२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
श्रद्धाञ्जली सभा सम्पन्न
दाङ । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाका बुवा एक बहादुर थापाको स्मृतिमा राजमो दाङले उहाँकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
२०७५ असार २६ गते आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै राजमो अध्यक्ष चित्र बहादुर केसीले मृत्यु संस्कारलाई समयानुकूल परिवर्तन गर्दै जानु पर्ने आवश्यकतामा जोड दिनु भयो । हिन्दू धर्म, संस्कृतिभित्र रहेको अन्धविश्वास, रुढिवादलाई नबदल्दासम्म समाजमा रहेको शोषणको पनि अन्त्य नहुने हुँदा यसमा आमूल परिवर्तन अपरिहार्य रहेको कुरामा जोड दिनु भयो । १३ दिने मृत्यु संस्कारलाई सात दिनमा सम्पन्न गराउनु भएकोमा विशेष धन्यवाद दिनु भयो ।
राजमो जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा (मसाल) दाङका जिल्ला प्रवक्ता भरत भण्डारी, अखिल नेपाल बुद्धिजीवी सङ्घका पूर्व महासचिव शशिधर भण्डारी, राजमो केन्द्रीय सदस्य कमला जिसी, नेकपाका नेता लेखराज रेग्मी, लुम बहादुर कार्की, नागरिक समाजका अध्यक्ष चन्द्रराज पन्त लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।
मृतक एक बहादुर थापाका जेठा छोरा कृष्ण थापाको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा माइला छोरा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा छोरीज्वाइँ सुशील पोख्रेलले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
सांसद पौडेलद्वारा आत्मालोचना
राजमोको सभा सम्पन्न
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
सर्वाधिक गोलकर्ता को ?
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal