२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
काठमाडौँ । देशमा पछिल्लो समयमा अपहरण, हत्या, बलात्कार, लुट र चोरैडकैतीका घटना झन् बढ्दै गइरहेको देखिएको छ । देशको राजधानी नै असुरक्षित देखिएको छ । देशको शासनको मुख्य केन्द्र रहेको स्थानमै दिनडहाडै चोरीडकैती र अपहरण, हत्याका घटनाहरू बढ्दै गएका छन् । राजधानीमै त शान्ति–सुरक्षाको यो नाजुक अवस्था छ भने देशका अन्य कुनाकन्दराको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ– जनताले देशमा सरकार र सुरक्षा निकाय रहेको अनुभूत गर्न पाइरहेका छैनन् ।
राजधानी उपत्यकाको भक्तपुर काँडाघारीमा २०७५ साउन २० गते अपहरण र हत्याको यस्तै कहालीलाग्दो घटना घटेको छ । त्यहाँ ११ वर्षीय निशान खड्काको अपहरण भयो । अपहरणकारीले बालकलाई सोही दिन विभत्स हत्या गरे । प्रहरी कारवाहीमा दुई जना अपहरणकारी पनि मारिएका छन् । 
प्रहरीका अनुसार आइतबार करिब साढे ४ बजे निशान बेपत्ता भएका थिए । उनकी आमा चमेली खड्कालाई आइतबार साढे नौ बजे अपहरणकारीको फोन आएको थियो । उनीसँग ४० लाख फिरौती रकम माग गरेका थिए । काँडाघारीमा खाजा पसल चलाउने चमेली र वैदेशिक रोजगारका लागि मलेसियामा रहेका गणेश बहादुर खड्कासँग फिरौतीका लागि मागेको रकम दिने अवस्था थिएन ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखा सहितको टोली आइतबार रातीदेखि अपहरणमा परेका निशानको खोजीमा सक्रिय थियो । प्रहरीले निशानको खोजी गरिरहेका बेला सोमबार अपराह्न निशानको शब गाडिएको अवस्थामा भक्तपुरको ठिमीमा भेटियो । निशानको शब ठिमीमा बन्दै गरेको श्याम लवटको घरको जगमा भेटिएको थियो ।
अपहरणमा संलग्न रङ्गरोगन कामदार नुवाकोट सामरीका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका अजय तामाङ थिए । उनीहरू निशानकी आमाले सञ्चालन गरेको खाजा पसलका पुराना र नियमित ग्राहक थिए । उनीहरूले बालकसँगको घुलमिलका आधारमा बालकलाई सहजै अपहरण गरी हत्या गरेका थिए । – गीता नेपाली

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
कपडा उद्योग सञ्चालनमा आउँदै
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
नेपाली टोली सियान जाँदै
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal