२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
श्रद्धान्जली शभा सम्पन्न
नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा राप्ती सोनारी गाउँपालिकाका सदस्य तथा नेकपा (मसाल) का उम्मेदवार सदस्य देव बहादुर खत्रीको श्रद्धाञ्जली सभा २०७५ जेष्ठ २९ गते सम्पन्न भएको छ ।
जेष्ठ १६ गते निधन हुनु भएका देव बहादुर खत्रीको श्रद्धाञ्जली सभाको आयोजना राजमो राप्ती सोनारी गाउँपालिकाले गरेको थियो । कार्यक्रममा खत्रीकी पत्नी उमा खत्री, नेकपा (मसाल) बाँकेका प्रवक्ता जगदीश ढकाल, राजमो बाँकेका सल्लाहकार भिम प्रसाद देवकोटा, कोषाध्यक्ष जोग प्रसाद भण्डारी, नेकपाका प्रतिनिधि श्याम विक, नेपाली काङ्ग्रेस गाउँ समितिका सभापति टीकाराम बस्नेत लगायतले शोक मन्तब्य राख्नु भएको थियो । राजमो गाउँ समितिका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षता, राजु चौधरीको स्वागत तथा शरद लामिछानेको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।
यस अघि जेष्ठ १६ गते देव बहादुर खत्री (क. सफल) को निधन भएकै दिन सोही ठाउँमा राजमो बाँकेद्वारा आयोजित कार्यक्रममा नेकपा (मसाल) बाँकेका प्रवक्ता जगदिश ढकालले उहाँको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनु भएको थियो । भिम प्रसाद देवकोटाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
बुबा चरण बहादुर खत्री र आमा लक्ष्मी खत्रीको कोखबाट २०२७ साउन २० गते जन्मनु भएका खत्री पहिले भारतको हिमाचल प्रदेशमा एकता समाजमा आबद्ध हुँदै २०६९ मा राजमोमा सङ्गठित हुनु भएको थियो । राप्ती सोनारी एरियामा सकृय भूमिका निभाउनु भएका खत्री सामाजिक क्षेत्रमा त्यत्तिकै कुशल मानिनु हुन्थ्यो । गत स्थानीय निर्वाचनमा राजमोका तर्फबाट राप्ती सोनारी गाउँपालिका वाड नंं १ को अध्यक्षमा उम्मेदवार खत्री मृत्युपर्यन्त उहाँ बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र वन उपभोक्ता समितिको अध्यक्ष हुनु हुन्थो । उहाँका पत्नी सहित तीन छोरा र तीन छोरी रहेका छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal