२०७५ मंसिर २६ गते, बुधबार   वर्ष ३६, अंक ५
मिति(२०७५ पौष ४, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
काठमाडौँ । पूर्व–पश्चिम रेलमार्ग अन्तरत बुटवलदेखि गड्डाचौकीसम्म पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन (डी.पी.आर.) को मस्यौदा तयार भएको छ । चार सय २१ किलोमिटरको बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुक्खड, सुक्खड–गड्डाचौकी खण्डको प्रतिवेदन आएको हो ।
चार खण्डमा विभाजन गरेर दुई चिनियाँ कम्पनीले डी.पी.आर. तयार पारेका हुन् । बुटवलबाट गड्डाचौकीसम्मको रेल्वे खण्डको डी.पी.आर. निर्माणको लागि अध्ययन सकिएको हो ।
पश्चिम खण्डको डी.पी.आर. निर्माणको क्रममा पश्चिम खण्डका केही नदीहरूमा बलियो पुल सहितका पूर्वाधार निर्माण गर्नु पर्ने देखिएको छ । कैलालीको शिवगङ्गा र चौमाला नदी क्षेत्रका डी.पी.आर. का क्रममा ड्रिलिङ गर्दा माथिल्लो सतहमै पानीका ‘पकेट’ क्षेत्रहरू भेटिएका छन् ।
रेल्वे विभागका अनुसार अब ती नदी क्षेत्रमा अन्यत्रकोभन्दा पुल सहितका मजबुत पूर्वाधार बनाउनु पर्ने हुन्छ । पूर्वी खण्डका यस्तो पानीको पकेट भएको क्षेत्र भेटिएको थिएन । यस्तो पकेटका कारण राजमार्गका पुलमा पनि भासिने समस्या आउने गरेको छ । शिवगङ्गा र चौमाला नदीका पुल यस्तै समस्या कारण भासिएका थिए । अब पश्चिम खण्डमा यो समस्यालाई मध्यनजर गरेर रेलमार्ग बनाउनु पर्नेछ ।
यो वर्ष सर्लाहीको लालबन्दीदेखि बाराको निजगढसम्म थप खण्डको ट्रयाक खोल्ने काम अघि बढाउने तयारी गरिएको छ । करिब ४० किलोमिटरको यो खण्डका लागि १७ किलोमिटर क्षेत्रको जग्गा अधिग्रहण गर्न मुआब्जा तोकिएको महानिर्देशक आचार्यले जानकारी दिए ।
पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि अब १६५ किलोमिटरको निजगढ–भरतपुर–चोरमारा खण्डको डी.पी.आर. मात्रै बनाउन बाँकी छ । पूर्वमा इनरुवादेखि काँकडभिट्टासम्मको खण्डको डी.पी.आर. तयार भइसकेको छ । 
अहिले पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई नौ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरू नौ सय ४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौँ, काठमाडौँ–वीरगञ्ज लगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार चार सय ७६ किलोमिटर हुनेछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
कपडा उद्योग सञ्चालनमा आउँदै
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
नेपाली टोली सियान जाँदै
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal