिनदिनै थपिरहे
समर्पणका भावहरु अक्षर बनी पोखिरहे
विवशताका तानाशाहले शीर सधैँ थिचिरहे 
आँट गरेर नियमलाई धक्का मार्दै अघि बढेँ

दृढ बनेर सङ्कल्पहरु एक ढिक्का बनिरहे 
उचालिएका कदमहरु आफ्नै गतिमा हिडिरहे
स्वार्थी बनेर इच्छाहरुले अल्मलाउने कोशिश गरे
पत्थर बनेर चाहनाहरु बेवास्ता गर्दै अघि बढे

कुसंस्कारका घुम्टोहरु मुहार छोप्न खोजिरहे 
व्यभिचारका मुकुण्डोहरु झुटो आशा बाडिरहे
बेथितिका शृङ्खलाहरु चाङ बनेर आइरहे
हिम्मत गरेर खुड्किलाहरु पार गर्दै अघि बढेँ

सत्य खोज्ने आँकुराहरु भित्रभित्र पलाइरहे
नियालेर हेर्दै जाँदा असत्यका बिज भेटिइरहे
विषाक्त ती बीजहरु नशानशामा फैलिदै गए
कठोर तपस्याले मात्रै त्यसबाट मुक्त भएँ

प्राण खोस्न मृत्यु पनि पटक पटक नजिक आए
कठिन घडीको माझबाट जिउने शक्ति भरिरहेँ
आत्मसमर्पणका भावनाहरु जरैदेखि मेटिदिएँ
अठोट गरेर विपत्तिमा सङ्घर्ष गर्दै अघि बढेँ
(भर्खरै प्रकाशित गुल्मी आवाजबाट)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
गजल
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal