२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
दाङ । दाङको भालुवाङमा एउटी महिलालाई एउटैघरका जेठानी–देउरानीले निर्घात कुटपिट गरी घाइते बनाएका छन् । २०७५ जेष्ठ २५ गते अर्घाखाँची शितगङ्गा नगरपालिका–९, ठारखोला बस्ने ३९ वर्षकी दिलमाया पुन राप्ती गाउँपालिका–१, भालुवाङ दाङमा भएको आफ्नो घरघडेरी रेखदेख गर्न आएको बेला सोही ठाउँ बस्ने वर्ष ३५ की रेखा गुप्ता (जेठानी) र वर्ष २९ की अनिता गुप्ता (देउरानी) ले दिलमायालाई कुटेका हुन् । 
‘तेरो घडेरी ५० हजारमा बेच्, हामी किन्न सक्छौँ’ भन्दा ‘मैले बेच्दिनँ, मलाई घडेरी बेच्न आवश्यक छैन’ भन्दा तस् दुवै जेठानी–देउरानीले एक्कासी दिलमायालाई निर्घात कुटपिट गरेका थिए । उनीहरुको थप आक्रमणबाट बच्न दिलमाया सफल भई दौडिएर करिब तीन सय मिटर पर रहेको निर्माणाधीन बसपार्क पुगेकी थिइन् । आक्रमणकारी दुई महिला पिछा गर्दै त्यहाँ पुगेर छापामार शैलीमा दिलमायामाथि पुनः कुटपिट गरिरहे । यहाँसम्म कि दिलमायाको शरीरमा लगाएको कपडा समेत च्यातेर निर्वस्त्र गराई बरबर यातना दिइयो । दिलमायाले आफूले कुटाई खाएर पनि नाङ्गो शरीर ढाकेर अस्मिता जोगाउन टुक्रा परेका कपडा हात र खुट्टाले समाउन प्रयास गर्दा समेत आक्रमणकारीले झनै यातना दिएका थिए ।
घटनास्थल नजिकै रहेको भालुवाङ नगर विकास समितिका अध्यक्ष ओम प्रकाश बुढाथोकी लगायतका केही व्यक्तिहरुले घटना देखेपछि प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीले पीडक र पीडितलाई कार्यालयमा लगी सामान्य केरकार गरेर छाडिदिएको थियो । उक्त घटनाको एक बालकले आफनो मोबाइलबाट खिचेको भिडियो जेष्ठ २७ गते फेसबुक मार्फत् भाइरल नै बनेको थियो । – महेश रिजाल

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal