२०७५ साउन २, बुधबार   वर्ष ३५, अंक ३०
मिति(२०७५ श्रावण ५, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
काठमाडौं। गत शनिबार (असार २३ गते) एक कार्यक्रमका लागि क्यानडा जान लागेका नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुल प्रसाद कोइरालालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएपछि त्यसको सर्वत्र विरोध भएको छ । विदेश भ्रमणमा जानबाट रोक्ने समय छँदाछँदै अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर प्रधानमन्त्रीले कार्यालयमा केही बेर राखेपछि उनलाई छोडिएको थियो । कोइरालासँगै भ्रमण दलका सदस्यहरु भने विदेश उडेका थिए । 
विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका उपकुलपति कोइरालामाथि प्रचलित पद्धति र कानुन समेत उल्लङ्घन गरेर दुव्र्यवहार भएको खुलेको छ । नेपाल संस्कृत विश्व विद्यालय ऐन अनुसार भ्रमण स्वीकृतिका लागि नौ दिन अघि नै शिक्षा मन्त्रालयमा दिएको निवेदनलाई बेवास्ता गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले शनिबार कोइरालालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर सिधै बालुवाटार पु¥याएको थियो । ऐन अनुसार उपकुलपति लगायत पदाधिकारीले अनौपचारिक भेटघाट बाहेक कुनै पनि औपचारिक प्रस्ताव शिक्षा मन्त्रालय मार्फत् पठाउनु पर्ने व्यवस्था छ । कोइरालाले ऐन अनुसारै भ्रमण स्वीकृति पत्र अघि बढाएका हुन् । उनले असार १५ गते मन्त्रालयमा निवेदन दर्ता गरेको र त्यसको दर्ता नम्बर ७३३ रहेको बताएका छन् ।
यता सरकारले भने उपकुलपति कोइरालाले अनुमति नै नलिएको दाबी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ती नै जारी गरी उनले अनुमति नलिएको बताएको हो । तर कोइरालालाई विदेश भ्रमणमा नजानू भनेर पहिल्यै रोक्न सकिने समय हुँदाहुँदै बल प्रयोग गरिएको मन्त्रालयकै एक अधिकारीले बताए । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
सांसद पौडेलद्वारा आत्मालोचना
राजमोको सभा सम्पन्न
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
श्रद्धाञ्जली सभा सम्पन्न
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
सर्वाधिक गोलकर्ता को ?
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal