२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
चितवन । सम्बन्धन विवादले गाँजिएको कृषि तथा वन विज्ञान विश्व विद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्व विद्यालयले आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्व विद्यालयको पठनपाठन बन्द गराएका थिए । 
विश्व विद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो । विश्व विद्यालयको कार्यकारी परिषदले गत असार २० गते निजी आठ क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो । यससँगै प्राध्यापक र विद्यार्थीले गत असार २६ गतेदेखि विश्व विद्यालयको प्रशासन र पठनपाठन अवरुद्ध पारेका थिए । 
विश्व विद्यालयले कृषि स्नातकतर्फ पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज भूमही नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्य–पश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतलाई तथा वन स्नातकतर्फ सिद्धान्त क्याम्पस गैँडाकोटलाई सम्बन्धन दिएको थियो । मन्त्री परिषदको वैठकले ती सबै क्याम्पसको अस्थायी सम्बन्धन दिने निर्णय रद्द गरेको पत्र विश्व विद्यालयलाई पठाएको छ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
कपडा उद्योग सञ्चालनमा आउँदै
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
नेपाली टोली सियान जाँदै
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal