२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
छड्के नजर
ओलीज्यूको राष्ट्रवाद कता हरायो
(प्यारोडी भाका ः “लौरी हरायो“) 
आफ्नै भन्थ्यौ पानीजहाज 
काठमाडौँमा मेट्रो ... कता हरायो 
घरघरमा ग्यासपाइप 
लाउथ्यौ गफ कत्रो ... कता हरायो 
कता हरायो भन 
ओलीज्यूको राष्ट्रवाद कता हरायो
उनले बन्दुक बोक्दा भन्थ्यौ 
दक्षिण छ साचो ... कता हरायो 
आखिर उनैसँग किन 
कस्यौ लगनगाठो ... कता हरायो 
कता हरायो भन
ओलीज्यूको राष्ट्रवाद कता हरायो
संशोधन विधेयक आउँदा 
ठिकै थिए नेत्र ... कता हरायो 
जनसङ्ख्यालाई आधार मानी 
छुट्टाइदियौ क्षेत्र ... कता हरायो 
कता हरायो भन 
ओलीज्यूको राष्ट्रवाद कता हरायो
राष्ट्रवादी बन्दै पहिले 
लाउथ्यौ गफ कस्तो ... कता हरायो 
बसको टिकटभन्दा अहिले 
नागरिकता सस्तो ... कता हरायो 
कता हरायो भन
ओलीज्यूको राष्ट्रवाद कता हरायो
दक्षिणतिर खबरदारी 
उत्तरतिर सन्धि ... कता हरायो 
चुनावमा ठुला गफ
अहिले भने मन्दी ... कता हरायो 
कता हरायो भन
ओलीज्यूको राष्ट्रवाद कता हरायो
नाकाबन्दी भा’को बेला
उच्च थियो शिर ... कता हरायो 
अहिले अरूण तेस्रो गर्दा 
ढल्कियौ दक्षिणतिर ... कता हरायो 
कता हरायो भन 
ओलीज्यूको राष्ट्रवाद कता हरायो 
दक्षिणका एजेन्ट भन्दै 
पहिले पाथ्र्यौ पाखा ... कता हरायो 
दुई–तिहाइ पुर्‍याउन 
अहिले च्याप्पै काखा ... कता हरायो 
कता हरायो भन 
ओलीज्यूको राष्ट्रवाद कता हरायो 
मिचिदैछ देशको भूमि 
लुटिदैछन साध ... कता हरायो
सुस्ता अनि तिलाठीका 
पीडा उस्तै आज ... कता हरायो 
कता हरायो भन 
ओलीज्यूको राष्ट्रवाद कता हरायो 
हिजोसम्म झुक्किएछौ 
बुझ्दैछौ है आज ... कता हरायो 
नक्कली पो रै’छ क्या रे 
तिम्रो राष्ट्रवाद ... कता हरायो 
कता हरायो भन 
ओलीज्यूको राष्ट्रवाद कता हरायो

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal