२०७५ मंसिर ५ गते, बुधबार   वर्ष ३६, अङ्क २
मिति(२०७५ म‌सिर ६, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
बलात्कारी हत्याराको
(निर्मला हत्याकाण्ड)
नारायण शमा
आयो भन्छन् नयाँ तिज चेलिबेटी नचाउन
नारीलाई चिन्ता सधैँ इज्जत बचाउन
हत्या, हिंसा, बलात्कार देशैभरि छाउँदैछन्
त्यसैले त वेदनाका गीत आउँदैछन्
महिला हिंसा अन्त्य गर्ने गर्छन् कुरा चोपिला
दिनदिनै चुडिँदैछन् नारी कोपिला
बलात्कारी हत्यारालाई फाँसी माग गर्दैछन्
कञ्चनपुरमा जनता हेर अघि बढ्दैछन् 
कञ्चनपुरको उल्टाखामकी निर्मला पन्तको
दृष्टहरूको जालमा परी जीवन अन्त्य भयो
१३ वर्षे नानी थिइन् सपना ठुलो थियो नि
बलात्कारी हत्याराले ज्यानै लियो नि
प्रशासनले भन्न थाल्यो कसले मार्‍र्यो था’छैन
था’ भएनि तिनले सत्य बोल्न भा’छैन
तिनकै पर्लान् छोरानाति तिनकै पर्लान् भतिजा
त्यै भएर नआएको हो कि नतिजा
अनुसन्धान गर्नेले नै प्रमाण नष्ट गरे कि
त्यसैकारण झनै अझ शङ्का बढ्यो कि
आन्दोलन बढ्दै गयो प्रशासन तर्सियो
जनतामाथि अन्धाधुन्ध गोली बर्सियो 
प्रशासनले लगाएको कफ्र्यु आदेश तोडेर
सडकमा उत्रे जनता घरै छोडेर
बलात्कारी हत्यारालाई लुकाउन पाइँदैन
अपराधीलाई जोगाउने सरकार चाहिदैन
खडा गर्‍यो प्रशासनले कृते एउटा हत्यारा 
तर पनि जनतालाई लाएन पत्यार
भन्न थाले प्रशासनको लाजशरम मरेको
हत्यारालाई जोगाउन नाटक गरेको
आक्रोशित गाउँबस्ती प्रशासनको बोलीले
भुट्न थाले जनतालाई तातो गोलीले 
पुलिसको गोली लागि सहिद खुना सनि त
आन्दोलन झनै उच्च बन्यो अनि त
धन्य छौ नि सनि तिमी देशलाई दियौ रगत 
आन्दोलनले विश्राम लिने छैन अब त
बलात्कारी हत्यारालाई कडा कार्वाही गर्नेछौँ
मर्नु परे आन्दोलनमै हामी मर्नेछौँ
न्याय खोज्दै कञ्चनपुरमा उठेको त्यो आवाज 
देशैभरि फैलिदै गा’छ अब त
बलात्कारी हत्याराको अन्त्य गर्न मनपरि
आन्दोलनको राँको बालौँ अब देशभरि

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
खुशी छैन मन
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal