२०७५ साउन २, बुधबार   वर्ष ३५, अंक ३०
मिति(२०७५ श्रावण ५, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अन्तर्राष्ट्रिय समाचार
टर्कीमा रेल दुर्घटना, २४ मरे
अङ्कारा । उत्तर–पश्चिम टर्र्कीमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलले यसको पुष्टि गरेको हो  ।
सरकारी टेलिभिजन च्यानल टी.आर.टी. हेबरका अनुसार रेलको छ वटा डिब्बा ट्रयाकबाट उत्रिएको छ, जसमा करिब तीन सय ६० यात्री थिए । बुल्गारियाको सीमामा रहेको कापिकुल शहरबाट उक्त रेल इस्तान्बुल जाँदै थियो । भारी वर्षाका कारण चिप्लिएर रेलका डिब्बाहरु पटरीबाट बाहिर खस्न पुगेकाले यो दुर्घटना भएको यातायात मन्त्रालयले जानकारी दिएको छ । उक्त रेल टेकिरदा प्रान्तमा ट्रयाकबाट उत्रिएको हो । स्थानीय गभर्नर मेहमत सिलानले एनटीवीसँग दुर्घटना स्थलबाट हेलिकोप्टरमा घाइतेलाई उपचारका लागि लगिएको बताइएको छ । बचाउकर्मी घटनास्थलमा पुगेर डिब्बाबाट घाइतेलाई निकालिरहेको टेलिभिजन फुटेजमा देख्न सकिन्छ । रुसी समाचार सूत्रका अनुसार उक्त दुर्घटनामा रुसी पर्यटक पनि घाइते भएका छन् । 

जापानमा भारी वर्षा, करिब सयको मृत्यु
टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था एन.एच.के. ले जनाएको छ । 
उक्त टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् । हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । 
जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ । 

युद्धविरामसँगै दशौँ हजार सिरियाली घर फर्कन सुरु
बेरुत । लामो समयदेखि दक्षिण सिरियामा जारी युद्ध सिरियाली सरकारको मुख्य सहयोगी रूस र विद्रोही समूहबीच युद्धविराम गर्ने सहमति भएको छ । सहमतिसँगै दशौँ हजार नागरिक स्वदेश फर्किएका सिरियाली मानव अधिकारवादी सङ्घ÷संस्थाले जनाएका छन् । गत दुई हप्तादेखि सरकारी सेनाले रसियाको सहयोगमा गरेको कारवाहीमा झण्डै पाँच सय जनाको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।
युद्धविराम सहमतिपछि विद्रोहीले दारा क्षेत्रबाट पछि हट्ने सहमति भए पनि उक्त क्षेत्रबाट पछि हट्ने समयलाई विलम्ब गर्दा दुई स्थानमा भएका हवाई आक्रमणमा चार सर्वसाधारणको मृत्यु भएको छ तर दक्षिण सिरियाका अन्य क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्न थालेको मानव अधिकारवादी समूहले जनाएको छ । सिरियामा सात वर्ष पहिले चलेको गृहयुद्धसँगै विद्रोहीको नियन्त्रणमा रहेको दारा प्रान्तको जोर्डनसँगको सीमाक्षेत्र र इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्सलाई सिरियाले पुनः फिर्ता गर्ने प्रतिबद्धता सहित अघि बढेपछि अन्तर्राष्ट्रिय समुदायको दबाबमा युद्धविराम गरिएको हो  ।
जुन १९ पछि सरकारी फौजद्वारा गरेको व्यापक रूपमा गोलाबारी गर्न थालेपछि करिब तीन लाख २० हजार नागरिक विस्थापित बनेका संयुक्त राष्ट्र सङ्घको ठहर छ । उक्त क्षेत्रमा जोर्डनले सिरियाली आप्रवासी शरणार्थीको भार धान्न नसक्ने भन्दै प्राय सबै नाकालाई बन्द गरिदिएको छ । 
विद्रोही र सरकारी फौजबीच गत शुक्रबार युद्धविरामको सहमति भएको थियो । सहमति अनुसार विद्रोहीले सरकारलाई ठूलाखाले हतियार बुझाउने र उक्त प्रदेशमा सरकारको उपस्थितिलाई स्वीकार गर्नु पर्ने बताइएको छ । प्राप्त सूचना अनुसार शनिबार र आइतबार करिब ६० हजार सिरियाली नागरिक घर फर्केका छन् । युद्धविराम सहमति स्लामिक स्टेट (आई.एस.) जिहादी समूहका लागि भने लागु हुने छैन  ।

ट्युनिसियामा आतंककारी आक्रमण
ट्युनिस । ट्यूनिसियामा आतङ्ककारी आक्रमण हुँदा छ सैनिकको मृत्यु भएको छ । ट्युनिसियाली आन्तरिक मामिला मन्त्रालयका अनुसार अल्जेरियासँगको ट्युनिसियाली सीमा क्षेत्रमा ‘आतङ्ककारी आक्रमण’ भएको हो ।  
मन्त्रालयले भनेको छ– “ऐन सुल्तान क्षेत्रमा सीमा क्षेत्रको गस्तीमा तैनाथ सुरक्षा गार्डलाई लक्षित गरी जमिनमुनि बिछ्याइएको विद्युतीय धराप विष्फोट गराउँदा छ जनाको मृत्यु भएको छ ।” यस अघि उक्त घटनामा आठ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको थियो । स्थानीय समय अनुसार बिहान ११ः४५ बजे भएको विष्फोटपछि आक्रमणकारीले सुरक्षाकर्मीमाथि गोली समेत चलाएको थियो । मन्त्रालयका प्रवक्ता जनरल सुफयान अल–जाकले आक्रमणलाई आतङ्ककारी हमला भएको जनाउँदै ट्युनिसियामा पर्यटनका लागि अनुकूल मौसम मानिने समयमा भएको हमलाको कुनै समूहले जिम्मेवारी भने नलिएको बताए ।
२०११ मा भएको सत्ता समीकरणपछि दर्जनौँ सुरक्षाकर्मी र ५९ पर्यटकले ज्यान गुमाएका छन् । सरकारले २०१५ को नोभेम्बरदेखि उक्त मुलुकमा सङ्कटकालको घोषणा गरेको थियो । २०१५ मा स्लामिक समूहले जिम्मा लिएको एक विष्फोटमा परी राष्ट्रपतिका १२ जना सुरक्षा गार्डको निधन भएपछि सङ्कटकालको घोषणा भएको हो ।

पूर्व प्रधानमन्त्री नवाज शरिफ जेल सजाय भोग्न तयार
इस्लामावाद । पकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफले आफू जेल सजाय भोग्न तयार रहेको बताएका छन् । पाकिस्तानी अदालतले २०७५ असार २२ गते (जुलाई ६) मा दश वर्षको जेल सजायको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उनले बताएका हुन्  । 
“देश र जनताको स्वतन्त्रताका लागि म जस्तोसुकै सङ्घर्ष गर्न तयार छु” पूर्व प्रधानमन्त्री शरिफले लन्डनमा भने । श्रीमतीको उपचारका लागि लन्डनमा रहेका शरिफ जेल सजाय भोग्न चाडै स्वदेश फर्किने बताए । तर कहिले स्वदेश फर्किने भन्नेबारेमा भने उनले स्पष्ट पारेका छैन् । श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफू स्वदेश फर्किने उनको भनाइ छ । पूर्व प्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् । इस्लामावादको अदालतले शरिफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजाय तोकेको हो । उनलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको छ । यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकिलहरुले बताएका छन् । 
नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त रहेका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नु पर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उनको बहिर्गमन भएको थियो । उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । उनीमाथि लागेको आरोपको शरिफ र उनका समर्थकले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरुले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् । अदालतले शरिफसँगै उनकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सजाय तोकेको छ । त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय फैसला गरिएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
सांसद पौडेलद्वारा आत्मालोचना
राजमोको सभा सम्पन्न
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
श्रद्धाञ्जली सभा सम्पन्न
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
सर्वाधिक गोलकर्ता को ?
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal