२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
सङ्घीयता खारेजीको विकल्प छैन ः के.सी.
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व सांसद चित्र बहादुर केसीले सङ्घीयता खारेजीको विकल्प नभएको बताउनु भएको छ । अध्यक्ष केसीले भन्नु भयो– “ढिलोचाँडो सङ्घीयताबाट फर्कनै पर्दछ, नत्र देशै रहन्न ।”
राजमो काठमाडौँको पाँचौँ जिल्ला सम्मेलनमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै २०७५ भदौ २३ गते केसीले भन्नु भयो– “विश्वमा सङ्घीयतामा गएका कैयौँ देशहरू यो शासन प्रणालीबाट फर्किएका छन्, हामी पनि धेरै नबित्दै सङ्घीयताबाट फर्कनु पर्दछ ।” सङ्घीयता जनताको माग नभएको स्मरण गर्दै नेता केसीले २०६३ सालको अन्तरिम संविधानमा चोरदुलोबाट सङ्घीयता ल्याइएकोतर्फ जनतालाई ध्यानाकर्षण गराउनु भयो । “सङ्घीयताले छिट्टै रङ देखाउन थाल्यो” अध्यक्ष केसीले भन्नु भयो– “अहिलेसम्म दुई वटा वाहेक अरू प्रदेशको राजधानी र नाम नै तोक्न सकिएको छैन । नेताहरूको भ्रष्टहरूसँग नै मितेरी छ । त्यसकारण गलत गर्नेलाई पनि कार्वाही हुन्न ।” “नाम पर्‍यो सुब्बेनी के खाएर उभ्भिनी ?” केसीले महङ्गी ढाड सेक्नेगरी बढेको बताउँदै सागको एउटा सानो मुठा समेत किनेर खान नसकिने स्थिति आएको बताउनु भयो ।
सङ्घीयताले गर्दा देशका शासकहरू “बल्ल पर्‍यो माकुरी जालैमा” भने जस्तो भएको उहाँको दावी थियो । तीन तहको शासन सञ्चालन गर्न करवृद्धि गर्नु परेको बताउँदै उहाँले डोकोमा साग बेचेर खानेहरूमाथि समेत कर लगाउँदा जनजीवन कष्टकर रहेको बताउनु भयो । “त्यसै त नेपाली जनताले भोगेका उत्पीडन बिसको उन्निस भएका छैनन्, भ्रष्टाचार, महङ्गी, लुटपाट, हत्या, हिंसा उस्तै छ” अध्यक्ष केसीले भन्नु भयो– “त्यसमाथि सङ्घीयताले गर्दा नेपाली जनतालाई काटेको घाउमा नुनचुक छर्किए जस्तो भएको छ ।”
सङ्घीयताको पक्षमा अहिले कोही नभएको बताउँदै उहाँले अगाडि भन्नु भयो– “जसले सङ्घीयता बोकिरहेका छन्, उनीहरूकै मनमा पनि जौँतिल पाकिरहेको छ” उहाँले मधेशवादीहरू वाहेक अरूमा सङ्घीयताप्रति विमति रहेको बताउनु भयो । सङ्घीयतालाई जबरजस्ती टिकाउनै लागि अर्थमन्त्रीले विश्व बैङ्कसित चारगुना सहयोग बढाउन याचना गरिरहेको पनि केसीले जानकारी दिनु भयो । “स्थिति यस्तो आइसकेको छ, कसैले पनि म सङ्घीयताको पक्षपाती हुँ भनेर सार्वजनिक रूपमा घोषणा गर्न सक्दैन” उहाँले भन्नु भयो । 
राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै सङ्घीयताको विरोध गरेको बताउँदै उहाँले त्यस क्रममा आफ्नो सङ्गठनले जोखिम मोलेको बताउनु भयो । सङ्घीयताको विरोध गर्दा राजमोले धम्कीदेखि प्रलोभनसम्म ब्यहोरेको उहाँले सम्झनु भयो । “अरूले देशलाई टुक्रिने गरी सङ्घीयता बोक्न हुने, हामीले विरोध गर्न नहुने ?” उहाँले प्रश्न गर्नु भयो ।
नेपालको इतिहासमा नै पहिलो पाटक वामपक्षीय सरकार गठन भएकोमा हर्ष व्यक्त गर्नु पर्ने भए पनि सरकारको कामले जनतामा निराशा छाएको बताउनु भयो । “समाजवाद उन्मुख नीति पुँजीवादी व्यवस्थाभित्रको प्रगतिशील सुधार हो” संविधानमा नै नेपाललाई समाजवाद उन्मुख देश भनिएकोबारेमा उहाँले अगाडि भन्नु भयो– “यो सरकारले केही गर्ला भन्ने हामीले आशा गरेका छौँ, त्यो आशा हामीले मारेका छैनौँ ।” उहाँले वर्तमान वामपक्षीय सरकारलाई देशी–विदेशी शक्तिहरू असफल पार्न लागिपरेको बताउनु भयो । “हँसिया–हथौँडा बोकेको सरकारलाई असफल पार्न देशी–विदेशी शक्तिहरू लागिपरेका छन्” उहाँले यस्तो चुनौतीपूर्ण अवस्थामा सरकार रहेको उल्लेख गर्दै जनतासितको व्यवहार सच्चाएर अगाडि बढ्न आग्रह गर्नु भयो । “काङ्ग्रेसले जोखना हेरिरहेको छ” सरकारलाई सचेत बनाउँदै अध्यक्ष केसीले जनअपेक्षा अनुरूप काम गर्न ओली सरकारलाई उहाँको सुझाव दिनु भयो ।
अध्यक्ष केसीले राजधानीको सङ्गठनको धेरै नै महत्व रहेको बताउनु भयो । राजधानीमा सङ्गठन सशक्त हुँदा त्यसको सन्देश देशव्यापी जाने पनि उहाँले बताउनु भयो । “गतकाल काठमाडौँका सङ्गठनहरू पार्टीको विरुद्ध जाने गरेका छन्” अध्यक्ष केसीले अगाडि भन्नु भयो– “तर अहिले त्यो अवस्था छैन ।” उहाँले पहिलेको तुलनामा अहिले राजधानीमा राजमोको सङ्गठन मजबुत भएको बताउनु भयो । 
राजधानीको नेपाल प्रज्ञा–प्रतिष्ठानको कक्षमा राजमो केन्द्रीय सदस्य लाल बहादुर थापाको अध्यक्षता तथा सम्मेलन तयारी समितिका संयोजक समिर सिंहको सञ्चालनमा अगाडि बढेको उक्त सम्मेलनको उद्घाटन अध्यक्ष केसीले गर्नु भएको थियो । राजमो काठमाडौँका जगत रेग्मी र रक्तिम परिवारको स्वागत सहित अगाडि बढेको सम्मेलनमा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव भक्त विक, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कमला पौडेल, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) काठमाडौँका अध्यक्ष धर्म सिमाली, अखिल (छैठौँ) का केन्द्रीय सदस्य निश्चल क्षेत्री, राजमो ३ नं. प्रदेशका सदस्य आनन्द शर्मा, अखिल नेपाल बुद्धिजीवी सङ्घ काठमाडौँका सुनिल आचार्य, प्रगतिशील पत्रकार सङ्घ काठमाडौँका संयोजक प्रकाश थापा मगर र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य हेमराज पुनले शुभकामना दिनु भएको थियो ।
उद्घाटन समारोहमा राजमोका केन्द्रीय कोषाध्यक्ष ओम बहादुर केसी, केन्द्रीय कार्यालयका सचिव घनश्याम न्यौपाने, वामपन्थी नेता कृष्ण पौडेल, राजमो नेता गोविन्द सिंह थापा, कृष्ण अधिकारी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी, अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष रेशम कँडेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय कोषाध्यक्ष लीला बहादुर जिसी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका आर.बी. फुँयाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाही, अखिल नेपाल किसान सङ्घका शिवहरि खनाल, प्रगतिशील पत्रकार सङ्घका महासचिव उदय जिएम, अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष पदम रोका र कतार नेपाली एकता समाजका दावा लामाको समेत आतिथ्यता रहेको थियो ।
सोही दिन बन्दशत्रले १७ सदस्यीय राजमोको जिल्ला समिति चयन गरेको छ । निर्वाचित समितिको अध्यक्षमा झविन्द्र बेलबासे, उपाध्यक्षमा राजेन्द्र पुडासैनी, सचिवमा जगत प्रसाद रेग्मी, सहसचिवमा ऋतु केसी र कोषाध्यक्ष्य मुक्त बहादुर केसी रहनु भएको छ । त्यस्तै सदस्यहरूमा लक्ष्मी केसी, अमर बहादुर पौडेल, कृष्ण बहादुर घले, छवि खनाल, लक्ष्मी राई, प्रेम मोक्तान, रमा शर्मा, विनोद फुयाल, रोशन दानी, यमलाल खनाल, कल्याणी श्रेष्ठ र माया खनाल रहनु भएको छ । सम्मेलनले रमेश पौडेल, लाल बहादुर थापा, लक्ष्मणदेव पाण्डे, रामबाबु फुयाल दिवाकर सुवेदी र भोजेन्द्र जिसीलाई सल्लाहकारमा चयन गरेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
मुख्यमन्त्री बैठकबाट सङ्घीयता असफल भएको पुष्टि
विष्टमाथि कुटपिटको राजमोद्वारा भत्र्सना
१ नंं प्रदेशमा संयुक्त सङ्गठनात्मक अभियान
समताले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
सङ्घीयता नै करवृद्धिको कारक ः सिंह
करवृद्धिको विरोधमा घेराउ
नीतिगत भ्रष्टाचार मुलुक आक्रान्त ः पौडेल
राजमोमा प्रवेश
राजमोद्वारा राहत वितरण
समाचारहरु
प्रधानमन्त्रीलाई जातीय समता समाजको ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal