२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
फ्राङफर्ट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार ट्विटरमा दिएको अभिव्यक्तिले वासिङटनको युरोपप्रतिको विश्वास बिगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ । 
जर्मनीका विदेश मन्त्री हेइको मासले भने– जी–७ सम्मेलनको समाप्तिसँगै सार्वजनिक गरिएको संयुक्त विज्ञप्तीमा समर्थन नजनाएर ट्रम्पले गरेको ट्विटर सन्देशले वासिङटन र युरोपबीचको विश्वासिलो सम्बन्धलाई तोडेको छ । एउटा ट्विटले अमेरिका र युरोपबीचको असाधारण विश्वासलाई छिट्टै तोड्न पनि सक्छ । त्यसैले युरोपले एक भएर आफ्नो हितका लागि प्रतिवाद गर्नेछ’ मासले आफ्नो ट्विट सन्देशमा भनेका छन्– ‘एकताबद्ध युरोप पहिला अमेरिकाको प्रतिउत्तर हो ।’
अमेरिका जी–७ को विपक्षमा 
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी जी–७ को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ती अनुमोदन नगर्ने बताएका छन्  । उनले भनेका छन्– हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ र त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त प्रेस विज्ञप्तीलाई पनि हामीले अनुमोदन गर्ने छैनौँ । 
राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनका लागि क्यानडामै रहेका अमेरिकी प्रतिनिधिलाई त्यस विज्ञप्तीलाई अनुमोदन नगर्नू भनी निर्देशन दिएको बताइएको छ । क्यानडाले यस अघि भनेको विषयमा अडान दोहोराएर अमेरिकालाई धोका दिएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन् । तर अरु सदस्यले भने शिखर बैठकपछि जारी गर्ने भनिएको संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेको विषयबाट अमेरिका पछि हटेको आरोप लगाएका छन् । 
अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अमेरिकामाथि जी–७ का देशले ठुलो मात्रामा कर लगाइरहेको तर आफूले उनीहरुमाथि करको कुरा गर्दा यस्तो व्यवहार गरेको पनि बताए । जी–७ का सदस्य राष्ट्रहरुले अमेरिकाले स्टिल र एलुमिनियम आयातमा हालै लगाएको करको विषयलाई लिएर नीतिमा आधारित व्यापार प्रणाली नामको संयुक्त वक्तव्यमा सहमति गर्ने सहमति भएको थियो । त्यस सहमतिपछि भने दुवैतर्फको कर लगाइने भन्नेबारेमा केही समाधान निस्किएको बताइएको थियो । 
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले अमेरिकाले कर लगाएमा क्यानाडाले पनि जुलाई १ देखि कर लगाउने बताएका थिए । त्यस भनाइप्रति अमेरिकाको कडा विरोध आएको हो । उनले राष्ट्रिय सुरक्षामा चासो भनेर यस्तो सुरक्षाका नाममा अमेरिकाले स्टिल र एलुमिनियममा कर लगाएको विषय कहिल्यै पनि न्यायसङ्गत हुन नसक्ने धारणा राखेका थिए । राष्ट्रपति ट्रम्पको यो पछिल्लो निर्णयका बाबजुद पनि युरोपेली सङ्घ उक्त संयुक्त वक्तव्यप्रति कटिबद्ध भएर रहने पनि जी–३७ मा उपस्थित नेताहरुको अडान छ । 
आइतबार बिहान ट्विट गर्दै उनले आफ्नो यो विचार रहेको भनेर उक्त कर प्रणाली र जी–७ का बारेमा आधिकारिक धारणा स्पष्ट गरेका समाचारमा जनाइएको छ । त्यस ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले क्यानाडेली प्रधानमन्त्रीले झुटो वक्तव्य दिएको आरोप पनि लगाएका छन् । उनले अमेरिकी किसानका उत्पादन, यहाँका मजदुर र अमेरिकी कम्पनीमाथि क्यानडाले व्यापक मात्रामा कर लगाएको बताएका छन् । आफ्नो ट्विट अकाउन्टमा राष्ट्रपति ट्रम्प क्यानाडेली प्रधानमन्त्री ट्रयुडेउसँग निकै नै अनुदार देखिएका छन् । उनले जी–७ को बैठकमा क्यानाडेली प्रधानमन्त्री नरम र भद्र देखिएको भए पनि पछि भने अमेरिकी करको व्यापक आलोचना गरेको र त्यसले अमेरिकी अर्थतन्त्रकै अपमान भएको बताएका थिए ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal