२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
समाज रूपान्तरणमा एकताको खाँचो
बुटवल । धार्मिक परम्परा अनुसार साउन र चैत महिनामा विवाह हुँदैन र धेरैजसो मानिसले गर्दैनन् पनि । विशेष गरेर हिन्दू धर्मले विवाहका लागि लगनको दिन नै जुराइदिएको हँुदैन । विवाहका लागि साउन र चैत महिनालाई अशुभ तथा कालो महिना भन्ने सामाजिक परम्परा छ, जुन परम्परालाई विज्ञानले मान्दैन, जसका कारण विज्ञान र अध्यात्मबीच धेरै विषयमा कुरा मिल्दैन । 
विज्ञानले तथ्य र प्रमाण खोज्छ भने अध्यामले काल्पनिक तथा मानिसले बनाएको धार्मिक परम्परालाई आत्मसाथ गर्छ, जसका कारण यस विषयमा समाज विभाजित छ । प्रगतिशील खेमाका मानिसले विज्ञानलाई आत्मसाथ गर्छन भने अध्यात्म मानिसहरूले धार्मिक परम्परालाई आत्मसाथ गर्दछन् । प्रगतिशील तथा विज्ञानलाई मान्नेहरूले समाजलाई विज्ञानको आधारमा रूपान्तरण गर्नु पर्छ भन्दै विवाह लगायत सबै कार्य जुनसुकै महिनामा पनि गर्दछन् ।
त्यस्तै प्रगतिशील विचारलाई आत्मसाथ गर्ने एक जोडीले हिन्दू धर्मको परम्परालाई तोड्दै साउनमा विवाह गरेका छन् । बझाङ खप्टडचन्ना गाउँपालिका वर शेखर रोकाया र सन्धिखर्क नगरपालिका अर्घाखाँचीकी अमृता भट्टराईले बुटवलमा २०७५ साउन २२ गते प्रगतिशील विवाह गरेका छन् ।
नेपाल सरकारका शाखा अधिकृत पदमा कार्यरत वर र वधुको सहमतिमा दुवै पक्षका अभिभावक, आफन्तजन, छिमेकी, नातापाता, चिनजान र नजिकका मानिस, सञ्चारकर्मी, राजनीतिक कर्मी, समाजसेवी, सरकारी कर्मचारीहरूलाई साक्षी राखेर विवाह गरिएको थियो । रूपन्देहीको बुटवलस्थित इँटाभट्टीमा सञ्चालित एसियन पार्टी प्यालेसमा सामाजिक परम्पराभन्दा फरक ढङ्गले विवाह गरिएको हो ।
विवाहका लागि कुनै पण्डित राखिएको थिएन भने रेखीपाती गरेर सिँगारिएको कुनै मण्डप पनि बनाइएको थिएन । सामान्य मञ्च बनाइएको सो विवाह कार्यक्रम हेर्दा विवाह समारोह जस्तो पनि थिएन । करिब एक घण्टामा सकिएको विवाहमा कुनै तडकभड्क थिएन । वर र बधु पनि सामान्य पहिरनमा सहभागी भएकाले सहभागीलाई चिन्न पनि एकले अर्कोलाई कानेखुशी गरेर सोध्नु पर्ने अवस्था थियो । 
दुवै विवाहमा सहभागी पनि सामान्य पोशाकमा थिए, जसका कारण वरिपरि रहेकाहरूलाई यो विवाह कार्यक्रम हो कि कुनै सङ्घ÷संस्थाको साधारण सभा वा अधिवेशन छुट्टाउन गाह«ोगाह«ो हुने अवस्था थियो । वर शेखर र वधु अमृतालाई शुभकामना दिनका लागि साम्य शुभ विवाह भन्ने लेखिएको ब्यानर टागेर मञ्च बनाइएको थियो । वर–बधुलाई विवाहको बधाइ दिनका लागि बधु अमृता भट्टराईका बुबा तथा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सल्लाहकार तथा वामपन्थी नेता सिद्वि प्रसाद भट्टराईको अध्यक्षतामा सानो मञ्च बनाइएको थियो । मञ्चबाट बधाइ ज्ञापन गर्नेहरूले वर–वधुलाई सँगै दुवै पक्षका घरपरिवारलाई बधाइ ज्ञापन गरिरहेका हुन्थे ।
समाजमा रहेको कुसंस्कार र संस्कृतिलाई परिवर्तन गरी समाज रूपान्तरणमा एक पाहिला अघि बढेको भन्दै वर–वधुसँगै घरपरिवार र आफन्तजनलाई बधाइ दिए मञ्चबाट बोल्ने अतिथिहरूले । सोही विवाह कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका नेता तथा पूर्व सांसद सन्त बहादुर नेपालीले अहिलेको समाजलाई वर–वधुले राम्रो शिक्षाप्रद भएको बताउनु भयो । उहाँले मानिसले बनाएको हाम्रो समाजको संस्कृति वैज्ञानिक खालको नभएकाले नजानेका र नबुझेकालाई बुझाउन शेखर र अमृताको विवाहले सकारात्मक सन्देश दिएको बताउनु भयो । समाजको गलत खालको परम्परा, संस्कार, संस्कृतिलाई वैज्ञानिक रूपले रूपान्तरण गर्नु पर्ने र त्यसका लागि शेखर र अमृता जस्ता युवायुवतीहरूमा चेतना आउन जरुरी रहेको बताउनु भयो ।
उक्त विवाह कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) का केन्द्रीय अध्यक्ष विमल पोखरेल, माक्र्सवादी विचार मञ्च रूपन्देही उपाध्यक्ष चेतनाथ आचार्य, आधिकारिक टे«ड युनियन रूपन्देही अध्यक्ष राम प्रसाद पन्थी, ५ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता मित्रलाल खनाल, राष्ट्रिय कर्मचारी महासङ्घका महासचिव पे्रम खनाल, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष कमला बञ्जाडे, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव लक्ष्मी न्यौपाने, युवा वामपन्थी नेता खुमानन्द भुसाल, सुरेश भुसाल, रामजी भट्टराई लगायतले बोल्दै एक्काइसौँ शताब्दीको युण्ग सुहाउँदो समाजका लागि विद्यमान परम्परा, संस्कार र संस्कृतिमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिएका थिए । समाज रूपान्तरणका लागि एकताबद्व हुनु पर्ने र वैज्ञानिक खालका कार्यक्रमहरू समाजमा गरिहरनु पर्ने बताए । 
जीवन भट्टराईको सञ्चालनमा सो विवाह भएको थियो । – श्यामलाल पोखरेल

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
कपडा उद्योग सञ्चालनमा आउँदै
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
नेपाली टोली सियान जाँदै
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal