२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
अमेरिकी मजदुरका रोजगारी र ज्याला
– अपत्य शर्मा
विश्वव्यापी रूपमा सबैभन्दा शोषित, पीडित, दमित र पँुजीवादी दासताको जा“तोमा पिसिने वर्ग सर्वहारा वर्ग हो । यो सर्वहारा वर्गको सत्ता विश्वको कुनै पनि मुलुकमा छैन । आफूलाई माक्र्सवादी–लेनिनवादी तथा माओ विचारधाराका अनुयायी बताउने राता लुगा लगाउनेका पार्टीहरु एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरुमा छन्, तापनि सर्वहारा वर्गसत्ताको आवश्यकता अर्थात् सर्वहारा वर्गको अधिनायकवाद लागु गर्नुको सट्टा पँुजीवादी संसदीय घेराभित्र आफूलाई सीमित गर्दै आएका छन् । माक्र्सवादी–लेनिनवादी सिद्धान्तले जहिले पनि शोषक वर्गीय सत्तालाई बलपूर्वक ध्वस्त नगरेसम्म सर्वहारा वर्गले आफ्नो हातमा सत्ता लिन सक्दैन । जब सत्ता हातमा आउ“दैन भने उसले आफ्नो हातमा उत्पादनका साधनहरुमाथि पनि अधिकार जमाउन सक्दैन । सत्तामाथि आफ्नो अधिकार कायम नहुनु भनेको सर्वहारा वर्ग निरीह हुन्छ र शोषक वर्गले आफ्नो दमनकारी संयन्त्रद्वारा आफ्नो तानाशाही सर्वहारा वर्गमाथि लागु गर्छ । यसरी पँुजीवादी वर्गको तावेदारी गर्ने संसदीय पँुजीवादी व्यवस्थामा लागु गरिने तथाकथित समाजवाद (पँुजीवादी) ले पँुजीवादी व्यवस्थालाई, सर्वहारा वर्गको दासताका पक्षमा नै पँुजीवादी समाजवाद कायम गर्दै आएका छन् । समाजवादका पनि भिन्न रूपहरु छन् । एक्काइसौँ शताब्दीको समाजवादको वकालत गर्ने ठुलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माक्र्सवादी–लेनिनवादी मूल तŒवलाई लत्याएर जर्मन मूलका मेक्सिकाली समाजशास्त्रका प्राध्यापक हेन्ज देत्रिखले १९९६ मा सोसलिज्म अफ ट्वान्टी फस्ट सेन्चुरी नामको किताब प्रकाशित गरेपछि यो वाक्यांश प्रचलनमा आएको मानिन्छ । तर एक्काइसौँ शताब्दीको समाजवादको व्याख्या, विश्लेषण सबैभन्दा पहिले समाजवादको वकालत हेन्ज डाइटेरिचले १९९६ र पछि ल्याटिन अमेरिकी नेताहरु ह्युगो चाभेज (भेनेजुयलाका नेता) इक्वेडरका राफेल कोररिया, बोलिभियाका इभोमोरालेस र ब्राजिलका ल्युज इनासिओ लुला डासिल्भाले आ–आफ्ना मुलुकका अवस्था अनुसार प्रयोग गरेर चर्चित भए तापनि पुनः प्रतिक्रियावादी शक्तिले साम्राज्यवादी शक्तिको आड–भरोसामा एक्काइसौँ शताब्दीको समाजवाद परास्त भएको हु“दै गएको देखिन्छ । साम्राज्यवादीहरुले साम्राज्यवाद विरोधी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका सर्वहारावादी तथा राष्ट्रवादीलाई बदनाम गराउन अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई सक्रिय बनाउने काम गरिरहेछन् । अमेरिकी साम्राज्यवादीहरुले अन्तर्राष्ट्रिय जगतमा आफ्नो विश्वास गुमाउ“दै जानुका साथै आफ्नै मुलुकमा पनि मजदुर वर्गको चरम शोषण गर्दै आएको छ । यस सन्दर्भमा अमेरिकी सर्वहारा वर्गको वर्तमान स्थितिबारे चर्चा गरौँ ।
१८९६ सिकागोका मजदुरहरुले गरेको आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टाको मनोरञ्जनको आन्दोलनको माग अझै पुरा भएको छैन । सङ्घीय अमेरिकाका राज्यहरुमा ज्याला मजदुरीको दर असमान छ । अझै ट्रेड युनियन अधिकार अमेरिकी मजदुरहरुले पाउन सकेका छैनन् र टे«ड युनियन अधिकारका लागि सङ्घर्ष गर्दैछन् । टे«ड युनियन खोल्न खोज्ने वा टे«ड युनियनको सदस्य हुनेलाई कामबाट निकाल्ने काम रोजगारदाताले गरिरहेछन् । समान कामको समान ज्याला लिङ्गभेद र रङ्गभेदले गर्दा असमान ज्याला व्याप्त छ । अमेरिकी मजदुरहरु चरम गरिबीमा बा“च्न बाध्य छन्, उनीहरुको जीवनस्तरमा । प्रमुख डेमोक्रेटहरुलाई मजदुर वर्गको समर्थन घटेकोमा ठुलो समस्या परेकाले रोजगार ग्यारेन्टीलाई अगाडि बढाउ“दै छन् । रोजगार ग्यारेन्टीका बारेमा अर्थशास्त्री, भौतिकशास्त्री र औद्योगिक इन्जिनियरहरुले भविष्यमा स्वचालित व्यवस्थाले निकट भविष्यमा ठुलो सङ्ख्यामा मजदुर बेरोजगार हुने बताएका छन् । हालै कोलम्बसले लिखित सन्देश पठाएर के हिसाब निकालेका छन् भने ओहिओ राज्यमा कुल राज्यका कामदारमा ५.५ मिलियन छन् र २.५ मिलियनका लागि स्वचालनले खतरामा पु¥याएको छ । १९७० तिर सङ्घीय रोजगारको ग्यारेन्टीतिर पुग्नु पर्छ । तीन जना डेमोक्रेट सेनेटर (जो राष्ट्रपति पदका आकाङ्क्षी छन्) न्युयोर्कका किस्र्टेन, गिल्लिब्रान्ड, न्यूजर्सीका कोरी बुकर र भरमोन्टका बेर्नी सानडर्सले न यस्ता भनाइमा स्वीकृति जनाएन, त्यस विचारलाई मान्यता नै दिए । तर तिनीहरुले हम्फ्री हकिन्सले १९७० मा बनाएको कानुनलाई कार्यान्वयन गर्नमा लागेका छन् । मिन्निसोटाका डेमोक्रेट सेनेटर हमबर्ट हम्फ्री र क्यालिफोर्नियाका डेमोक्रेट प्रतिनिधि अगस्टस हकिन्स थिए । उनीहरुले रोजगारीको ग्यारेन्टी सरकारले गर्नु पर्ने र यदि अमेरिकी नागरिकले कुनै काम नपाएमा सरकार समक्ष (अनुरोध) विन्तीपत्र दिन सक्ने बिल पेश गरेका थिए ।
पूर्ण रोजगारी र सन्तुलित वृद्धि कानुन अक्टोबर २७, १९७८ लाई (१९४६ को संशोधित रोजगारी कानुनलाई) पूर्व राष्ट्रपति जिम्मी कार्टरले सही गरेर पास गरे । यो कानुन पाए भए पनि लागु गरिएन । यदि लागु गरिएको भए पूर्ण रोजगारीको ग्यारेन्टी हुने थियो । किनभने निजी क्षेत्रले रोजगारी नदिएमा सार्वजनिक क्षेत्रले गुमेको रोजगारी उपलब्ध गराउने छ । 
१९४६ को कानुन अनुसार सङ्घीय सरकारको उत्तरदायित्व के हो भने शर्तहरुको रूपमा सक्षम काम गर्न इच्छुक बढीभन्दा बढी उत्पादन वृद्धि गर्ने क्रयशक्ति भएको भन्ने हो । १९७६ मा सुनुवाइको क्रममा सेनेटर ह्युबर्ट हम्फ्रीले टिप्पणी गर्दै भने कि मेरो निष्कर्षमा कानुन समय समयमा अवसर हेरेर बेवास्ता गरिन्छ ।
आजको अमेरिकामा रोजगार ग्यारेन्टी हुनु पर्छ र त्यसलाई लागु गर्ने संयन्त्र पनि निर्माण हुनु पर्छ । हम्फ्री हकिन्सको प्रारम्भिक भनाइ के थियो भने मजदुरहरु रोजगारीका लागि अनुरोध पत्र हाल्नु पर्छ र त्यसलाई लागु गर्ने संयन्त्र पनि बलियो हुनु पर्छ । काम उपलब्ध गराउन कानुनी आवश्यकता पर्छ । कानुन निर्माताहरुले राजनैतिक छुटकारा दिएर कार्यक्रम लागु गराउ“दैनन्, यसले स्वचालित, गरिबी र सामाजिक अस्थिरतालाई उपयोगी समाधान गर्ने छैनन् । 
पँुजीवादी व्यवस्थामा पूर्ण रोजगारको व्यवस्था लागु गरिदैन, बरु बेरोजगारलाई बेरोजगार भत्ता दिएर भए पनि बेरोजगारको ठुलो सङ्ख्या पँुजीपति वर्गलाई चाहिन्छ, किनभने मजदुरहरुको जगेडा सेना जति ठुलो भयो, त्यति बेरोजगारका बीचमा प्रतिस्पर्धा तीव्र हुन्छ र थोरैभन्दा थोरैमा ज्यालादारी मजदुर उपलब्ध हुन्छन् । एकातिर, विकसित पँुजीवादी तथा साम्राज्यवादी मुलुकमा स्वचालित यान्त्रिक उपकरणले गर्दा ठुलो सङ्ख्यामा मजदुरको आवश्यकता हु“दैन, अर्कातिर, रोजगारीमा रहेका मजदुरले पूर्ण रोजगारी पाउ“दैनन् । पूर्ण रोजगारी नपाएपछि पार्टटाइम काम गर्दा दिइने ज्यालाको दर पनि ज्यादै न्यून हुने भएकाले जीवन कष्टकर मात्र नभएर हायर र  फायर (मन परे काममा लगाउने मन नपरे हटाउने) ले गर्दा रोजगारी सधैँ अनिश्चित हुन्छ । यसकारण केही विशेष क्षेत्रहरुमा बाहेक सबैजसो निजी क्षेत्रमा कहिँ पनि रोजगारीको ग्यारेन्टी हु“दैन । मजदुरहरुका टाउकोमाथि बेरोजगारीको तरबार झुण्डिएको हुन्छ र पँुजीवादी दासताको सिक्रीले मजदुरहरु बा“धिएका हुन्छन् । अवश्य पनि पँुजीवादी लोकतन्त्रमा मजदुर भोकै मर्न स्वतन्त्र छ, यदि उसले काम गर्दैन भने । विकसित पँुजीवादी व्यवस्थामा मजदुरको आर्थिक अवस्थाका बारेमा प्रष्टता पाइ“दैन । आंशिक (पार्टटाइम) काम गर्ने मजदुरलाई पनि बेरोजगार मानिदैन, मात्र अर्ध बेरोजगारीको मान्यता दिइन्छ । मजदुरलाई सन्तुष्ट राख्न केही विकसित पँुजीवादी मुलुकमा बोनस, पेन्सन, स्वास्थ्य बीमा, सेयर होल्डर बनाउने आदि काम पनि गर्ने गरेका छन्, जबकि यस्ता सामाजिक सुरक्षामा मजदुरका लागि जति खर्च गर्छन्, त्यो पँुजीपतिको कमाइ नभएर मजदुर वर्गको अतिरिक्त श्रमशक्तिबाट अर्जित पैसाबाट गरेका हुन्छन् । शोषक शासक मालिक पँुजीपति वर्ग यति धुर्त मख्खीचुस हुन्छन् कि आफ्नो नाफामा कमी आउन नदिन अनेकौँ षडयन्त्र र जालझेल गरेर मजदुरहरुलाई सन्तुष्ट राख्ने कोशिश गर्दै आएका छन् । कुनै पनि पँुजीपतिले कुनै पनि क्षेत्रमा “पवित्र” चोखो नाफा धेरै वा थोरै नभएमा लगानी गर्दैन । नाफा पँुजीवादको प्राण हो भने “नाफा” मजदुर वर्गको शोषण, दुःख, कष्ट र गरिबीबाट सिर्जित अंश हो । अर्को शब्दमा भन्ने हो भने मजदुर वर्गले आफ्नो सास अल्झाउन र पँुजीपति वर्गको लागि अतिरिक्त समय काम गरेर अतिरिक्त आम्दानी गराएर प्राप्त भएको रकम हो नाफा । मजदुर वर्गको अतिरिक्त श्रम समयबाट आर्जन गरेको रकम पँुजीपतिको (नाफाको अंश) बैङ्क, बिमा, भूमिपति भूमिको कर, राजस्वको रूपमा पँुजीपतिको सरकारलाई जान्छ । 
२००८ को अमेरिकी आर्थिक सङ्कट पुनः आउने चेतावनी अमेरिकी अर्थशास्त्रीहरुले दिन थालेका छन् । फेडरल रिजर्भ बैङ्क सिकागोका अध्यक्ष चाल्र्स इभान्सले अप्रिल महिनामा दिएको वक्तव्यमा के चेतावनी दिएका छन् भने फेडरल रिजर्भका अधिकारीहरुले के सम्झनु हु“दैन भने थोरै बेरोजगारीले गर्दा दुई अङ्कको मुद्रास्फिति १९७० र १९८० मा ल्याएको थियो । त्यही परिस्थिति हाल अमेरिकामा आउने छ । तर ह्वाइट हाउसका अधिकारीहरु दृढतापूर्वक अमेरिकी अर्थतन्त्रमा आर्थिक सङ्कट नआउने भन्दै के तर्क गर्छन् भने ट्रम्पको मिश्रित स्वतन्त्र व्यापार र कर कटौतीले गर्दा लगानी बढ्ने र अर्थतन्त्रमा तीव्र वृद्धिले गर्दा मुद्रास्फितिलाई दबाउने छ । 
मत सर्भे र अन्तर्वाताहरुले के सुझाव दिएको छ भने अमेरिकी मजदुर बढ्दो मूल्य वृद्धि, रोजगारी र ज्याला नबढ्नाले चिन्तित छन् । मार्चमा द न्युयोर्क टाइम्सले गरेको अनुसन्धान फर्मको सर्भे मन्की अनुसार ६२ प्रतिशतले उपभोक्ता मूल्य ज्यालाभन्दा छिटो अघिल्लो वर्ष बढ्यो । ४ प्रतिशतले भने अमेरिकामा आएको मुद्रास्फिति ठुलो आर्थिक समस्या मुलुकले झेलेको भने । २५ प्रतिशतले स्वास्थ्यको समस्या सबैभन्दा ठुलो आर्थिक समस्या बताए । २१ प्रतिशतले धनी र गरिबबीचको खाडललाई ठुलो समस्या बताए । १० प्रतिशतले ज्याला र फाइदा नबढेर स्थिर रहेको बताए ।
उपर्युक्त विवरणले के प्रष्ट हुन्छ भने अमेरिकामा आर्थिक सङ्कटको कालो बादल मडारिन थालेको छ । २००८ को जस्तै आर्थिक सङ्कट आएमा अमेरिकी मजदुरहरुले ठुलो मूल्य बेरोजगार भएर ज्याला कटौती गरेर कामको घण्टा घटाएर र ठुलो पँुजीपति वर्गको तालाबन्दीले आधापेट वा भोकै मजदुरहरुले दिन गुजार्नु पर्नेछ । ट्रम्पले व्यापार युद्धलाई बढाउ“दै गएकाले यदि व्यापार युद्ध लम्बियो भने अमेरिकी मजदुरले ठुलो बेरोजगारीको सामना गर्नु पर्नेछ । किनभने मित्रशक्तिका विरुद्ध मालसामानमा अन्तःशुल्क लगाइएका र युरोपेली मुलुकले त्यसको प्रतिवाद गर्नुका साथै विश्व व्यापार सङ्गठनमा पनि मुद्दा हाल्ने जनाएका छन् । अमेरिका र युरोपेली मुलुकबीचमा इरानस“गको आणविक सम्झौतालाई राष्ट्रपति ट्रम्पले खारेज गरेर इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने घोषणाले युरोप र अमेरिकाकाबीचको अन्तर्विरोध बढ्दो क्रममा छ । यसकारण अमेरिकी मजदुर वर्ग र युरोपेली मुलुकका मजदुर एक भएर अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्ष गरेमा यो एउटा छलाङ हुने थियो । तर यसको सम्भावना हाल देखिदैन । किनभने क्रान्तिकारी सर्वहारावादीको अन्तर्राष्ट्रिय सङ्गठनले अभावले गर्दा अन्तर्राष्ट्रमा बलियो उपस्थिति देखिएको छैन ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
जनप्रतिनिधिको दायित्व र सांस्कृतिक पक्ष
आजको आवश्यकता–भूमिसुधारको व्यवस्था
उत्तरगंगा जलाशययुक्त जलविद्युत अयोजना
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal