२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राजमोमा प्रवेश
बागलुङ । बागलुङमा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरूको लहर चलेको छ । राजमोले लिएको नीति तथा सिद्धान्तले नै जनताले वास्तविक समस्या समाधान हुने देखेर नै आफूहरू राजमोमा प्रवेश गरेको नव प्रवेशीहरूले बताएका छन् । पैयुँपाटामा २०७५ भाद्र २१ गते सम्पन्न राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका वडा नं. १३ को वडा भेलाका क्रममा नव प्रवेशीहरूलाई राजमो जिल्ला अध्यक्ष अमर थापा लगायत नेताहरूले स्वागत गर्नु भएको थियो ।
सो अवसरमा नेकपा र नेपाली काङ्ग्रेस परित्याग गरी मिलन भट्ट, हरि शर्मा भट्ट, ऋषिराम लामिछाने, सीता लामिछाने, सविता लामिछाने, अर्जुन जिसी, लक्ष्मी जिसी लगायत राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको थियो । नव प्रवेशीहरूलाई राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अबिर र फूलमालाले स्वागत गर्नुका साथै पार्टीको सदस्यता वितरण गर्नु भएको हो ।
वडा भेलाले भैर बहादुर रोकाको अध्यक्षतामा १३ सदस्यीय राजमो पैयुपाटा वडा समिति गठन गरेको छ, जसको उपाध्यक्षमा दन्तकली रोका, सचिवमा प्रेम बहादुर रोका, सहसचिवमा मिलन भट्ट र कोषाध्यक्षमा निर्मला रोका रहनु भएको छ । सदस्यहरूमा कमला क्षेत्री, ओम प्रकाश पौडेल मकर, तोयानाथ रेग्मी, तिलक बहादुर रोका, धनराज रिजाल, केदार पौडेल, तिलक बहादुर रोका, कृष्ण लामिछाने रहनु भएको छ । 
भेलाको उद्घाटन गर्दै राजमो बागलुङका अध्यक्ष अमर थापाले सङ्घीयताको कारण जनताले दुःख पाएको बताउनु भयो । करवृद्धि र सरकारको बजार नियन्त्रण नीति फितलो भएका कारणले महङ्गी तीव्र गतिमा वृद्धि भएको बताउँदै सङ्घीय व्यवस्था टिकाउनका लागि जनताले अनावश्यक कर सरकारलाई बुझाउन नसक्ने भएकाले सङ्घीयता खारेजी हुनु पर्नेमा जोड दिनु भयो । 
भेलामा बागलुङ नगर सभा सदस्य लोकनाथ शर्मा, राजमो बागलुङ नगर अध्यक्ष तथा जिल्ला सदस्य थानेश्वर सुवेदी, नगर कोषाध्यक्ष आशा रोकाले शुभकामना मन्तव्य दिनु भएको थियो । भेलाको अध्यक्षता भैर बहादुर रोका, सञ्चालन प्रेम रोका र स्वागत कृष्ण लामिछानेले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
मुख्यमन्त्री बैठकबाट सङ्घीयता असफल भएको पुष्टि
विष्टमाथि कुटपिटको राजमोद्वारा भत्र्सना
१ नंं प्रदेशमा संयुक्त सङ्गठनात्मक अभियान
समताले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
सङ्घीयता नै करवृद्धिको कारक ः सिंह
करवृद्धिको विरोधमा घेराउ
नीतिगत भ्रष्टाचार मुलुक आक्रान्त ः पौडेल
सङ्घीयता खारेजीको विकल्प छैन ः के.सी.
राजमोद्वारा राहत वितरण
समाचारहरु
प्रधानमन्त्रीलाई जातीय समता समाजको ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal