२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौं। राष्ट्रिय जनमोर्चाले आफ्ना पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाका पिता एक बहादुर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । राजमो अध्यक्ष चित्र बहादुर केसीले २०७५ असार २४ गते एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोक–सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । 
अध्यक्ष केसीद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाका बुवा एक बहादुर थापाको २०७५ असार २० गते ८० वर्षको उमेरमा मृत्यु भएको छ । मृतक थापा लामो समयदेखि प्यारालाइसिस र दमको बिरामी हुनु हुन्थ्यो । हाम्रो पार्टी यस दुखद घडीमा मृतक थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवार जनमा हार्दिक समवेदना प्रकट गर्दछ ।”
यस्तै, राजमो अध्यक्ष केसीले २०७५ असार २४ गते नै अर्को प्रेस वक्तव्य जारी गर्दै माथिल्लो मुस्ताङमा टिप्पर दुर्घटनामा परी निधन हुनेहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । अध्यक्ष केसीद्वारा जारी उक्त वक्तव्यमा भनिएको छ– “२०७५ असार २२ गते शुक्रबार मजदुर बोकेको टिप्पर दुर्घटना हुँदा उपल्लो मुस्ताङको लोघ्याकर दामोदरकुण्ड गाउँपालिका–३ को स्याङबोचेमा २० जनाको मृत्यु भएको छ भने कैयन् घाइते भएका छन् । हाम्रो पार्टी मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै दुर्घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । 
नेपालको यातायात क्षेत्रमा प्रायः हुने दुर्घटनाहरु चालकको लापरवाहीको कारणले हुने गर्दछ । मुस्ताङमा भएको दुर्घटना पनि त्यसैको एउटा कारण हो । सामान ढुवानीका लागि प्रयोग हुनु पर्ने टिप्परमा मानिसहरु ओसारपसारमा प्रयोग हुनु निन्दनीय छ । हाम्रो पार्टी यस दुःखद क्षणमा घाइतेको उपचार र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको लागि सरकारसँग माग गर्दछ ।”
यसैबीच, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले पनि प्रेस वक्तव्य जारी गर्दै मुस्ताङमा भएको टिप्पर दुर्घटनाबाट मृत्यु भएका मजदुरप्रति श्रद्धाञ्जली, शोक–सन्तप्त परिवार जनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अन्टुकका अध्यक्ष नारायण सापकोटाले २०७५ असार २४ गते प्रेस वक्तव्य जारी गर्दै यस्तो धारणा व्यक्त गर्नु भएको छ । वक्तव्यमा घटनाको निष्पक्ष छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नपाउन् भनी उच्च सर्तकता अपनाउन संबद्ध पक्षलाई सचेत गराउन आग्रह गर्दै घाइतेको उपचारको उचित व्यवस्था गर्न, मृतकका परिवार एवं घाइतेलाई बिमा तथा उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि माग गरिएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
सांसद पौडेलद्वारा आत्मालोचना
राजमोको सभा सम्पन्न
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
श्रद्धाञ्जली सभा सम्पन्न
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
सर्वाधिक गोलकर्ता को ?
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal