२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
माटोको सुगन्ध
– बुद्धिराम गैरे
माटोको कुरा सुन्दा हुन्छ निकै सन्तोष मन
गुलिया कुरा जनतामा चलाउँदै झन झन्
बतास पनि मोहक लाग्छ सुगन्ध छ माटोमा
यही माटोमा टेकी बढौँ उन्नतिको बाटोमा

राज्य आतङ्क मच्चाउँदै सत्ताको मोह बेस्सरी
यत्रतत्र जनताको भिडमा सबै दिन त्यहाँ यसरी
आफ्नै घरका धन्सारबाट दिएसरि यहाँ चयन
जातिपिच्छे राज्य बाँडिन्छन् अंश कहाँ हुनु नयन

जनताले देशको कानुन बनाउन भनी पठाएका 
विचार नगरी जनमतको जनतालाई सताएका 
गासबासका झुटा नारा गरिब उकास्ने भाका
पहिलाभन्दा अरू पीडा कम्लरी सुधार्न पाका

बस्छन् देशका नामधारी सुकुम्बासी महलमा 
सर्वहाराको उन्नति हुन्छ कसको पहलमा
यहाँ ता तारे होटल रिसोर्टहरू कसका अंश
जनताको पसिनामा लागे यी सुधार्न वंश

पुँजी जोर्न उन्मत्तहरू मिलाएर चाँजोपाँजो 
देशै सुधार्न भनी गएका उल्टै हाल्छन् भाँजो
भएका नाता–कुटुम्बका नाममा थुपारी सम्पत्ति
परिश्रमीको पसिना राज्यको ढुकुटी पारेर क्षति

आदर्श छाँट्न भीड बोलाई गर्दै चर्का भाषण
क्रान्तिलाई भ्रान्तिमा बदली गर्दै नयाँ शासन
सामन्ती राज्यसत्ताभन्दा अझ बढ्तै विडम्बना
योभन्दा तै उत्तम हुन्थ्यो अझ नयाँ सम्भावना

भाइबन्धु इष्टमित्रबीचमा साटिन्थे दुःख खुशी
कहाँ थियो चलन युवा पलायन बनाउने नीति
थुप्रै जाति जनजातिबीचमा भएन कलह यहाँ 
हाम्रो पुरुषार्थले प्रसय पाउँथे संसारमा जहाँ

वीरको गाथामा कालो धब्बा लाउनेलाई भीड 
बनाउनेभन्दा बिगार्नेहरू उच्च पार्दै शिर
प्रभुको स्तुतिमा लाग्नेको भीड छ जहाँतहाँ
सर्पलाई दूध खुवाउनु व्यर्थ हो जाने यहाँ

खति ता हुने नै भयो नजान्नेलाई दिएपछि 
आहुतिले मात्र पुग्दैन धोकेबाज जागेपछि
को हो अब देशको सच्चा बागडोर समाउने
गुमेको भूमि गुमिसक्यो बाँकी रहेको बचाउने

चासो राख्ने सुकुम्बासी कम्लरी भएका नियति
वर्गको हितमा लाग्नेले बदला लिनु पर्छ गनी गनी
रक्तपात पुनः नदोहोरिकन हुँदैन शान्ति यहाँ हाम्रो
मार्न पर्छ विषालु सर्पहरू खोजी जहाँतहाँ बल हाम्रो

क्रान्ति बिनाका शान्तिका सपना हुन्छन् अधुरा सधैँ
माले साधुको भीडभाड छ राष्ट्रमा चिन्न सके अझै
जनताको मतको कदर कहिल्यै भएन यो देशमा
अलमल पारी सधैँ जनता ठगिन्छन् त्यै भेषमा

यस्तै हुनाले हिउँचुलीमा देखिन्छन् कालापत्थर
प्रकृतिसँग को लड्न सक्थ्यो र बनाएर मत्थर
अब नदी पनि कुनै दिन बग्ने छोड्ने छन् हेर
गुराँसका बगानमा आगो सल्काउन के बेर 

पेउली पलास चारैतिर वासनाहीन गराई
जलप मात्र धातुमा चम्किला चलन चलाई
निर्माण विधिका स्रष्टा अँध्यारामा लुकेका
देख्नै नपरोस् कहिल्यै पनि गुराँसहरू सुकेका

वासना बिनाका जलपहरू देशमा देखी यत्रतत्र
डाँफे चौँरीका चरन मास्नेको बोलबाला सर्वत्र
यस्तो विजोग विखण्डित के देख्नु मैले पर्‍यो
मनका चाहना देश बनाउने अहिले अलपत्र पार्‍यो 

हिंसाले बिना सित्तैमा गर्नुसम्म नगरेको कहाँ छ र
आफ्ना बन्धुबान्धवहरूमा रुवाइ धरधर
देश बनाउन भनी मान्छेको बलि नदिएको कहाँ हो र ?
शीरको स्युँदो पुछियो दूधेबालक टुहुरा नभएको हैन र ?

उदाए उज्याला तारा जनका नेपालीका सपुत 
दिदै शिक्षा सबका घरमा तब आफै नै भई आहुत
बहादुरीसाथ देशका बैरीसामु लडे सामन्तसित
आजाद बनाउन सारा देशमा गर्दैै हाम्रो हित्तचित्त

थापी जनगणतन्त्रका मत छताछुल्ल बनाई
सबका मन–मस्तिष्कका काला दागहरू पखाली
सनही, ढोलक, मादल, दमाहा अनेकतामा एकता
बनाउँ सबै समान यिनमा नभेद जातिभेदका

निर्मला, तिम्रो सम्झनामा 
सिर्जना जिसी
निर्मला,
जब समाचार पढेँ
तिम्रो विभत्स हत्याको
निःशब्द भएँ
मानौँ शब्दहीन छ
शब्दकोश मेरो जिन्दगीको
कोही लेख्दै थिए
फाँसी दे बलात्कारीलाई
कोही दिँदैथिए श्रद्धाञ्जली
तिम्रो कहालीलाग्दो अन्त्यप्रति
कोही दिँदैथिए समवेदना 
तिमी जस्तो फूल गुमाएका
तिम्रो परिवारप्रति
कतै तातेका थिए सडक
मरेकी तिमीलाई न्याय माग्दै
कतै गरिएका थिए विरोध
तिम्रो हत्यारालाई फाँसी माग्दै

तर हेर न
म यतिबेलासम्म पनि
बिल्कुल निःशब्द थिएँ 
उता तिम्रो सास रोकिँदा
शब्दहीन अनि रित्तो म थिएँ
व्यक्त गरुँ पनि त आखिर 
कस्तो रङ्गको शब्दले
जहाँ मानवीय संवेदनाका रङहरू
धरासायी हुँदै गएका छ्न् 
कुन यन्त्रले नापुँ म
तिम्रो छट्पटी अनि पीडालाई
जसको मापन गर्ने
छैन मसँग कुनै एकाइ
साक्षात्कार नभए नि म
तिम्रो जस्तो पीडासँग 
तिमीभन्दा कम पीडामा
छैन यहाँ म पनि

तिम्रो पीडाको तितो ध्वनि
गुञ्जिरहेकै बेला कानभरि
आवेगको ज्वाला
दन्किरहेकै बेला मनभरि 
बलात्कारी नरपिचासलाई
फाँसीको माग गर्दै
जनसागर चिच्याइरहेकै बेला देशभरि
एलिसाको बलात्कार फेरि
अनि, हत्याको खबर हेडलाइनभरि
उफ् !
सोच्छु कति पीडा भयो होला
तिमीलाई अनि तिमीभन्दा
सानी बैनी एलिसालाई
अनि म फेरि निःशब्द हुन्छु
किनकि 
सगरमाथाभन्दा अग्लो महशुस हुन्छ
आकार तिम्रो त्यो पीडाको 
कल्पनामा नै सही
नाइलभन्दा लामो आभाष हुन्छ
त्यो बेला बगेको नदी तिम्रा अश्रुधाराको
अनि मेरो सिक्स सेन्सले 
नछोएको भान हुन्छ एकछेउँ पनि 
तिम्रो दर्दनाक पीडाको
अनि, फेरि फेरी निःशब्द हुन्छु

महिनैपिच्छे घट्ने यस्ता घट्नाको
बहुतै गरिन्छ विरोध
गरिन्छ माग फाँसीको
तताइन्छ सडक, अनि सदन 
छुटाइन्छ पनि एकदिन
अनि घट्छ अर्को अप्रिय घटना
र, फेरि मर्छन् तिमी जस्ता 
सयौँ निर्मलाहरू
उनी जस्ता कयौँ एलिसाहरू
अनि, सम्भावित डरमा जिउन
बाध्य छन्
हजारौँ निर्मलाहरू
करोडौँ एलिसाहरू

त्यसैले, 
लाग्दैन विश्वास कानुनको
लाग्दैन भर सरकारको
किनकि दम भए कानुनमा
रोक्दो हो बलात्कार
छेक्दो हो शृङ्खला हत्याका
लेख्नका लागि बनाइन्छ कानुन
देखाउनका लागि गरिन्छ कारवाही
फेरि गर्छौँ किन माग फाँसीको ? 
फितलो कानुनको गाताभित्र
लेख्ने काम मात्र हुनेछ यो पनि
कथम्कदाचित यो माग
एकदिन पुरा भए पनि

बलात्कारीको सजाय फाँसी
तोकेछ भने यदि सरकारले
तिमी जस्ता हजारौँ जिवित निर्मलाले
हजारौँ जिवित एलिसाहरूले
उनीहरूलाई फाँसी दिन पाउनु पर्छ
राक्षस बलात्कारीलाई 
हामीले कारवाही गर्न पाउनु पर्छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
माटोमा रङ्गिएका कविता
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal