२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
साओ पाओलो । ब्राजिलमा आगामी अक्टोबरमा हुने राष्ट्रपति निर्वाचनमा लुइज इनासियो विगत लुला डे सिल्भा नै अग्रस्थानमा भएकोे आइतबार सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको छ । दुई महिनादेखि जेलमा रहँदै आएका पूर्व राष्ट्रपति दुई महिनादेखि जेलमा रहँदै आएका पूर्व राष्ट्रपतिको कार्यकाल ब्राजिलको अर्थतन्त्र सुधारका लागि महङ्खवपूर्ण भएको पाइन्छ । 
प्रतिवेदन अनुसार अझै पनि सबैभन्दा धेरै ब्राजिलियाली लुलाको पक्षमा देखिएका छन् । लुला २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका थिए । सर्वेक्षण कम्पनी डाटाफोल्हाका अनुसार अहिले पनि ३० प्रतिशत ब्राजिली जनताले वर्कर्स पार्टीका नेता लुलाको पक्षमा मतदान गर्ने बताएका छन् । गत अप्रिल ७ देखि दक्षिणी शहर कुरिटिभामा रहेको प्रहरीको सङ्घीय मुख्यालयमा कैदी जीवन बिताइरहेका लुलालाई घुसका रूपमा अपार्टमेन्ट लिएको अभियोगमा १२ वर्षका लागि सजाय तोकिएको छ । 
बृहत्तर सदस्यीय वामपन्थी नेता लुलाले भने आफूमाथि लगाइएको अभियोगको प्रतिवाद गर्दै आफू उक्त विषयमा अनभिज्ञ रहेको बताउँदै आएका छन् । उनले आफूमाथि राजनीतिक पूर्वाग्रहबाट उक्त आरोप लगाइएको दावी गर्दै आएका छन् । यस पहिले अर्थात् लुलालाई जेल सजाय भएपछि तत्कालै गरिएको सर्वेक्षणमा पनि उनलाई ३१ प्रतिशत जनताको समर्थन देखिएको जनाइएको थियो । 
डाटाफोल्हाले सर्भेक्षण प्रतिवेदनमा भनेको छ– ३० प्रतिशत जनता लुलाको पक्षमा देखिएका भए पनि २१ प्रतिशत जनताले निर्वाचनलाई कुनै महङ्खव नदिएको बताए । यसैगरी १७ प्रतिशतले दक्षिणपन्थी समूहका उम्मेदवार जाइर बोल्सोनारोलाई समर्थन गरेका छन् भने १० प्रतिशत जनता पूर्व वातावरण मन्त्री मरिना सिल्भाको पक्षमा देखिएका छन् । लुलालाई उनको वर्कर्स पार्टीले पूर्ण समर्थन जनाउने निर्णय गरेको छ । डाटाफोल्हाले देशभरका दुई हजार आठ सय २४ मतदातासँग सर्वेक्षण गरेको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal