२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
जोशीलाई अस्वीकार स्वागतयोग्य ः मसाल
काठमाडौँ । नेकपा (मसाल) ले प्रधान न्यायाधीशमा दीपक राज जोशीको नाम अस्वीकार गर्ने संसदीय सुनुवाइ समितिको निर्णयलाई ऐतिहासिक महत्वको निर्णय बताउँदै स्वागत गरेको छ । मसालले २०७१ सालमा संसदीय सुनुवाइ समितिले न्यायाधीशहरूबारे सुनुवाइ गर्दा राजमो अध्यक्ष चित्र बहादुर केसीले “दिपक राज जोशी र गोपाल पराजुली समेत न्यायाधीशका लागि योग्य नभएको” भनी लिएको अडानको स्मरण गराउँदै त्यति बेला उनीहरूलाई न्यायाधीशमा अनुमोदन गर्ने तत्कालीन संसदीय सुनुवाइ समितिको निर्णय गलत रहेको अहिले आएर झनै पुष्टि भएको जनाएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७५ श्रावण २१ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ । महामन्त्री सिंहद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “नेकपा (मसाल) को हालै बसेको बैठकले संसदीय सुनुवाइ समितिले न्याय परिषदले प्रधान न्यायाधीशमा सिफारिस गरेको दीपक राज जोशीको नाम अस्वीकार गर्ने जुन निर्णय गरेको छ, त्यसलाई स्वागत गरेको छ । वास्तवमा सुनुवाइ समितिको निर्णयले ऐतिहासिक महत्व राख्दछ । अहिलेसम्म सुनुवाइ समितिको काम खालि कुनै व्यक्तिको नामको अनुमोदन गर्ने मात्र हुने गर्दथ्यो । त्यसका विपरीत अहिले सुनुवाइ समितिले गरेको निर्णयले न्याय परिषदले पठाएको निर्णयलाई आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने उनीहरूको क्षमतालाई पनि प्रकट गरेको छ । 
अहिले जोशीबारे गरिएको निर्णयको प्रकरणमा २०७१ सालमा संसदीय सुनुवाइ समितिले न्यायधीशहरूबारे गरिएको सिफारिससम्बन्धी छलफल र निर्णयको उल्लेख गर्नु प्रासङ्गिक हुनेछ । त्यो बेला राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्र बहादुर केसी पनि सुनुवाइ समितिमा हुनु हुन्थ्यो । त्यो बेला उहाँले गोपाल पराजुली र दीपक राज जोशी समेत न्यायाशीधका लागि योग्य नभएको भनेर अडान लिनु भएको थियो । ने.का. ती दुवै व्यक्तिलाई न्यायाधीश बनाउनु पर्ने कुराको पक्षमा थियो । तत्कालीन एमाले र माओवादी केन्द्र सहित केसीले उनीहरूलाई न्यायाधीश बनाउने प्रस्तावको विरोध गर्नु भएको थियो । तरपछि एमाले र माओवादी दुवैले आफ्नो अडान छाडे र केसीले एक्लै सुनुवाइ समितिमा ती व्यक्तिहरूलाई न्यायाधीश बनाउने प्रस्तावका विरुद्ध अडान लिइरहनु भएको थियो ।पछि गोपाल पराजुलीको प्रधान न्यायाधीशबाट बहिर्गमन र अहिलेको दिपक राज जोशी प्रकरणबाट केसीको त्यो बेलाको अडान सही भएको कुरा प्रमाणित भएको छ ।
संसदीय समितिले गतकालमा कैयौँ न्यायधीश वा राजदुतबारे गरिएको सिफारिसलाई अनुमोदन गर्दै आएको छ । त्यस सन्दर्भमा सुनुवाइ समितिको निर्णय गर्ने अधिकार वा औचित्यताबारे कहिल्यै प्रश्न उठ्ने गरेको छैन । त्यो अवस्थामा अहिले एक जना व्यक्तिलाई प्रधान न्यायाधीश बनाउने सिफारिसलाई अस्वीकार गरेकाले समितिको निर्णय मत्र होइन, त्यो समितिको औचित्यताबारे नै प्रश्न आउने वा त्यसलाई असंवैधानिक समेत बताउने गरेको पनि पाइन्छ । त्यो समितिलाई कुनै व्यक्तिका पक्षमा गरिएको सिफारिसलाई निर्णय गर्ने अधिकार हुन्छ भने अस्वीकार गर्ने अधिकार पनि हुने कुरा स्वतः प्रष्ट छ । त्यो निर्णयसित कतिपय पक्ष वा व्यक्तिहरूको मतभेद हुन सक्दछ । तर त्यो कारणले समितिको त्यस प्रकारको निर्णय गर्ने अधिकार वा त्यसको औचित्यताबारे नै प्रश्न उठाउने विचारलाई तर्कसङ्गत भन्न सकिन्न ।
दीपक राज जोशीसित सम्बन्धित शैक्षिक प्रमाण पत्रहरूको विषयमा मात्र होइन, न्यायपालिकामा उनको पहिलेदेखिको भूमिका र उनले गरेका फैसलाहरू विवादित हुने गरेका छन् । त्यो अवस्थामा उनका सबै शैक्षिक प्रमाण पत्रहरू सही भए पनि न्यायपालिकामा उनको विवादित भूमिकाका कारणले उनलाई प्रधान न्यायाधीशमा नियुक्त गर्नु सही हुँदैनथ्यो । त्यस प्रकारको व्यक्ति न्यायपालिकाको सर्वोच्च पदमा पुग्नु कुनै पनि अवस्थामा सही हुँदैनथ्यो । त्यसैले सुनुवाइ समितिले उनकाबारे गरेको निर्णय अत्यन्त सही भएको कुरा प्रष्ट छ । त्यो निर्णयबाट सर्वोच्च अदालतको गरिमाको रक्षाका लागि धेरै नै मद्दत पुगेको छ । 
दीपक राज जोशीको प्रकणबाट राष्ट्रिय महत्वका दुई वटा गम्भीर प्रश्नहरू हाम्रा अगाडि आएका छन् । प्रथम, पहिले गोपाल पराजुली र अहिले दीपक राज जोशीका शैक्षिक प्रमाण पत्रहरू सन्दिग्ध भएको कुराबाट न्यायपालिका र सम्पूर्ण प्रशासन यन्त्रमा नै विभिन्न कर्मचारी र उच्चपदस्थ अरू कैयौँ व्यक्तिहरूका शैक्षिक प्रमाण पत्र त्यही प्रकारका त छैनन् ? यो शङ्का उत्पन्न हुन्छ । त्यस सन्दर्भमा यो प्रश्न पनि विचारणीय छ, गोपाल पराजुली वा दीपकराज जोशीका प्रमाण पत्रहरू उनी सरकारी नोकरीमा नियुक्त हुने बेलामा नै किन छानबिन गरिएको थिएन ? न्याय परिषदले पनि उनको नाम प्रधान न्यायाधीशमा सिफारिस गर्ने बेलामा उनको शैक्षिक प्रमाण पत्रहरूको किन जाँच गरेको थिएन ? त्यस प्रकारको अवस्थामा एकातिर, सरकारी सेवामा नियुक्त हुने बेलामा नै कसैका पनि शैक्षिक प्रमाण पत्रहरू जाँच गर्नु पर्ने र अर्कातिर, अहिले पनि एउटा उच्च स्तरीय आयोग गठन गरेर सरकारी सेवामा भएका सबै व्यक्तिका शैक्षिक प्रमाण पत्रहरूको जाँच गर्न राष्ट्रव्यापी रूपमा नै अभियान चलाउनु पर्ने आवश्यकता देखिन्छ ।
द्वितीय, अहिले गोपाल पराजुली वा दीपक राज जोशीको प्रकारणमा खालि उनीहरूलाई मात्र दोष दिएर पुग्दैन । पहिले संसदीय सुनुवाइ समिति वा त्यसमा सामेल भएका राजनीतिक पार्टीका प्रतिनिधिहरूले उनीहरू जस्ता व्यक्तिहरूलाई किन न्यायाधीशमा अनुमोदन गरेका थिए ? व्यवहारले उनीहरूको निर्णयलाई गलत सावित गरेको छ । उनीहरूले त्यस प्रकारको गलत निर्णय किन गरे र त्यस प्रकारको गलत निर्णय कुन कारण वा अभिप्रायले गरे ? त्यो पनि गम्भीर प्रश्न हो र त्यो बेलाको सुनुवाइ समितिका सदस्यहरू वा उनीहरूसितसम्बन्धी राजनीतिक पार्टीहरूले त्यो प्रश्नको जबाफ दिनु पर्दछ वा जनताले उनीहरूसित त्यो प्रश्न सोध्नु पर्दछ । त्यो कुरा गोपाल पराजुली वा दीपक राज जोशीका सन्दर्भमा उनीहरूले गरेका गलत निर्णयसित मात्र सम्बन्धित छ्रैन । आउने दिनहरूमा पनि उनीहरूले त्यस प्रकारका गलत निर्णयहरू नगरुन्, त्यसबारे स्वयं उनीहरूले ध्यान दिनु पर्ने र जनताले पनि त्यसबारे उच्च सतर्कता अपनाउनु पर्ने आवश्यकता छ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
संसदीय सुनुवाइ समितिको निर्णय सही ः राजमो
राजधानीमा मौलाउँदै अपहरण र हत्याका घटना
अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलन असोज २६–२८ गते झापामा
कपडा उद्योग सञ्चालनमा आउँदै
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
छलछाम नगर्न डा. केसीको चेतावनी
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
नेपाली टोली सियान जाँदै
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
२० वर्षअघि विवाह गरे रद्द हुने
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम
समाज रूपान्तरणमा एकताको खाँचो
संक्षिप्त समाचार
संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal