२०७५ मंसिर २६ गते, बुधबार   वर्ष ३६, अंक ५
मिति(२०७५ पौष ४, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
कपडा उद्योग सञ्चालनमा आउँदै
हेटौँडा । सरकारले हेटौँडाका १५ उद्योगमध्ये पुनः १३ कपडा उद्योग सञ्चालनमा ल्याउने ठहर गरेको छ । यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघन प्रसाद पुडासैनी संयोजकत्वको सात सदस्यीय संयुक्त समितिले हेटौँडा कपडा उद्योगको स्थलगत रूपमै अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । नेपाली सेनालाई संलग्न गराएर उद्योग चलाउने योजना अनुरूप अध्ययन कार्यदल गठन भएको थियो । समितिमा सेनाका अधिकृत पनि सदस्य थिए ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिगाह जमिनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आउने छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि सम्झौता गरेको थियो । पन्ध्र वटै उद्योगका लागि संरचना तयार भए पनि सी.ई. हाइड्रो मेकानिकल वक्र्स, थ्री स्टार ग्रूप भने अझै सञ्चालन हुन सकेका छैनन् । सी.ई. हाइड्रो मेकानिकल वक्र्स, न्यू मकवानपुर खाद्य उद्योग, फार्मर एग्रो सेन्टर, नेसनल स्ट्रक्सन इन्जिनियरिङले उद्योग सञ्चालन गर्न २०७३ जेष्ठ अघि नै सम्झौता गरेका थिए । 
भवन निर्माण भए पनि विद्युत् अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग सङ्घका जिल्ला अध्यक्ष नवराज अर्यालले बताए । उक्त क्षेत्रमा हाल खपत भइरहेको विद्युतमा थप १० के.भी.ए. विस्तार गरिएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राविधिक कारणले केही महिना ढिला भए पनि उद्योग भने लक्ष्य अनुसार सञ्चालन भएको दावी गरिएको छ । उक्त क्षेत्रमा १५ वटा नयाँ उद्योगमध्ये सञ्चालन हुन बाँकी दुई उद्योग पनि छिटो सञ्चालन हुने अर्यालले जानकारी दिए । सो क्षेत्रभित्र ९४ वटा उद्योग सञ्चालनमा छन् भने २९ उद्योग निर्माणाधीन अवस्थामा छन् । एक दर्जन धेरै पुराना उद्योग बन्द अवस्थामा छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
नेपाली टोली सियान जाँदै
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal