२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
तौलिहवा । अखिल नेपाल युवक सङ्घ कपिलवस्तुले महिला नेतृत्व पाएको छ । २०७५ जेष्ठ २६ गते गोरुसिङ्गेमा सम्पन्न भेलाले मीना पोख्रेललाई अध्यक्ष चयन गरेको हो ।
युवक सङ्घको अहिले विद्यमान देशभरिका जिल्ला समितिमा महिलाले जिल्ला नेतृत्वको अवसर पाएको यो पहिलो हो । “नेपालको जनतान्त्रिक एवं प्रजातान्त्रिक तथा युवा आन्दोलनमा महिलाले पनि सशक्त भूमिका निभाउँदै आएका छन्, उनीहरु पनि सङ्गठनको नेतृत्व गरेर अघि बढ्न सक्षम छन्” युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरेले भन्नु भयो– “महिलालाई सङ्गठनको नेतृत्व तहमा पु¥याउन हामी सदा प्रयासरत थियौँ र अहिले पनि छौँ । हाम्रो यही प्रयासस्वरुप कपिलवस्तुको हाम्रो सङ्गठनले अहिले महिला नेतृत्व पाएको छ । यसरी कपिलवस्तु जिल्ला हाम्रो सङ्गठनको महिला नेतृत्व पाउने पहिलो जिल्ला भएको छ ।”
भेलाको उद्घाटन महासचिव कृष्णराज पाण्डेले गर्नु भएको थियो । भेलाले मीना पोख्रेलको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको थियो । समितिको उपाध्यक्षमा दिपक भुसाल, सचिवमा कमल बिसी, सहसचिवमा राम बहादुर चमार र कोषाध्यक्षमा विजय पोख्रेल रहनु भएको छ । सदस्यहरुमा कलावति खड्का, पवित्रा रोका, भोज बहादुर घर्ती मगर र ओमकार चौधरी रहनु भएको छ । त्यस्तै, सल्लाहकारहरुमा गणेश खनाल, युवराज आचार्य, विमला भुसाल, गोपाल खनाल र मान बहादुर नेपाली रहनु भएको छ ।
भेला सफलताको शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चा प्रदेश नं. ५ सदस्य हिमलाल वाग्ले, राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, युवक सङ्घका केन्द्रीय सदस्य चित्र एमसी, रक्तिमका जिल्ला सदस्य लक्ष्मी खनाल लगायत रहनु भएको थियो । कार्यक्रम मान बहादुर नेपालीको अध्यक्षता, युवराज आचार्यको सञ्चालन र गणेश खनालको स्वागत मन्तव्यका साथ अघि बढेको थियो । 
– माधव भाट क्षेत्री

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal