२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
साहित्य
“तिमी” र “म”
– सुमन थापा
हो, म जुनकिरी ..
अँधेरीलाई छिचोल्दै
गन्तव्य तय गर्ने  
बतासको झोँक्कासँगै 
साउती गर्दै.... 
तिम्रो छडी बन्दै अघि हुन चाहने  
म जुनकिरी....

तर तिमी ?
बाँसघारीमा कोलाहल मच्याउँदै 
तिमी त गोधुली साँझसँगै ...
अतास्सिने गरी 
बाटो हिड्ने बटुवालाई 
तिम्रो धुन...
श्रवण गर्नु पर्ने बाध्यता दिन्छौ

तिमी बन्ने प्रयास गर 
म जस्तो जुनकिरी..
तिमी रोज्ने कोशिस गर 
धिप्धिपाउँदो उज्यालो..
अधेरी नरोज बन्नलाई 
बाँसघारीको झ्याउँकिरी

जुनले शरदलाई दिने शितलता
जत्तिकै म त्यो दिप बन्न चाहन्छु
फूलले रङलाई दिने सुगन्ध 
जत्तिकै म त्यो गोरेटो बन्न चाहन्छु
गोधुलीको सन्ध्यालाई 
असीमित प्रेम गर्दै....
प्रेमिल मिलन गराउँदै 
अघि बढन म चाहन्छु

मेरो अङ्गभरि..
जुनको प्रकाश छरिँदा
तिमीलाई पनि त छोएको हुन्छ
तर तिमी....
सक्दिनाँै किन ?
म जत्तिको उज्यालोमा रम्न

च्यात्तिएको पहिरनलाई 
फेसन ठानी 
अर्धनग्न अङ्ग देखाउँदै तिमी...
आफूलाई मोर्डन भएको महशुस गर्छ्यौ ।
र, त अँधेरीमा धकेलिदैछ्यौ निरन्तर...
बाँसघारीमा रमाउने झ्याउँकिरी जस्तै...
तिमी अझै उद्यत बन्दैछ्यौ

तिमीले लगाउने लुगाहरु 
पश्चिमा शैलीका बनाएर 
तिमी रमाउछ्यौ...
तिमीले गर्ने भोजन सभ्य ठान्छ्यौ 
र, त तिमी...
बनावटीलाई अँगाल्छ्यौ

मेरो च्यातिएको पहिरन...
मेरो भोको पेट मेरो बाध्यता
भए पनि म रमाउन सक्छु
म त जान्दिनँ तिमी जस्तो 
डी.जे. हरुमा रमाउन...
अनि, तिम्रो आधुनिकतालाई अँगाल्न

म त आफ्नै 
भाकाहरुमा झुम्न अनि...
आफ्नै ज्योतिमा रम्न सक्छु
झ्याउँकिरी....
तिमी पनि बन्न सक्छ्यौ 
म जस्तो सादा अनि निस्कपट हुन... 
तिमी पनि सक्छ्यौ...
म जस्तो फूलको थुँगाबाट 
निस्कने सुगन्धित वासना बन्न ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
गजल
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal