२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
साहित्य
खुशी छैन मन
प्रेम गायक
बरिखाको भेल घुचेट्दै तिज आयो आँगन
तर पनि खुशी भने छैन यो मन
गरिबी र भोखमरीले जिवन बन्यो कष्टकर
उखानटुक्का भाषण मात्र दिन्छ सरकार
चुनाव जिते वृद्धाभत्ता दिन्छौँ भन्थे पाँच हजार
बजेट हाम्रो मौन बस्यो छैन सुरसार
जनतालाई समाजवादको देखाएर सपना
त्यतातिर सरकारले ध्यान दिएन
दुई–तिहाइको उपहार सबै ठाउँमा कर बढ्यो
सुख–शान्ति होलाभन्दा झनै डर बढ्यो
महङ्गीले आकास छोयो नाघ्यो बलात्कार
के हेरेर बसेको छ हाम्रो सरकार
दुई–तिहाइको दम्भ देखाउँदै खोस्न थाल्यो अधिकार
बन्द हड्ताल निषेध गर्न थाल्यो सरकार
नचाहिएको सङ्घीयता नचाहिएको सात प्रदेश
चिराचिरा पार्न थाले हाम्रो प्यारो देश
सङ्घयता नै कारण हो कर बढाउने देशैभर
देश टुक्राउने सङ्घीयता छिट्टै खारेज गर
सुशासनको अनुभूति सङ्घीयताको खारेजी
लोकप्रिय बन्छ सरकार यति गरे’सी
हैन भने जनताले नाङ्गेझार पार्नेछन्
सडकबाटै सङ्घीयता खारेज गर्नेछन्

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
बलात्कारी हत्याराको
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal