२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
नेकपासित भेटघाटको ढोका खुल्ला
काठमाडौ“। नेकपा (मसाल) ले विप्लव नेतृत्वको नेकपासँग कार्यगत एकता वा सहकार्य नगर्ने नीतिलाई कायम राख्दै भेटघाट गर्ने कार्यका लागि भने ढोका खुल्ला राख्ने निर्णय गरेको छ ।
नेकपा (मसाल) का प्रवक्ता राम प्रकाश पुरीद्वारा २०६५ जेष्ठ २९ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा बताइएको छ । प्रवक्ता पुरीद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “का. विप्लवले नेतृत्व गर्नु भएको नेकपाले स्थानीय निकाय र मित्रशक्ति विरुद्ध अपनाएको नीति र कार्यशैलीका सम्बन्धमा हाम्रो पार्टीको नीतिबारे महामन्त्री का. मोहन विक्रम सिंहको वक्तव्यमा उल्लेख गरिएको छ । उक्त विषयमा विस्तृत छलफलपछि केन्द्रीय समितिले उहाँहरुसितको कार्यगत एकता वा सहकार्य नगर्ने नीतिलाई कायम राखेको छ । तर  आवश्यकता अनुसार उहाँहरुसित भेटघाट गर्ने कार्यका लागि ढोका खुला राख्ने निर्णय गरेको छ । नेकपाले राष्ट्रिय जनमोर्चाद्वारा निर्वाचित प्युठानको झिम्रुक र मल्लरानी गाउँपालिकाहरुलाई पठाएको पत्रमा अध्यक्ष पदबाट तुरुन्त राजिनामा गर्नु पर्ने अन्यथा जनकारवाही गर्ने धम्की दिइएको थियो । त्यसका साथै उहाँहरुबाट गाउँपालिकाको कुल बजेटको दुई प्रतिशत दिनु पर्ने कुरा पनि लेखिएको थियो । हाम्रो पार्टीले त्यस प्रकारका सबै चेतावनीहरुको दृढतापूर्वक विरोध र अस्वीकार गर्दछ । निश्चय नै उहाँहरुसित आवश्यकता अनुसार भेटघाट गर्ने नीति कायम रहने छ । हामीले आशा गर्दछौ“– उहाँहरुले दिएका सबै धम्की र दुई प्रतिशत ट्याक्स सहितको चेतावनीलाई फिर्ता लिनु हुनेछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal