२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
संगठनात्मक समाचार
बुद्धिजीवी सङ्घको भेला सम्पन्न
बुटवल । अखिल नेपाल बुद्धिजीवी सङ्घ रूपन्देहीको भेला सम्पन्न भएको छ ।
२०७५ साउन १९ गते सम्पन्न सो भेलाले लीला बहादुर केसीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति चयन गरेको छ, जसको उपाध्यक्षमा गिरिराज खनाल, सचिवमा गोपाल गैरे र कोषाध्यक्षमा हिरालाल धामी रहनु भएका छ । समितिको सदस्यहरूमा टेक बहादुर श्रीस, रामजी भट्टराई, तारा आचार्य, हेमराज शर्मा र बिस्नु जिसी रहनु भएको छ । समितिको सल्लाहकारमा सन्त बहादुर नेपाली, शिव प्रसाद खनाल र चुडामणि शर्मा रहनु भएको छ ।

राजमो गौमुखीको सम्मेलन हुँदै
प्युठान । राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका स्तरीय कार्यकर्ता भेला हालै सम्पन्न भएको छ । २०७५ साउन १६ गते ठुलाबेसीमा सम्पन्न सो भेलाले आगामी आश्विन २० गते गौमुखी गाउँपालिका स्तरीय सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।
ठुलावेसी एरिया समितिका अध्यक्ष जनक केसीको अध्यक्षतामा सम्पन्न भेलाले ठुलाबेसी एरिया समितिलाई गौमुखी गाउँपालिका स्तरीय समितिको रूपमा पुनर्गठित समेत गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानका सचिव विदुर मल्लको प्रमुख आतित्थ्यता रहेको सो भेलाले १५ सदस्यीय गौमुखी गाउँपालिका स्तरीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ । आश्विन २० गते गरिने सो सम्मेलन आयोजक समितिको अध्यक्षमा जनक केसी, उपाध्यक्षमा मधु जिसी, सचिवमा डुक बहादुर गुरुङ, सहसचिवमा कर्ण बहादुर कुँवर, कोषाध्यक्षमा कमला पोख्रेल तथा सदस्यहरूमा मन बहादुर सुनार, प्रदीप तामाङ, शालिक राम शर्मा, शालिक राम न्यौपाने, चित्र बहादुर बोहरा, चन्द्र बहादुर केएम, ज्ञान बहादुर कुँवर, पूर्ण बहादुर नेपाली, थर्क बहादुर केसी र हुम बहादुर खड्का रहनु भएको छ । भेलाले सात जना सल्लाहकार समेत चयन गरेको छ, जसमा भरत केसी, ज्ञामुराम न्यौपाने, कृष्ण प्रसाद जैसी, वरुण मल्ल, कमल मल्ल, हिरा बहादुर केसी र सीताराम केसी रहनु भएको छ ।

युवक सङ्घको जिल्ला भेला सम्पन्न
भद्रपुर । अखिल नेपाल युवक सङ्घको प्रथम झापा जिल्ला भेला कमल गाउँपालिकाको पाडाजुङ्गी बजारमा सम्पन्न भएको छ । युवक सङ्घका केन्द्रीय सदस्य आषिस जबेगुको प्रमुख आतिथ्यतामा २०७५ साउन १६ गते सो भेला सम्पन्न भएको हो । पुरुषोत्तम काफ्लेको अध्यक्षतामा अगाडि बढेको उक्त भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी, राजमो प्रदेश नम्बर १ का अध्यक्ष योगेन्द्र ढकाल, अनेरास्ववियु (छैठौँ) का केन्द्रीय सदस्य बबिन राई, राजमो झापा जिल्ला अध्यक्ष अभिसचन्द्र भण्डारी, अखिल (छैठौँ) प्रदेश नम्बर १ का सदस्यद्वय हर्क बहादुर लावती र बुद्ध हाङमा लिम्बू समेतको आतिथ्यता रहेको थियो ।
भेलाले नौ पूर्ण र दुई सल्लाहकार सहितको जिल्ला समिति समिति चयन गरेको छ । समितिके अध्यक्षमा पुरुषोत्तम काफ्ले, उपाध्यक्षमा राज कुमार सम्बाहाम्फे, सचिवमा रोसन राई, सहसचिवमा प्रेम बहादुर तामाङ र कोषाध्यक्ष कञ्चन भण्डारी रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा सीता हस्ता, सुनिता काफ्ले, माङसाहाङ आङदेम्बे र आषिस थापा रहनु भएको छ । सल्लाहकारमा सन्तोष राई र बालकृष्ण ढकाल रहनु भएको छ । 


राजमोको प्रशिक्षण सम्पन्न
दैलेख बजार । राजमो दैलेखले भगवतीमाई गाउँपालिकाको वडालेख भन्ने ठाउँमा २०७५ साउन १२ गतेका दिन एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य तुलसी सापकोटाले देशको राजनीतिक परिस्थिति लगायत विभन्नि विषयमा प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५२ जना व्यक्तिहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ । 
यसरी राजमोमा प्रवेश गर्नेहरूमा लाल बहादुर कसेरा, ननकला चन्द, विमला कसेरा, सिर्जना कसेरा, शर्मिला कसेरा, सलिना कसेरा, राज कुमार विक, सङ्गीता कसेरा, गोविन्द चन्द, प्रेम बहादुर कसेरा, गगन बिसी, दिपक कसेरा, पदम कसेरा, मैनासरा कसेरा, राम बहादुर कसेरा, वीर बहादुर कसेरा, कमल कसेरा, कृष्ण बहादुर कसेरा, भिम बहादुर विक, सञ्जीव विक, प्रिन्स चन्द, गोपाल विक, प्रेम बहादुर विक, पार्वती विक, कृष्ण बहादुर विक, अमर बहादुर विक, धन बहादुर विक, कमल विक, दिपक विक, गोपाल विक, ललित विक, पानसरा विक, भिम बहादुर नेपाली, अस्मिता नेपाली, भिम बहादुर कामी, जगत विक, अमर रोकाय, कृष्ण बहादुर शाही, रत्न बहादुर विक, पार्वती विक, बुद्धिराम विक, कर्ण बहादुर विक, सुनिता कुमारी, नन्द बहादुर सिंह, अर्जुन चन्द, बिस्ना चन्द, सरिता कसेरा, पुष्प रोकाय, भिम बहादुर, रत्न बहादुर चन्द र भिम बहादुर सुनार हुनु हुन्छ । उक्त कार्यक्रममा राजमो दैलेखका जिल्ला सदस्य कृष्ण बहादुर केसी र नेता नर बहादुर सिंहको पनि विशेष उपस्थिति रहेको थियो । 
सो अवसरमा भगवती गाउँपालिकाको वडा नं. ५ को राजमोको २५ सदस्यीय वडा समिति अर्जुन चन्दको अध्यक्षतामा गठन भयो, जसको पदाधिकारीहरूमा उपाध्यक्ष सरिता कसेरा, सचिव पुष्पा रोकाय र कोषाध्यक्ष मनिषा चन्द रहनु भएको छ ।

महिला सङ्घको टोल समिति गठन
बुटवल । अखिल नेपाल महिला सङ्घको कञ्चन गाउँपालिका–३ दोधारा सोगामा भेला सम्पन्न भएको छ । पार्वती पौडेलको उपस्थितिमा उक्त भेला २०७५ साउन १८ गते सम्पन्न भएको हो । 
 भेलाले पूर्ण थापाको अध्यक्षतामा टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा उमा थापा, सचिवमा देवी थापा, सहसचिवमा पुष्पा खत्री र कोषाध्यक्षमा मीना पुन रहनु भएको छ । त्यसैगरी, सदस्यहरूमा चन्द्री थापा र सुकमाया थापा तथा सल्लाहकारमा विष्णु श्रीस र शिव शर्मा रहनु भएको छ ।


राष्ट्रिय जनमोर्चाको समिति पुनर्गठन
महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा नगर भेला सम्पन्न गरेको छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयताको खारेजी गरौँ’ भन्ने नाराका साथ २०७५ साउन १५ गते बेलौरी नगरपालिका–९ कुण्डामा सम्पन्न नगर भेलाले रङ्ग बहादुर चौधरीको संयोजकत्वमा नगर सम्मेलन आयोजक समितिको गठन गरेको हो । 
समितिका सदस्यहरूमा रूपसिंह चौधरी, अन्तराम चौधरी, हिरा चौधरी, राम बहादुर विक, सरिता चौधरी, शेर बहादुर चौधरी, राजु बोहरा, रतिराम चौधरी, मिन प्रसाद काफ्ले, रामलाल चौधरी, रनि भाट, सरस्वती चौधरी र गोल बहादुर चौधरी रहनुभएको छ । १७ सदस्यीय सो समितिमा तीन स्थान रिक्त राखिएको छ । 
भेलामा राजमोका केन्द्रीय सदस्य राजाराम चौधरीको प्रमुख आतिथयता रहेको थियो । महिला नेत्री हिरा चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला सचिव राम बहादुर कार्की, अखिल (छैठौँ) का केन्द्रीय सचिव महेश जोशी, अखिल नेपाल शिक्षक सङ्घ जिल्ला अध्यक्ष पूर्ण गुरुङ र महिला नेतृ कमला चौधरीले भेला सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सहवीर सुनारले गर्नु भएको थियो । 
शुक्लाफाँटामा बोहरा
यस्तै, राजमो शुक्लाफाँटा नगरको भेला पार्टीका केन्द्रीय सदस्य नन्दराज भट्टको प्रमुख आथित्यतामा साउन १४ गते शुनपा ११ दिपनगरमा सम्पन्न भएको थियो । 
भेलाले टुङ्के बोहराको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष जगदीश रोकाया, प्रकाश भट्ट, विष्णुदत्त पन्त र कालिदेवी चौधरी रहनु भएको छ । सदस्यहरूमा भान बहादुर कार्की, मान बहादुर पुजारा, मञ्जु नागरी, कमला दमाई र गौरी दमाई रहनु भएको छ । समितिमा पाँच स्थान रिक्त राखिएको छ । भेलाले जनक कुवँर, पृथ्वी केसी र शङ्कर बहादुर विष्ट रहेको सल्लाहाकार समिति समेत गठन गरेको छ ।
राजमो जिल्ला सचिव राम बहादुर कार्की र राजमो नेता जनक कुँवरको विशेष उपस्थिति रहेको सो भेलाले आगामी यही साउन २५ गते झलारी बजारमा सरकारका जनविरोधी कार्यका विरुद्ध विरोध सभा समेत गर्ने ठेगान गरेको छ ।

राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण
बर्दघाट । राष्ट्रिय साप्ताहिक गर्जन पोस्ट, वर्ष ४, अङ्क १९ साउन ७ गते प्रकाशित बर्दघाट राष्ट्रिय आवास कम्पनी जग्गा प्रकरणसम्बन्धी (करोडौँ कुम्ल्याउन यस्तो गरियो) शीर्षकमा प्रकाशित समाचारप्रति राष्ट्रिय जनमोर्चा बर्दघाट नगर समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
उक्त पत्रिकामा प्रकाशित समाचार अनुसार गत वैशाखमा भूमिसुधार मन्त्रालयको एक जना उपसचिव मार्फत् भवन निर्माण विभाग वन विभागका उच्च तहका कर्मचारीलाई १६ करोड रूपियाँ कमिसन बुझाएर सो जग्गाबाट करोडौँ कमिसन लिने गिरोह सक्रिय छ भन्दै तिमिल्सिना टे«डर्स प्रालिका सञ्चालक, दिव्यज्योति क्याम्पसका अध्यक्ष टिका आचार्य, अस्पतालका अध्यक्ष कुलदिप आचार्य, नापी प्रमुख धिरज शर्मा बस्याल, राष्ट्रिय आवास कम्पनीका प्रमुख महेन्द्र थापा सहित कमिसनमा संलग्न भएको समाचारमा उल्लेख छ । 
राजमो बर्दघाटका उपाध्यक्ष शिव बहादुर रोकाले २०७५ साउन ९ गते एक वक्तव्य जारी गर्दै यस सम्बन्धमा भन्नु भएको छ– “योजना प्रमुख महेन्द्र थापाले स्थानीय प्रशासनदेखि अख्तियारसम्म सेटिङ मिलाएको भन्दै केही पत्रपत्रिकाको समाचार र केही समितिका आन्दोलनले टेन्डर प्रक्रिया नरोकिने अभिव्यक्ति दिएको पनि समाचारमा उल्लेख छ उक्त समाचारको खण्डन गर्दै स्थानीय नगर प्रमुख धिरज शर्मा बस्यालले यो प्रकरणमा आफू सामिल नभएको र यो टेन्डर आह्वानमा स्थानीय नगर प्रमुखको हैसियतमा पनि कुनै जानकारी नगराइएको भन्दै वक्तव्य मार्फत् टेन्डर प्रक्रिया रद्द गर्नका लागि विभिन्न राजनीतिक दलहरू, स्थानीय सङ्घ÷संस्था र जनतासँग व्यापक छलफल गरिएको उल्लेख छ तर स्मरण गराउन चाहन्छौँ । यो प्रकरणमा राष्ट्रिय जनमोर्चालाई कुनै जानकारी गराइएको छैन ।
अन्तमा, यो टेन्डर प्रकरणप्रति राष्ट्रिय जनमोर्चा बर्दघाट सम्बन्धित निकायप्रति ध्यान आकर्षित गर्दै शीघ्र कार्यान्वयनका लागि माग गर्दछौँ । 
१. राष्ट्रिय आवास कम्पनीले आह्वान गरेको टेन्डर प्रक्रिया जुनसुकै प्रक्रिया पुरा गरेको भए तापनि स्थानीय जनसमुदायको हित विपरीत भएकोले तुरुन्त रद्द गरिनु पर्दछ । २. मिडियाले उक्त जग्गा प्रकरणमा स्थानीय जग्गा व्यापारीदेखि लिएर भवन निर्माण विभाग, सडक विभागका उच्च तहका कर्मचारी मार्फत् करोडौँ रूपियाँ कमिसन बुझाएर भूमि आफ्नो हात पार्न सक्रिय गिरोह लागेको भन्दै सम्बन्धित जिम्मेवार निकायका स्थानीय नगर प्रमुख, प्रदेश सांसद, अस्पताल प्रमुख, टे«डर्स प्रालि प्रमुख, नापी प्रमुख, क्याम्पसको नेतृत्व नै लगानीकर्ताका प्रतिशत समेत उल्लेख भएकोले स्थानीय तहको प्रमुखले खण्डन गर्दैमा सम्बन्धित पक्षको सफाइको फेहरिस्त आउन सक्दैन । 
त्यसैले सम्बन्धित निकायका व्यक्तिबारे प्रदेश वा केन्द्रस्तरकै उच्च स्तरीय छानबिन आयोग बनाई सत्य तथ्य छिटोभन्दा छिटो सार्वजनिक गरी सम्बन्धित दोषीलाई कार्वाहीको माग गर्दछौँ । ३. भूमि व्यवस्थापनका लागि २०३४ सालदेखि स्थापित राष्ट्रिय आवास कम्पनीले स्थानीय निकायको प्रमुखलाई कुनै जानकारी नगराएको प्रमुखको अभिव्यक्तिप्रति राष्ट्रिय आवास कम्पनी र स्थानीय तहको समन्वयप्रति आशङ्का पैदा भएको छ । यसको जबाफ सम्बन्धित पक्षले जनसमक्ष प्रष्ट गर्न जोडदार माग गर्दछौँ ।”

महिला सङ्घको नगर भेला सम्पन्न
बुटवल । अखिल नेपाल महिला सङ्घ देबदह नगरको प्रथम भेला २०७५ साउन १७ गते सम्पन्न भएको छ । भेलाले मैना परियारको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा यम कुमारी पर्छाई, सचिवमा धन कुमारी मल्ल, सहसचिवमा देवकला पाण्डे मगर र कोषाध्यक्ष दुर्गादेवी काउछा रहनुभएको छ । समितिका सदस्यहरूमा धन कुमारी थापा, नरमाया डिसी र द्रोपती विक रहनु भएको छ । 
भेलामा सङ्घकी रूपन्देही जिल्ला उपाध्यक्ष भानु केसी, सहसचिव इन्दिरा ज्ञवाली र राजमो रूपन्देहीका सदस्य हरि केसी लगायतले सम्बोधन गर्दै भेला सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय जनमोर्चाको टोल समिति गठन 
बुटवल । रूपन्देही, कञ्चन–३ दोधारा सोगामा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । राजमो गाउँपालिका अध्यक्ष लीलाराम खनाल र सल्लाहकार भीम बहादुर सिंजापतिको उपस्थितिमा २०७५ साउन १८ गते सो भेला सम्पन्न भएको हो । भेलाको सञ्चालन कर्ण बहादुर थापाले र अध्यक्षता लेसन विकले गर्नु भएको थियो । 
 भेलाले लेसन विकको अध्यक्षतामा सोगा टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कर्ण बहादुर थापा, सचिवमा श्रीकान्त बसौला, सहसचिवमा विष्णु थापा र कोषाध्यक्षमा रुक बहादुर थापा रहनु भएको छ । त्यसैगरी, सदस्यहरूमा शेर बहादुर वुढाथोकी र कृष्ण क्षेत्री रहनु भएको छ । त्यस्तै, वैकल्पिक सदस्यमा खोप बहादुर थापा र प्रेम कुमार विक रहनु भएको छ । 
 यस अघि, साउन १६ गते सोही गाउँपालिकाको वडा नं. ३ सालघारीमा राजमोको भेला सम्पन्न भएको थियो । राजमो कञ्चन गाउँपालिका समितिका सल्लाहकार भीम बहादुर सिंजापति र देवी प्रसाद ढकालको उपस्थिति रहेको उक्त भेलामा देवीदत्त आचार्यको अध्यक्षतामा रहेको थियो । 
भेलाले झम बहादुर क्षेत्रीको अध्यक्षतामा टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा टिका थापा, सचिवमा विष्णु क्षेत्री, सहसचिवमा यम बहादुर क्षेत्री र कोषाध्यक्षमा सीता आचार्य रहनु भएको छ । सदस्यमा देवीदत्त आचार्य, गोमादेवी शर्मा, सरस्वती बुढाथोकी र मीना थापा रहनु भएको छ । समितिको वैकल्पिक सदस्यमा सीता पौडेल र सीता आचार्य (बी) रहनु भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
कपडा उद्योग सञ्चालनमा आउँदै
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
नेपाली टोली सियान जाँदै
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal