२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
नेपाली टोली सियान जाँदै
काठमाडौँ । सरकारले केरुङ–काठमाडौँ रेलमार्गबारे छलफल गर्न नेपाली प्रतिनिधि मण्डल चीन पठाउने भएको छ । सो परियोजनाको प्रतिवेदनमा छलफल गर्न नेपाली टोली आगामी भदौ ४ गते चीन जाने भएको हो ।
रेल विभागका पदाधिकारी र चीनको टोलीबीच शिल्क रोडको सुरुवात बिन्दु सान्सी प्रान्तको राजधानी सियानमा भेटवार्ता हुनेछ । रेल विभागका प्रवक्ता प्रकाश भक्त उपाध्यका अनुसार चिनियाँहरूले उक्त परियोजनाको प्रतिवेदन तयार गरेका छन् र उक्त प्रतिवेदनबारे छलफल गर्न नेपाली टोलीलाई बोलाएका हुन् । उक्त छलफलमा काठमाडौँ–केरुङ रेल लाइनको पूर्व व्यावहारिक अध्ययनमा छलफल हुनेछ । अहिले निर्माण भएको प्रतिवेदन प्रारम्भिक रिर्पोट हो । 
नेपालमा रेलमा सुरुवात अध्ययन नोभेम्बर २०१७ को दोस्रो हप्तामा दुई रेल मार्गहरू काठमाडौँ–केरुङ र काठमाडौँ–पोखरा–लुम्बिनीमा बनाई नेपाललाई विकसितमा लैजाने योजना बनाइएको थियो । अध्ययन प्रतिवेदनले भौगोलिक परिस्थितिमा केन्द्रित रहनुका साथै भारतीय र तिब्बती टेक्टोनिक योजना अनुसार २०१५ को असरले सिर्जना गरेको जनाएको छ ।
चाइना सी.ए.एम.सी. इन्जिनियरिङ कम्पनी लिमिटेड र चीन रेलवे इन्जिनियरिङ कन्सल्टेन्स समूहद्वारा तयार भएको एक प्रारम्भिक अध्ययनमा एक सय २१ दशमलब ४८ किलोमिटर लामो काठमाडौँ–केरुङ रेलमार्गको ७९ दशमलब पाँच पुल र १० किलोमिटर सुरुङ निर्माण गरिने बताइएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
कपडा उद्योग सञ्चालनमा आउँदै
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal