२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
पोखरा । अखिल (छैठौं) को केन्द्रीय कार्यक्रम अन्तर्गत प्रदेश नं. ४ को कास्की जिल्लाका विभिन्न विद्यालयमा अन्धविश्वास विरुद्धको सचेतना अभियान सञ्चालन भएको छ । ती विद्यालयको कार्यक्रममा अखिल (छैठौं) केन्द्रीय सचिव तथा ४ नं. प्रदशका इन्चार्ज गणेश अधिकारी, कास्की जिल्ला अध्यक्ष दानमा बहादुर सारू, जिल्ला सदस्य प्रताप पौडेल लगायतको उपस्थितिमा अभियान अगािड बढाइएको थियो । 
अभियानको दौरानमा विद्यालयमा अखिल (छैठौं) को समितिहरु निर्माण भएको छ । त्यस क्रममा पोखरा लेखनाथ नगरपालिका–८ स्थित जनप्रिय माविको कक्षा ९ मा ३७ सदस्यीय कार्यसमिति गठन भएको छ, जसको अध्यक्षमा यामुना बुढा मगर, उपाध्यक्षमा सौख अधिकारी, सचिवमा सन्तोष किसान, सहसचिवमा सरिता सपाकोटा र कोषाध्यक्षमा सृजना श्रेष्ठ रहनु भएको छ । सोही विद्यालयको कक्षा १० मा ४४ सदस्यीय कार्यसमिति गठन गरिएको छ, जसको अध्यक्षमा दिपक पराजुली, उपाध्यक्षमा अरुणा छन्त्याल, सचिवमा इन्द्र बहादुर क्षेत्री, सहसचिवमा पूजा पराजुली, कोषाध्यक्षमा अभिस आले मगर तथा सदस्यमा कविता परियार, प्रमोद गुरुङ लगायत रहनु भएको छ ।
त्यस्तै, भद्रकालि मावि, पोखरा–१३ को कक्षा १० क मा १६ सदस्यीय समिति गठन गरिएको छ । समितिको अध्यक्षमा सन्देश मगर, उपाध्यक्षमा जमुना सुनार, सचिवमा अमन खप्तरी मगर, सहसचिवमा राज कुमार परियार र कोषाध्यक्षमा कामना देवकोटा लगायत रहनु भएको छ । सोही विद्यालयको कक्षा ९ क मा १५ सदस्यीय समिति गठन गरिएको छ, जसको अध्यक्षमा सुप्रिया सारू मगर, उपाध्यक्षमा कुमार विक, सचिवमा कृति श्रेष्ठ, सहसचिवमा विनोद सार्की, कोषाध्यक्षमा अरुण साही, सदस्यमा रन्जु तामाङ, सीमा थापा, करिश्मा लिम्बु, साजन रानाभाट लगायत रहनु भएको छ । त्यसैगरी सोही विद्यालयको कक्षा ९ ख मा ४९ सदस्यीय समिति गठन गरिएको छ । समितिको अध्यक्षमा रोहित विक, उपाध्यक्षमा निम विक, सचिवमा स्वस्तिका गुरुङ, सहसचिवमा एलेक्स गुरुङ र कोषाध्यक्षमा सम्झना थापा मगर रहनु भएको छ ।
लेखनाथ नगरपालिकाको जन प्रकाश माविको कक्षा ९ मा ३१ सदस्यीय समिति गठन गरिएको छ । समितिको अध्यक्षमा निक श्रेष्ठ, उपाध्यक्षमा आरती गुरुङ, सचिवमा विवेक दहाल, कोषाध्यक्षमा सङ्गम सुनार रहनु भएको छ । सोही विद्यालयको कक्षा १० क मा २२ सदस्यीय समिति गठन गरिएको छ, जसको अध्यक्षमा आशिष सुनार, उपाध्यक्षमा सुस्मतिा सुनार, सचिवमा अञ्जली गुरुङ, कोषाध्यक्षमा सृजना परियार लगायत रहनु भएको छ । त्यस्तै, कक्षा १० ख मा २० सदस्यीय समिति गठन गरिएको छ । समितिको अध्यक्षमा ललित लुइटेल, उपाध्यक्षमा रेश्मा लुइटेल, सचिवमा ज्ञानेन्द्र केसी, सहसचिवमा जाने भोटे, कोषाध्यक्षमा मिरा थापा लगायत रहनु भएको छ ।
लेखनाथ नगरपालिकाकै लक्ष्मी आदर्श माविको कक्षा ९ मा १५ सदस्यीय समिति गठन गरिएको छ, जसको अध्यक्षमा सुनिता खड्का, उपाध्यक्षमा महेश विक, सचिवमा अनिष तामाङ, सहसचिवमा रजनी पौडेल, कोषाध्यक्षमा सिक्कल सुनार, सदस्यमा एलिना सेवदी लगायत रहनु भएको छ ।
अभियानको क्रममा पोखराको छोरेपाटन मावि कक्षा १० ख मा ५० सदस्यीय समिति गठन गरिएको छ । समितिको अध्यक्षमा शाया बराल, उपाध्यक्षमा आशिष मोक्तान, सचिवमा सरोज पौडेल, सहसचिवमा सुपिङ गुरुङ, कोषाध्यक्षमा अनुप पौडेल लगायत रहनु भएको छ । सोही विद्यालयको कक्षा १० ग मा ४७ सदस्यीय समिति गठन गरिएको छ, जसको अध्यक्षमा विजय गुरुङ, उपाध्यक्षमा विवश ढकाल, सचिवमा अनिल भुजेल, सहसचिवमा जगेन्द्र राना मगर, कोषाध्यक्षमा अशि केसी लगायत रहनु भएको छ ।
एवं प्रकारले अर्मलास्थित शान्ति मावि. मा २२ सदस्यीय समिति गठन गरिएको छ । समितिको अध्यक्षमा सञ्जय घोताम, उपाध्यक्षमा दुर्गा आचार्य, सचिवमा राजु कुमार क्षेत्री, सहसचिवमा अभिषेक विक, कोषाध्यक्षमा कृष्ण आचार्य, सदस्यहरुमा कमल थापा, श्रीराम आचार्य लगायत रहनु भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal