२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
काठमाडौ“ । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा श्रमजीवी वर्गका प्रिय गायक जीवन शर्माले आफ्ना गीत रचनाहरु असान्दर्भिक नै होऊन भन्ने चाहेको बताउनु भएको छ । “म चाहन्छु, मेरा गीत रचनाहरु असान्दर्भिक भइदिऊन्, दुःख, वेदना, विद्रोह र मुक्तिका सन्देश दिने गीत होइन, विकास र समृद्विका गीत गाउने मलाई पनि इच्छा छ” जनगायक जीवन शर्माले भन्नु भएको छ– “तर म जब बाटोमा हिडछु, पसिना चुहाउँदै भारी बोकिरहेका भरियाहरु देख्छु, मालिकले कामदारलाई हप्काएको, दप्काएको र शोषण गरेको देख्छु, किसान, महिला, मजदुर लगायत सारा उत्पीडित र उपेक्षित वर्गका जनताको जीवन पसिना र आँशुको आहालमा तैरिरहेको देख्छु, जब वास्तविकता नै यस्तो छ भने तिनै श्रमजीवी वर्गका मुक्तिको आवाज बोल्न छोडेर हामी कसरी विकास र समृद्विका काल्पनिक गीतहरु गाउन सक्छौँ ? अँ हँ म सत्यदेखि भाग्न सक्दिनँ ।”
 राजधानीमा २०७५ जेष्ठ २६ गते आयोजित कविता वाचन तथा “मानव जीवनमा गीत÷सङ्गीतको भूमिका” विषयक एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने एक वक्ताले जीवन शर्माले पनि अब विद्रोह र क्रान्तिका नभई विकास र समृद्विका गीत गाउन थाल्नु पर्ने आसयको अभिव्यक्ति दिएपछि त्यसको जवाफमा जनगायक शर्माले उक्त कुरा बतउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले आफ्नो सम्बोधनका क्रममा गीत÷सङ्गीतले मानव जीवनमा निकै नै प्रभावकारी महŒव राख्ने बताउनु भयो । सत्य र यथार्थ तथ्यहरुमा आधारित गीत भएकै कारण रक्तिमका गीतहरु अहिलेको परिवेशमा पनि उत्तिकै सान्दर्भिक र कर्णप्रिय बनिरहेको उहाँले बताउनु भयो । “देशको राजनैतिक अवस्थामा त केही परिवर्तन आएको छ, तर अहिले पनि दुःखी–गरिब जनताको जीवन स्तरमा कुनै परिवर्तन आएको छैन, शायद त्यसैले होला, दुःख गरेर आफ्नो गर्जो टार्ने हरेक श्रमजीवी मान्छेले रक्तिमका गीतमा आफ्नो पीडा, वेदना र मुक्तिको वाटो पाउँछ र आफूले पनि गुन्गुनाउन थाल्दछ ।” आधारशिला कलेज काठमाडौँले मासिक रूपमा सञ्चालन गर्दै आएको नियमित काव्य प्रवाहको उक्त बाह«ौँ शृङ्खलामा बोल्दै जनगायक शर्माले भन्नु भयो– “गीतहरुले सत्य बोल्नु पर्दछ । सत्य तथ्यलाई आधार बनाएर सरल किसिमबाट लेखिएका गीतहरु नै जनजिब्रोबाट पनि गुञ्जिन सक्छन् ।” सम्बोधनका क्रममा उहाँले एउटाले दुःख गर्ने अर्काले भकारी भर्ने यो उल्टो चलन नबदलिएसम्म रक्तिमका गीतहरुको सान्दर्भिकता र औचित्यता नसकिने पनि प्रष्ट पार्नु भयो । सम्बोधनका साथसाथै जनगायक शर्माले कार्यक्रममा रक्तिमका चर्चित गीतहरु “सिमली छायाँमा बसी” र “छैन मेरो शरीरमा अत्तरको सुगन्ध” लगायत प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रम काव्य प्रवाहका अध्यक्ष कौशिला रिसालको अध्यक्षतामा अगाडि बढेको थियो । कार्यक्रममा श्याम महर्जन, वासु ठकुरी, धर्मानन्द भट्ट, निर्मल पराजुली, दुर्गा तिवारी, सुवास जिसी, सुशिला ढकाल, पुरुषोत्तम पौडेल, सुन्दर बहादुर खड्का, राजन न्यौपाने, राजेन्द्र घिमिरे, सन्तोष बस्नेत, पेरिसा भट्ट लगायतका श्रष्टाहरुले आफ्ना रचना रचना वाचन गर्नु भएको थियो । वेद पूर्वीय वाङमयका अध्येता तिलक प्रसाद लुइँटेलले कविता सिद्धान्तका बारेमा प्रकाश पार्नु भएको थियो । आधारशीला क्याम्पसका क्याम्पस प्रमुख समिर सिंहले कार्यक्रमका बारेमा स्पष्ट पार्नु भएको थियो । 
त्यस्तै क्याम्पसका अध्यक्ष भोलानाथ ढकालले काव्य प्रवाहको उद्देश्यमाथि प्रष्ट पार्दै आगामी दिनमा यसको निरन्तरता रहने बताउनुका साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो । अक्सफोर्ड स्कुलका प्रिन्सिपल राजेन्द्र प्रसाद ढकाल, अक्सफोर्ड स्कुलका कार्यक्रम संयोजक विष्णुहरि देवकोटाले पनि सम्बन्धित विषयमा सङ्क्षिप्त भनाइ प्रस्तुत गर्नु भएको थियो । प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष तथा हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्मा लगायत कवि तथा सर्जकहरुको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन काव्यप्रवाहकी सचिव सुगीता शाहले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal