२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
मूल लेख
एमाले–माकेको एकताले दिएको सन्देश
– सन्त बहादुर नेपाली
लामो समयदेखि पार्टी एकीकरणका लागि गृहकार्य गर्दै आएका दुई पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अन्ततः २०७५ जेष्ठ ३ गते एकीकृत भए । उनीहरुको एकीकरणलाई काङ्ग्रेसदेखि कम्युनिस्टहरुसम्म सबैले स्वागत गरे । अन्तर्राष्ट्रिय जगतले पनि यसलाई सकारात्मक ठानेका छन् । यो एकता प्रक्रिया अझै विस्तार होस् र नेपालमा कम्युनिस्ट पार्टी एउटा मात्र होस् भन्ने ठानेका छन् । तर एकीकरणको अर्को पाटो पनि छ– नेपालमा कम्युनिस्ट आन्दोलन विसर्जनको प्रक्रिया लामो समयदेखि चल्दै आएकोमा दुई पार्टीले एउटा कोर्स पुरा गरेका छन् । यसरी उनीहरुले कम्युनिस्टहरुको किल्ला होइन, पुँजीवादीहरुको किल्ला मजबुत बनाएका छन् । 
नेपालको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट नेताहरु कहिले राजापरस्त त कहिले काङ्ग्रेसपरस्त हुँदै आएको इतिहास छ । पार्टीभित्रका सच्चा कम्युनिस्टहरुले यी दुवै रुझानका विरुद्ध सङ्घर्ष गर्दै पनि आएका छन् । त्यस क्रममा कैयौँ पटक दुई लाइन सङ्घर्षका कारणले पार्टी फुट्दै पनि आएका छन् । पार्टी फुटे पनि आपूmले समर्थन गरेको लाइनप्रतिको आस्था र विश्वासका कारणले सम्बन्धित पार्टी कार्यकर्ताहरुले त्यसलाई अस्वाभाविक ठानेको पाइँदैन । आफ्नो लाइनलाई सही र माक्र्सवादी लेनिनवादी नीति अनुरूप नै भएको व्याख्या, विश्लेषण गर्छन् । कार्यकर्ताहरुले पार्टी फुटको औचित्यतालाई अस्वीकार गरेको पाइदैन । तर जसलाई राजनीतिक लाइनसित कुनै लिनु दिनु हुँदैन, उनीहरुलाई कम्युनिस्ट पार्टी फुटेकोमा मन दुख्ने गर्छ । उनीहरु पार्टीहरु जुट्दा खुशी हुन्छन्, फुट्दा दुःखी हुन्छन् । त्यो स्वाभाविक पनि हो । तर सामान्य शुभचिन्तकलाई के थाह हुँदैन भने क्रान्तिकारी नीति र सिद्धान्तमा थोरै पनि विचलन आउँदा त्यो पार्टी त अवसरवादमा पतन हुन्छ नै, त्यो भन्दा पनि करोडौँ जनताको त्याग, बलिदान, समर्थन, सहयोग सबै खेर जान्छ । जनताको त्यो योगदानको फाइदा पुँजीपति वर्गले लिन्छ । 
राजा महेन्द्रले २०१७ सालको फौजीकाण्ड गरेपछि पार्टीमा त्यसको समर्थन र विरोधका मतहरु देखा परे । केशर जङ्ग रायमाझी, शम्भुराम, कमर शाह, डी.पी. अधिकारी र पी.बी. मल्लले राजाको फौजीकाण्डलाई “प्रगतिशील” कदम भनेर स्वागत गरेको हुनाले तेस्रो केन्द्रीय समितिले उनीहरुलाई पार्टीबाट निस्काशन ग¥यो । उनीहरुले पनि २०२४ सालमा तेस्रो महाधिवेशन गरेर नयाँ पार्टी बनाए । तेस्रो केन्द्रीय समितिको महामन्त्री टी.एल. थिए । उनले “राष्ट्रिय प्रजातन्त्र” को लाइन ल्याए । त्यो लाइन धेरैलाई मन परेन । पुष्पलालले २०२५ सालमा गोरखपुरमा सम्मेलन गरेर पार्टी गठन गरे । २०२८ सालमा केन्द्रीय न्युक्लस गठन भयो । न्युक्लसले २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न गरेर  क्रान्तिकारी लाइन पारित ग¥यो । चौथो महाधिवेशनदेखि पाँचौँ महाधिवेशनसम्म आइपुग्दा निर्मल लामाको समूह अलग भयो । पाँचौँ महाधिवेशनपछि राजनीतिक मतभेदलाई मैत्रीपूर्ण तरिकाले हल गर्न नसकेर मोहन वैद्य–प्रचण्डहरुले पार्टी फुटाले । उनीहरुले केही अन्य पार्टीहरुलाई मिलाएर २०४७ सालमा नेकपा (एकता केन्द्र) गठन गरे । त्यो धेरै समय टिकेन । लामा समूह अलग भयो । निर्मल लामा नेतृत्वको समूह नेकपा (एकता केन्द्र) बन्यो । त्यो समूह २०५९ सालमा नेकपा (मसाल) सित एकीकरण ग¥यो र एकता केन्द्र–मसाल बन्यो । करिब ४ वर्षको सहयात्रापछि २०६४ सालमा एकता केन्द्र–मसालबाट अलग भएर माओवादीसित एकीकृत भयो । एकीकरण र फुटको सिलसिलालाई हेर्दा कतिपय अवस्थामा नेताहरुबीच आपसी मित्रता र भावनात्मक सम्बन्धले पनि काम गरेको पाइन्छ । तर मूल रूपमा  विचार पक्ष नै प्रधान रहेको हुन्छ । पार्टी फुटको पीडा निकै कष्टदायक हुन्छ । जीवनको ठुलो हिस्सासँगै मिलेर काम गरेका कार्यकर्ताहरु फुटले गर्दा बोलचालसम्म पनि नहुने स्थिति आउँछ । विचारको अगाडि परिवार, साथी, नेता जो भए पनि त्यो गौण हुन्छ । विचार नै प्रमुख हुन्छ । किनकि विचारले नै जीवनमा उर्जा दिइरहेको हुन्छ । विचार नभएपछि त्यो जिउँदो लास जस्तो हुन जान्छ । 
एमाले–माके एकीकरणलाई हेर्दा पनि विचार पक्ष नै प्रधान देखिन्छ । अंशतः ओली र प्रचण्डको भावनात्मक सम्बन्धको परिणाम पनि होला घ् अन्य एमाले नेताहरुको माके नेताहरुसँगको सामिप्यताको परिणाम पनि होला तर मूलतः यो एकीकरण सम्पन्न हुनुमा विचार पक्ष प्रधान हो, यद्यपि यो एकीकरण गर्दा कतिपय कुराहरु हतारमा टुङ्ग्याइएका थिए । विस्तृत रूपमा तलसम्म छलफल चलाइएको थिएन । सबै कुरा टुङ्ग्याउने काम दुई नेताहरुलाई जिम्मा दिइएको थियो । कैयौँ कुरा भागवण्डाका आधारमा टुङ्ग्याइएका छन् । एकीकरण भएपछि पनि एकीकरण सफल हुँदैन कि भन्ने आशङ्काहरु पनि  जन्मिएका थिए र छन् । तर यो सबै कुराको बाबजुद पनि एकीकरणको पछाडि विचार र नीति रहेको हुँदा यो एकता तत्काल फुट्ने टुट्ने अवस्था थिएन र छैन ।
कम्युनिस्ट आन्दोलनमा अहिले मूलतः दुई वटा धारहरु छन् ः एउटा, दक्षिणपन्थी संशोधनवादी धार, जसको नेतृत्व एमालेले गर्दै आएको छ र माओवादी केन्द्र अहिले त्यसमा समाहित भएको छ, अर्को नेकपा (मसाल) को धार । बैद्य, विप्लव तथा ऋषि कट्टेलहरुद्वारा नेतृत्व गरिएका कम्युनिस्ट पार्टी र मसालबीच भएको सहयात्रा नयाँ जनवादी क्रान्तितर्फ केन्द्रित भइरहेका छन् । मसाल र यी पार्टीहरुबीच राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षता, प्रतिगमन, वैदेशिक हस्तक्षेप, जनजीविका आदि सवालमा बारम्बार संयुक्त मोर्चा बन्ने र टुट्ने गरेका छन् । बेग्लाबेग्लै स्कुलिङ, बेग्लाबेग्लै इतिहास, कार्यशैली, सङ्गठनात्मक परम्परा आदिका कारण एक–अर्कासित भिन्न हुनु स्वभाविक छ । तर देशको अर्ध औपनिवेशिक तथा अर्ध सामन्ती अवस्थामा परिवर्तन गर्न नौलो जनवादी क्रान्ति आवश्यक छ र नौलो जनवादपछि समाजवादमा जाने सवालमा खासै कसैको वैचारिक भिन्नता छैन । यसरी खुल्ला रूपले पुँजीवादमा जाने र नौलो जनवादी बाटो हुँदै समाजवादमा जाने शक्तिहरुको धु्रवीकरण हुने अवस्था देखिएको छ ।
एमाले–माकेहरुको पार्टी एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेका छन् । आफूलाई विश्वमा तेस्रो ठुलो कम्युनिस्ट पार्टी भन्ने गरेका छन् । साना कम्युनिस्ट घटकहरु पनि अब त्यसैमा विलय हुनु पर्ने तर्कहरु पनि गरेका छन् । तर वास्तविकता यो हो कि एमाले–माकेले जुन एकीकृत पार्टी बनाएका छन्, त्यसले नेपाली सर्वहारा वर्गको प्रतिनिधित्व गर्दैन । आज जसलाई साना कम्युनिस्ट पार्टी भनिन्छ, उनीहरु नै सर्वहारा वर्गका प्रतिनिधित्व गर्ने शक्तिहरु हुन् । कतिपय कुराहरुमा मतभेदहरु रहेका छन्, तापनि उनीहरुबीच कार्यगत एकता हुँदै पार्टी एकताका प्रयास पनि भइरहेका छन् ।
अहिलेको एकता कम्युनिस्ट एकता होइन, तथाकथित कम्युनिस्ट पार्टीहरुको एकता हो । लेनिनले आजभन्दा सय वर्ष पहिले भनेका थिए– उग्र “वामपन्थी” अवसरवाद दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ । एमालेको विगतको पृष्ठभूमिलाई फर्केर हेर्ने हो भने ऊ चरम उग्रवादबाट आएको इतिहास छ । त्यतिबेला उग्र “वामपन्थी” विचारको आलोचना गर्ने चौथो महाधिवेशनका नेताहरुलाई उनीहरु संशोधनवादी बताउँथे । माके पनि २०५२ सालदेखि उग्र “वामपन्थी” बाटो समात्यो र १० वर्षसम्म कथित जनयुद्धमा समय बितायो । २०६२ सालमा आएर शान्तिपूर्ण राजनीति गर्ने नाममा संसदवादी बाटो समात्यो । एमालेले महाकाली सन्धिभन्दा पहिले राष्ट्रियताका कुरा गथ्र्यो । भारतीय विस्तारवादको विरोध गथ्र्यो । पछि उसले भारतीय प्रभुत्ववाद र हैकमवाद भन्न थाल्यो । महाकाली सन्धि गरेपछि ऊ भारतीय विस्तारवादको मित्रशक्तिमा परिणत भयो । माओवादी केन्द्रले पहिले भारतीय विस्तारवादको विरोध गथ्र्यो । हेटौँडा महाधिवेशनमा भारतीय विस्तारवाद भन्ने पदावली आफ्नो दस्तावेजबाट हटायो । भारतीय विस्तारवादी शासकहरु उसका मित्रशक्ति बन्न पुगेका छन् । एमाले–माकेको पार्टी एकीकरणभन्दा केही अगाडि वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमण गरे । मोदी नेपाल आएको बेला अत्यन्त सस्तो लगानीमा धेरै विद्युत उत्पादन हुने अरुण तेस्रोलाई भारतीय पक्षका खतरनाक शर्तहरु स्वीकार गर्दै भारतलाई बुझाउने काम गरे । तर नेपाललाई भारतले अहिलेसम्म गरेको उत्पीडनबारे एमाले–माके सरकार बोलेन । जनकपुरमा त २ नं. प्रदेशका मुख्यमन्त्रीले संविधानले नै विभेद गरेको भनेर मोदीसँग तराई टुक्राउन गुहार मागे । वामपन्थी भनिने एमाले–माके सरकार निरिह देखियो । मोदीको भ्रमणका बेला भएको राष्ट्रघात र जेष्ठ ३ गते सम्पन्न एकीकरणलाई जोडेर हेर्दा यो कम्युनिस्ट पार्टी हो, होइन र कम्युनिस्टको सरकार हो, होइन भन्ने कुरा छर्लङ्ग भएको छ । उनीहरु देशको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतालाई भारत समक्ष बुझाउने हुन् कि, अब देश छिट्टै सिक्किमीकरण हुने हो कि भन्ने आशङ्का पैदा भएको छ । देशका सम्पूर्ण नदी तथा खानीहरु भारतको कब्जामा गइसकेका छन् । दक्षिणी सीमामा एकीकृत सुरक्षा जाँच चौकीका नाममा भारतीय सेना, एयर मार्सलको रूपमा राजधानीको एयरपोर्टमा भारतीय सेना, पेन्सन वितरणका नाममा जिल्ला जिल्लामा भारतीय सेनाहरु तैनाथ भइसकेका छन् । सीमा सुरक्षाको नाममा एक एक किलोमिटरमा भारतीय सेनाले पहरा दिइरहेको छ । त्यसले जनतालाई आतङ्कित पारेको छ । सीमा पिलरहरु उखेलेर लैजाने गरिएको छ । तर हाम्रो देशको “वामपन्थी” सरकार बोल्दैन ।
निर्वाचनका बेला “वाम” गठबन्धनले समृद्ध नेपालको सपना बाँडेको थियो । अहिले “समाजवाद उन्मुख जनताको जनवाद” लाई पथप्रदर्शक सिद्धान्त बनाएका छन् । यो कुनै सिद्धान्त होइन, यो चुनावी नारा बन्न सक्दछ । एउटा सिद्धान्त बन्नका लागि कुनै व्यक्तिको सिङ्गो जीवन नै त्यसको परीक्षणमा बितेको हुन्छ । त्यो नीति परीक्षणबाट उत्तिर्ण हुन सक्यो र त्यो सार्वभौम सत्य बन्न सक्यो भने मात्र त्यो सिद्धान्त बन्न सक्छ । माक्र्स, लेनिन र माओका सिद्धान्त छाड्ने हो भने बरु इमान्दारिता यो हुने थियो कि उनीहरु खु्रस्चेभ वा देङ सियाओपिङका विचार हाम्रो पथप्रदर्शक सिद्धान्त हुनेछ भनेर घोषणा गर्नु पथ्र्यो । माक्र्सवाद र लेनिनवादलाई मान्ने नाममा उनीहरुका सिद्धान्तको भ्रष्टीकरण गर्नु राम्रो हुँदैन । सिद्धान्त भनेको बोल्दा मात्र प्रयोग गर्ने कुरा होइन, त्यसलाई व्यवहारमा प्रयोग गर्ने कुरा हो । व्यवहारमा राष्ट्रियताको साटो राष्ट्रघात प्रयोग गर्ने हो भने त्यो माक्र्सवाद–लेनिनवादको बदनाम हो ।
हाम्रो देश अहिले पनि अर्ध औपनिवेशिक तथा अर्ध सामन्ती अवस्थामा रहेको छ । लामो आन्दोलनपछि अर्ध सामन्ती स्वरूपमा केही फरकपन देखा परेको छ । सामन्तवाद कमजोर भएको छ, तापनि अस्तित्वविहीन भएको छैन । लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देशमा दलाल पुँजीवाद राज्यसत्तामा हावी भएको छ । पुराना सामन्ती संस्था र नयाँ उदीयमान दलाल पुँजीवादको बीचमा द्वन्द्वहरु देखा पर्ने गरेका छन् । जनमत पुँजीवादको पक्षमा भएको हुँदा सामन्ती संस्थाहरु क्रमशः कमजोर हुँदैछन् । समृद्धि र विकासको नाममा विदेशी बहुराष्ट्रिय कम्पनीहरुले अर्थतन्त्रमा कब्जा गर्ने र राष्ट्रिय अर्थतन्त्र चौपट बन्दै जाने खतरा देखा परेको छ । प्राकृतिक स्रोत–साधनहरु विदेशीहरुको हातमा जाने खतरा छ । जनतालाई राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वाभिमानको पाठ सिकाउने ठाउँमा गुलामी गर्न सिकाइदै छ, विदेशीका लागि मजदुर बन्न सिकाइदै छ, रोजगारी मात्र सबैथोक हो भन्ने सिकाउन थालिएको छ । यो दलाल पुँजीवादको विरोध सत्तामा पुगेका “वामपन्थी” हरुको पनि दायित्व हुनु पर्ने हो । उनीहरुले राष्ट्रिय पुँजीवादको विकासका योजना बनाउनु पर्ने हो । तर आज उनीहरु दलाल पुँजीवादका गोटी बनेर काम गर्दैछन् । त्यसकारण उनीहरुबाट देशमा नयाँ जनवाद र समाजवादका लागि भूमिका खेलिने छ वा आधार तयार पारिने छ भनेर कल्पनासम्म पनि गर्ने ठाउँ देखिंदैन ।
अन्तमा, यो वा त्यो कम्युनिस्ट पार्टी, कुन सच्चा कम्युनिस्ट पार्टी हो वा होइन भन्ने विवाद जेष्ठ ३ गते दुई पार्टीबीच एकीकरणपछि टुङ्गिएको छ । माक्र्सवाद–लेनिनवादको “सिर्जनात्मक” अभ्यास गरिरहेका भनिएका दुई कम्युनिस्ट पार्टी दक्षिणपन्थी अवसरवादको अभ्यास गरिरहेका थिए । त्यस प्रकारका दुई पार्टी मिल्नु अत्यन्त राम्रो भएको छ । त्यसैगरी अन्य दक्षिणपन्थी पार्टीहरु पनि मिल्न र मिलाउन सके त्यो राम्रो हुनेछ । संशोधनवादले समाजमा आमूल परिवर्तन गर्दैन । त्यो कुरा ढिलो वा चाँडो जनताबीच स्पष्ट हुनेछ । पश्चिम बङ्गालमा ३० वर्ष कम्युनिस्टको नाममा सी.पी.एम. ले शासन ग¥यो । सामान्य पुँजीवादी सुधार ग¥यो । तर त्यो बाहेक दलाल पुँजीवादको सेवा बढी ग¥यो । अन्ततः जनताले निर्वाचनबाट सत्ताच्यूत गरे । त्यसकारण कुरा कम्युनिस्टका तर काम पुँजीवादका गरेपछि सधैँभरि जनतालाई भ्रममा राखिराख्न सकिदैन । एमाले–माके सरकारले राष्ट्रघातका भारतीय शर्तहरु अस्वीकार गरेर आत्मनिर्भर अर्थतन्त्रको बाटो भएर समृद्धि र विकासको लक्ष्यमा पाइला सारेको भए त्यो टिकाउ हुने थियो । कम्युनिस्ट समाज निर्माणका लागि आधार बन्ने थियो होला । तर विडम्वना घ् नाकाबन्दी लगाएर जनतालाई भोकै मार्न खोज्ने दुश्मन शक्तिका अगाडि आत्मसमर्पण गरेर अरुण तेस्रोलाई भेटी चढाउने कामले एमाले माकेको सरकार (नेकपा को सरकार) सुरुमै दलाल पुँजीवादको गोटी बनेर जनतालाई आहत तुल्याएको छ । छिमेकीसँगको कूटनीतिमा पनि सरकार असफल भएको छ । यस्ता राष्ट्रघाती कामहरु कम्युनिस्ट पार्टीका नामबाट नगरेर कुनै अन्य नामबाट गरेको भए कम्युनिस्ट आन्दोलन बदनाम हुनबाट जोगिन्थ्यो होला । 
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासले के देखाएको छ भने जब जब कम्युनिस्ट नेताहरु पुँजीवादी बाटो समातेका छन्, जनता र कार्यकर्ताहरु त्यसको विरोधमा उभिएका छन् । हाम्रो देशको लामो समयदेखिको अर्ध औपनिवेशिक र अर्ध सामन्ती अवस्थामा आमूल परिवर्तन गरी नयाँ जनवाद र समाजवादको स्थापना नगरी यो देशको मूल समस्या समाधान हुँदैन । क्रान्तिको दौरानमा दक्षिणपन्थीहरु क्रान्तिदेखि भाग्ने र क्रान्तिकारीहरु एकीकृत हुँदै जाने कुरा स्वाभाविक छ । यो अवस्थामा क्रान्तिकारीहरु पनि एकीकृत हुँदै जाने कुरा पनि त्यतिकै अवश्यम्भावी छ । दक्षिणपन्थीहरु एक भए जस्तै वामपन्थी शक्तिहरु पनि कुनै न कुनै रूपमा एकताबद्ध भएर उदीयमान दलाल पुँजीवादका विरुद्ध सङ्घर्ष गर्ने र राष्ट्रिय पुँजीपति वर्ग समेतका जनताको संयुक्त मोर्चा निर्माण गरेर देशलाई स्वाधीन, आत्मनिर्भर र विकासको बाटोमा लैजाने दिशामा ध्यान पु¥याउनु आवश्यक छ ।
२०७५ असार ५ गते

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal