२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
कार्यविधि तय गर्न उपसमिति गठन
काठमाडौं।  सङ्घीय संसद मातहत गठन भएको संयुक्त संसदीय सुनुवाइ समितिले तीन दिनभित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ । 
२०७५ असार २६ गते सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले कार्यविधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिव कुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल रहेको तीन सदस्यीय उपसमिति गठन गरेको हो।
सो उपसमितिले समितिको बैठक सञ्चालनको कार्यविधि लगायतका विषयमा प्रतिवेदन तयार पारी शुक्रबार बस्ने बैठकमा पेश गर्नेछ । मङ्गलवारको बैठक समितिका ज्येष्ठ सदस्य लक्ष्मण लाल कर्णको अध्यक्षतामा बसेको थियो । प्रतिनिधि सभाको सोमबारको बैठकले संसदीय सुनुवाइ विशेष समिति गठन गरेको हो । संविधानको धारा २९२ अनुसार गठन भएको संसदीय सुनवाइ विशेष समितिले संवैधानिक अङ्गका पदाधिकारी, सर्वोच्च अदालतका प्रधान न्यायाधीश र विभिन्न मुलुकमा नियुक्त हुने राजदूतको संसदीय सुनुवाइ गर्नेछ । 
समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीशका लागि सिफारिस भएका कायममुकाम प्रधान न्यायाधीश दीपक राज जोशीको पहिलो सुनुवाइ गर्नेछ । गत जेष्ठ २९ गते बसेको संवैधानिक परिषदको बैठकले जोशीलाई प्रधान न्यायाधीश बनाउन सिफारिस गरेको थियो । 
संवैधानिक निकायका प्रमुख तथा सदस्य, राजदूत, सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा न्यायाधीशलाई संसदप्रति जिम्मेवार बनाउन संसदीय सुनुवाइ समितिको भूमिका महŒवपूर्ण मानिन्छ । सो समिति राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त समिति समेत हो । समितिमा प्रतिनिधि सभाबाट अमृता थापा, निरूदेवी पाल, पार्वत गुरुण्ङ, पूर्ण कुमारी सुवेदी, योगेश कुमार भट्टराई, शिव कुमार मण्डल केबट, सुरेन्द्र प्रसाद पाण्डे, ज्ञानेन्द्र बहादुर कार्की, भीमसेन दास प्रधान, पुष्पा भुसाल गौतम, लक्ष्मण लाल कर्ण र राजेन्द्र प्रसाद श्रेष्ठ सदस्य रहेका छन् । त्यस्तै, राष्ट्रिय सभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्र नारायण देव सदस्य रहेका छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
सांसद पौडेलद्वारा आत्मालोचना
राजमोको सभा सम्पन्न
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
श्रद्धाञ्जली सभा सम्पन्न
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
सर्वाधिक गोलकर्ता को ?
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal