२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
सम्पादकीय
बाढीपहिरोजन्य उद्धारमा तदारुकता देखाऊ
मनसुनको सुरुवातसँगै आएको बाढीपहिरोले देशमा दुई दर्जनभन्दा बढीको ज्यान गइसकेको छ । अरबौँ धन–सम्पत्ति समाप्त भएको छ । अहिले पनि देशका थुप्रै क्षेत्र डुबानबाट प्रभावित भएका छन् । मनसुन भर्खरै सुरु हुँदा नै भएको यस प्रकारको जनधनको क्षतिले हामीलाई गम्भीर बनाइदिएको छ । मनसुन अझै भदौ महिनासम्म चल्ने भएकाले बाढीपहिरोबाट हुने क्षतिको सम्भावना अझै बढी छ । त्यसो त सरकारले पनि सम्भावित प्राकृतिक विपत्तिको सामना गर्न आफू तयार रहेको सार्वजनिक घोषणा गरिसकेको छ । फेरि पनि सरकारले घोषणा गरेकै आधारमा सबै परिस्थिति स्वाभाविक हुनेछन् भन्न सकिन्न । प्रशासनको फितलोपन र सरकारी औपचारिकताले गर्दा घोषणा गरिएका प्रतिबद्धता पुरै नै लागु हुनेछन् भनेर विश्वास गर्न सकिने ठाउँ छैन ।
हाम्रो देशमा सरकारी घोषणा कति ढिलो वा फितलो प्रकारले लागु हुन्छ भन्ने प्रमाण त असारे विकास नै हो । आर्थिक वर्षको अन्तिम त्रैमासिक, खासगरी असार महिनामा जसरी बजेट समाप्त गर्ने होडबाजी चल्दछ, त्यसबाट पनि हाम्रो कार्यशैलीको झलक मिल्दछ, जबकि बाढीपहिरो जस्तो प्राकृतिक बिपत्तिमा द्रूत प्रकृतिको उद्धार तथा राहत कार्य आवश्यक पर्दछ । त्यसकारण अहिलेको सरकारले गतकालका सरकारले झैँ खालि घोषणा गर्नमा मात्र आफूलाई सीमित राख्ने होइन, बरु आफ्नो कार्यशैलीमा दू्रत गति र तदारुकताको ग्यारेन्टी गर्नु पर्दछ । मनसुनले बाढीपहिरोबाट सम्भावित क्षतिको पूर्वानुमान एक प्रकारले प्रस्तुत गरिसकेको छ । जल उत्पन्न प्रकोपको सामना गर्नुभन्दा पूर्व सरकारसित क्षतिको अनुमानित खाका हुनु पर्दछ । जस्तो कि सञ्चार माध्यममा समेत सार्वजनिक भइसकेको छ, थुप्रै ठाउँमा बाढीपहिरोजन्य क्षतिको सामना गर्ने तयारी पुरा भइसकेको छैन । सरकारी पहलकदमी नभएपछि नवलपरासीको सुस्तामा स्थानीयवासी आफैले डुबानबाट बच्न भारतीय बाँध भत्काए । कतिपय जिल्लामा बाढीपहिरोको सम्भावित क्षेत्रहरु पहिचान गरिएका छन् । तराईका धेरै डुबान क्षेत्र बचाउन अझै पनि आवश्यक ठाउँमा नहर जस्ता भौतिक संरचना बनाइएको छैन । राजमार्गका कैयौँ पुलहरु जीर्ण अवस्थामा छन् । ती पुलहरु यही समयमा भत्किए भने राजमार्गको आवागमन ठप्प हुनेछ नै, जनधनको क्षति पनि हुनेछ । नेपाल जस्तो महाभारत पर्वत शृङ्खलायुक्त देशमा पहिरोको त त्यत्तिकै बढी खतरा छ । त्यसैगरी तराई क्षेत्र बाँध निर्माण भएका कारणले मात्र पनि प्रत्येक  वर्ष डुबानमा पर्ने गरेको छ । ती क्षेत्रमा यस पटक डुबान हुन नदिन अहिलेसम्म पनि वैकल्पिक संरचना बनाइएको छैन । सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँधका कारणले उत्पन्न डुबानको सवालमा संयुक्त अनुगमन भइसकेको छ । त्यसमा भारतले आफ्नो तर्फबाट कतिपय संरचना निर्माण नगरिएको देखिएको छ । यी सबै कमजोरी सच्याउन ढिलो भइसकेको छ ।
बाढीपहिरोजन्य सम्भावित क्षतिको यो सङ्क्षिप्त विवरणले पनि सरकारको काँधमा गम्भीर जिम्मेवारी भएको प्रष्ट हुन्छ । मनसुनको समय अगाडि बढ्दै जाँदा नदीहरुको सतह बढ्दै जानु र पहाडमा कुनै पनि बेला पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दा सरकारसित उच्च स्तरको उद्धारका लागि तदारुक संयन्त्र हुनु पर्ने आवश्यकता छ । सरकारले केही कोष पनि खडा गरेको छ । यो कोष सम्भावित क्षतिको उद्धारका लागि शायदै पर्याप्त होला । तर त्यो भन्दा बढी फास्ट ट्रयाकबाट उद्धार, उपचार, राहत वितरण र दू्रत गतिमा आवश्यक संरचना निर्माण गरिनु पर्दछ । हामीलाई विश्वास छ– वर्तमान सरकारले गतकालका सरकारको गल्ती दोहो¥याउने छैन । तात्कालिक उद्धार, उपचार, राहत वितरणमा विलम्ब नगर्ने विषय त छँदैछ, बाढीपहिरोजन्य प्रकोपलाई न्यूनीकरण गर्न दीर्घकालीन प्रकृतिको कार्ययोजना निर्माण गर्नका लागि पनि योजनाबद्ध प्रकारले काम गर्नेछ । जस्तै– डुबान क्षेत्र समाप्त पार्न आवश्यक टतबन्ध लगायतका भौतिक संरचना निर्माण गर्ने र सीमा क्षेत्रमा भारतद्वारा निर्माण गरिएका अप्राकृतिक संरचना हटाउने, पहाडमा पहिरो सम्भावित क्षेत्रमा वृक्षारोपणदेखि लिएर बस्ती स्थानान्तरणसम्मको विकल्पमाथि विचार गर्ने, खोला वा नदी नियन्त्रणका लागि भौतिक संरचना निर्माण गर्ने, खोला वा नदीहरुको अप्राकृतिक दोहन प्रक्रिया समाप्त गर्ने लगायतका काममा सरकारको आजैदेखि ध्यान जानु पर्दछ । यसरी तात्कालिक द्रूत गतिको उद्धार र राहतमा तदारुकता तथा दीर्घकालीन प्रकृतिको बचाउ कार्ययोजना बनाउन सरकारले विलम्ब गर्ने छैन ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal