२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन आगामी असोजको २६देखि २८ गतेसम्म झापाको बिर्तामोडमा हुने भएको छ । २०७५ साउन १९ र २० गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न अखिल (छैठौँ) को छैटौँ पूर्ण बैठकले एक्काइसौँ राष्ट्रिय सम्मेलनको सो मिति तय गरेको हो । बैठकले एक्काइसौँ राष्ट्रिय सम्मेलनको मूल नारा “शैक्षिक निजीकरण, उदारीकरण र सङ्घीयता विरुद्ध हाम्रो अभियान, जनवादी शिक्षा र राष्ट्रियता रक्षाका लागि एक्काइसौँ एक्काइसौँ राष्ट्रिय सम्मेलन” तय गरेको छ ।
बैठक पश्चात् अध्यक्ष विमल पोखरेलद्वारा २०७५ साउन २१ गते जारी विज्ञप्तीमा जनाइए अनुसार एक्काइसौँ राष्ट्रिय सम्मेलनको बिर्तामोडमा जुलुश प्रदर्शन सहित भव्य उद्घाटन गरिने छ । बैठकले समाजमा रहेका अन्धविश्वास, कुसंस्कार, कुरीति र अपराधिक मानसिकतालाई हटाउनका लागि राज्यले विशेष कार्यक्रम ल्याउनु पर्ने समेत माग गरेको छ । महङ्गी, भ्रष्टाचार, अनियमितता रोक्न र विकासका कार्यहरूमा जनताप्रति जबाफदेही हुन वैठकले देशव्यापी जनदबाब सिर्जना गर्नु पर्ने आवश्यकता समेत औल्याएको छ ।
अध्यक्ष पोखरेलद्वारा जारी उक्त विज्ञप्तीमा अगाडि भनिएको छ– “अखिल (छैठौँ) केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक २०७५ साउन १९ र २० गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्नका लागि यो वक्तव्य जारी गरिएको छ । 
१. संविधान सभाले बनाएको संविधान र संविधान अनुसार भएका तीन तहका निर्वाचनपछि बनेका केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा जन प्रतिनिधिहरू निर्वाचित भइसकेपछि जनताका अपेक्षा अनुसारका काम हुन सकेका छैनन् । तीनै तहबाट विकास, समृद्धि र जनताका काम हुन नसक्नु दुखद छ । सरकारी अड्डा र स्थानीय तहमा व्यापक भ्रष्टाचार भइरहेको समाचार सार्वजनिक भएका छन् । केन्द्रीय नीतिनिर्माण तहमा पनि नीतिगत भ्रष्टाचार हुने गरेको छ । यसो हुनु जन प्रतिनिधि पनि जनताप्रति गैर जिम्मेवार भएको कारण नै हो । महङ्गी, भ्रष्टार, अनियमितता रोक्न र विकासका कार्यमा जनताप्रति जबाफदेही हुन देशव्यापी जनदबाब सिर्जना गर्नु आवश्यकता छ । 
२. शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्व हो । संविधानमा समाजवाद उन्मुख राज्यव्यवस्था भनिए पनि उदारवाद, निजीकरण र व्यापारीकरणलाई रोक्ने कुनै प्रयत्न भएको छैन । शिक्षा र स्वास्थ्यमा व्यापारीकरण र माफियाकरण बढ्दै गइरहेको छ । माध्यमिक विद्यालय तहसम्म पढाइ हुने निजी विद्यालय र मेडिकल कलेजहरू सरकारीकरण गर्नु पर्नेमा त्यसतर्फ सरकारले कुनै ध्यान दिएको छैन । पछिल्लो समय निजी मेडिकल कलेजलाई दिन खोजिएको सम्बन्धन र कृषि तथा वन विश्व विद्यालयले निजी क्याम्पसहरूलाई दिएको सम्बन्धन निजीकरणलाई झनै फैलाउँदै लैजाने रवैया हो । सरकारको यस प्रकारको रवैयाको विरुद्ध निरन्तर आन्दोलनको आवश्यकता छ । हामी लामो समयदेखि माध्यमिक शिक्षा र मेडिकल शिक्षा सरकारीकरण गरिनु पर्छ भनेर आन्दोलनमा छौँ । राज्यलाई आवश्यक पर्ने इञ्जिनियरिङ, कृषि तथा वन जस्ता प्राविधिक जनशक्ति उत्पादनको लागि सरकारी विश्व विद्यालयहरूले नै जिम्मा लिनु पर्दछ । 
४. कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ मा निर्मला पन्तको बलात्कारपछि हत्या लगायत देशभर बालिका, विद्यार्थी र महिलामाथि भएका बलात्कार र हत्याका घटनाको घोर भत्र्सना गर्दै घटनामा संलग्न दोषीहरूलाई कडा कारवाहीको माग गर्दछौँ । बलात्कार र हत्याका घटना हुन नदिन पूर्व सचेतता अपनाउन सम्पूर्ण मानव समाज, स्थानीय समुदाय र प्रशासनको गम्भीर ध्यान जानु आवश्यक छ । समाजमा रहेका अन्धविश्वास, कुसंस्कर, कुरीति र अपराधिक मानसिकतालाई हटाउनका लागि राज्यले विशेष कार्यक्रम ल्याउन माग गर्दछौँ । 
५. देशभर गएको बाढीपहिरोको कारण दर्जनौँको सङ्ख्यामा मृत्यु भएको छ भने सयौँ घरवारविहीन भएका छन् । तराईमा डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । बाढीपहिरोबाट पीडितलाई उचित राहत र क्षतिपूर्ति दिन माग गर्दछौँ ।
६. अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन २०७५ असोज २६, २७ र २८ गते झापाको बिर्तामोडमा गर्ने निर्णय भएको छ । “शैक्षिक निजीकरण, उदारीकरण र सङ्घीयता विरुद्ध हाम्रो आन्दोलन, जनवादी शिक्षा र राष्ट्रियता रक्षाका लागि एक्काइसौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नारा तय गरिएको छ । सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न समितिहरूको गठन गरिएको छ । अध्यक्ष विमल पोखरेलको संयोजकत्वमा पदाधिकारी र सचिवालय सदस्यहरू रहेको मूल व्यवस्थापन समिति, उपाध्यक्ष देवेन्द्र कुँवरको संयोजकत्वमा पाँच सय एक सदस्यीय प्रचार प्रसार समिति, सचिवालय सदस्य निर बहादुर सिन्तानको संयोजकत्वमा स्वयंसेवक समिति, सुवास जिसीको संयोजत्वमा अतिथि व्यवस्थापन समिति गठन गरिएको छ । सम्मेलनको आन्तरिक तयारीको लागि जिम्मेवारीहरू बाँडफाँड गरिएको छ । 
७. प्रदेश समितिका बैठकहरूको मिति तोकिएको छ । जिल्ला भेला तथा सम्मेलन गर्न र राष्ट्रिय सम्मेलनको तयारी गर्न प्रदेशहरूमा विशेष जिम्मेवारी दिइएको छ । १ नम्बर प्रदेश अध्यक्ष विमल पोखरेल, २ नम्बर प्रदेश सचिवालय सदस्य निर बहादुर सिन्तान, ३ नम्बर प्रदेश सचिवालय सदस्य सुवास जिसी, ४ नम्बर प्रदेश महासचिव भीमलाल पोखरेल, ५ नम्बर प्रदेश उपाध्यक्ष देवेन्द्र कुँवर, ६ नम्बर प्रदेश कोषाध्यक्ष हस्तराज रेग्मी र ७ नम्बर प्रदेश सचिव महेश राज जोशी ।
८. युनियनको एक्काइसौँ राष्ट्रिय सम्मेलन बिर्तामोड बजारमा जुलुस सहित भव्य रूपमा खुला उद्घाटन गर्ने र त्यसका लागि विशेष गरी १ र २ नम्बर प्रदेशमा व्यापक जन परिचालन गर्ने र सहभागिता गराउने निर्णय भएको छ । अन्य स्थानबाट पनि उद्घाटन समारोहमा जन सहभागिता गराइने छ । राष्ट्रिय सम्मेलन सफल पार्नका लागि सहयोग गर्न सम्पूर्ण जन समुदायसित सहयोगको अपिल गर्दछौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
कपडा उद्योग सञ्चालनमा आउँदै
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
नेपाली टोली सियान जाँदै
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal