२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
छलछाम नगर्न डा. केसीको चेतावनी
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न छलछाम गरिए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सरकारसँग सहमति गरेर पन्ध्रौँ पटकको अनशन तोडेका डा. केसीले आफूसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् । सरकारसँगको सम्झौतापछि २७ दिन लामो अनशन तोडेर त्रिवि शिक्षण अस्पतालामा उपचाररत डा. केसीले मङ्गलबार पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
डा. केसीले जारी गरेको प्रेस विज्ञप्तीमा पन्ध्रौँ सत्याग्रह टुङ्ग्याउने क्रममा जिम्मेवार नेताहरू आएर नौ बुँदे सहमति गरिएकोे स्मरण गराइएको छ । विज्ञप्तीमा भनिएको छ– ‘सहमति अनुरूप हाल संसदीय प्रकृयामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ मा सत्तारूढ दल तथा प्रतिपक्षी दलका सांसदहरू समेतबाट संशोधन हालिएको छ । सत्याग्रह टुङ्ग्याउने क्रममा जिम्मेवार नेताहरू आएर सम्झौता अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पृष्ठभूमिमा तिनै संशोधन तथा थप तोडमोड नगरी चिकित्सा शिक्षा ऐन शीघ्र जारी हुने विश्वास हामीले लिएका छौँ ।’
डा. केसीले सम्झौता कार्यान्वयनमा छलछाम गरिए कडा विरोधका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् । तर सरकारले त्यो अवस्था आउन दिने छैन भन्ने विश्वास लिएको डा. केसीले जनाएका छन् । डा. केसीले सहमतिको आठौँ बुँदामा नेपाल सरकार मन्त्री परिषदले आफूसँग भएको सम्झौता अनुमोदन गर्ने भनिएकोमा त्यसको कार्यान्वयनका लागि समेत स्मरण गराए । उनले चिकित्सा शिक्षा ऐनसम्बन्धी वाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीलाई कारवाही गर्ने लगायत सम्झौताका बुँदाको कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
कपडा उद्योग सञ्चालनमा आउँदै
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
नेपाली टोली सियान जाँदै
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal