२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
काठमाडौँ । आ.व. २०७४÷७५ मा नेपालको व्यापार घाटा वर्ष ११ खर्ब ६२ अर्ब १० करोड रूपैयाँ पुगेकोे छ । यो घाटा गत आ.व. २०७३÷७४ को तुलनामा २७.५३ प्रतिशत बढी हो ।
आ.व. २०७४÷७५ मा नेपालले १३ खर्ब २४ अर्ब ४८ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो । यसमध्ये १२ खर्ब ४३ अर्ब २९ करोड रूपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिँदा ८१ अर्ब १९ करोड रूपैयाँको नेपाली वस्तु विदेशी बजारमा पुगेको छ । यो घाटा सरकारले गएको आ.व. विकास निर्माणदेखि चालु तथा वित्तीय व्यवस्थामा गरेको बजेटरी खर्चभन्दा ८९ अर्ब बढी हो । सरकारले गत आ.व. यी क्षेत्रमा १० खर्ब ७३ अर्ब खर्च गरेको छ । गत आ.व. मा भएको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.९ प्रतिशत र निर्यातको हिस्सा ६.१ प्रतिशत रहेको भन्सार विभागका महानिर्देशक तोयम रायाले बताएका छन् ।
गत आ.व. २०७३÷७४ मा १० खर्ब ५७ अर्ब ३३ करोड वैदेशिक व्यापार भएको थियो । यसमा नौ खर्ब ८४ अर्ब ३० करोड आयात थियो भने ७३ अर्ब तीन करोड निर्यात थियो । गत आ.व. मा नौ खर्ब ११ अर्ब २६ करोडको व्यापार घाटा भएको थियो ।
नेपालबाट विश्व बजारमा भएको निर्यातमध्ये ५७.४ प्रतिशत छिमेकी मुलुक भारतसित भएको छ भने अमेरिकासित ११.३ प्रतिशत, जर्मनसित नौ प्रतिशत, टर्कीसित ५.८ प्रतिशत र अन्य देशसित २१.७ प्रतिशत भएको छ । नेपालबाट चार हजार ३४ देशमा नेपाली वस्तु निर्यात भएको भन्सार विभाग बताउँछ ।
विश्व बजारबाट भएको आयातमध्ये ६५.२ प्रतिशतभन्दा बढी छिमेकी मुलुक भारतबाट आयात भएको छ । भारतबाट गत आ.व. मा आठ खर्ब १० अर्ब ९० करोडका वस्तु तथा सेवा नेपाली बजारमा भित्रिएका छन् भने ४६ अर्ब ६० करोड मूल्य बराबरको नेपाली उत्पादन भारतीय बजारमा खपत भएको छ । यस आ.व. मा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब २४ अर्ब ४८ करोड छ । त्यसमध्ये नेपालले ब्यहोर्नु परेको व्यापार घाटा ११ खर्ब ६२ अर्ब छ । यस अवधिमा कुल आयात १२ खर्ब ४३ अर्ब २९ करोड छ । त्यस अन्तर्गत पेट्रोलियम पदार्थ एक खर्ब ९७ अर्ब ८५ करोड, आइरन एन्ड स्टिल एक खर्ब २५ अर्ब ८८ करोड, मेसिनरी सामान एक खर्ब २४ अर्ब ४४ करोड, सवारी साधन ८६ अर्ब ३० करोड र विद्युतीय सामान ७८ अर्ब २८ करोडको आयात गरिएको छ ।
आ.व. २०७५÷७५ मा नेपालको कुल निर्यात ८१ अर्ब १९ करोड रहेको छ । त्यस अन्तर्गत नेपालकोतर्फबाट कफी नौ अर्ब २० करोड, कच्चा धागो आठ अर्ब ४३ करोड, कार्पेट सात अर्ब ३८ करोड, तयारी पोशाक छ अर्ब २८ करोड र आइरन एन्ड स्टिल पाँच अर्ब १६ करोडको निर्यात भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
कपडा उद्योग सञ्चालनमा आउँदै
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
नेपाली टोली सियान जाँदै
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal