२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
करवृद्धिको विरोधमा घेराउ
धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीले स्थानीय तहले जनताको ढाड सेक्नेगरी करवृद्धि गरेको भन्दै विरोध जनाएको छ । राजमोले अनावश्यक करवृद्धि गर्ने स्थानीय तह घेराउ गर्न थालेको छ । राजमोको अभियानलाई स्थानीय जनताले समेत साथ दिएका छन् । 
सोही सिलसिलामा २०७५ भाद्र २० गतेका दिन कैलालीको जानकी गाउँपालिका घेराउ गरिएको थियो । राजमोका सयौँ नेता कार्यकर्ता सहित उपस्थित स्थानीय जनताले गाउँपालिकाको कर आतङ्क विरुद्ध नारावाजी समेत गरेको थिए । 
घेराउपछि आयोजित सभालाई राजमोका जिल्ला अध्यक्ष लक्षिराम आचार्यले सम्बोधन गर्दै सङ्घीयताका कारण अनावश्यक करवृद्धि गरिएको भन्दै सङ्घीयताका कारण जनताको ढाड सेक्नेगरी कर बढाइएको धारणा राख्नु भएको थियो । आचार्यले अहिले करवृद्धि विरुद्ध गाउँपालिका घेराउ गरिए पनि आन्दोलन सङ्घीयता खारेज नभएसम्म जारी रहने चेतावनी दिनु भयो । सभामा राजमो कैलाली जिल्ला कोषाध्यक्ष मिलन शाही र सदस्य रामकृष्ण रेग्मी लगायतका नेताहरूले सम्बोधन गर्नु भएको थियो । 
कपिलवस्तु ः 
सङ्घीयता र करवृद्धिको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले कपिलवस्तुमा विरोध सभा, जुलुश लगायतका कार्यक्रम गरेको छ । राजमोले भाद्र २२ गते ४ नम्बर जितपुरमा विरोध जुलुस तथा सभा सम्पन्न गरेको हो ।
विरोध सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ का प्रदेश सदस्य हिमलाल वाग्लेले सङ्घीयता धान्नका लागि जनताको ढाड सेक्नेगरी सरकारले चर्को कर लगाएको बताउँदै सङ्घीयता खारेज नभए मुलुक अप्ठ्यारोमा पर्ने बताउनु भयो । सभामा राजमो बाणगङ्गा नगर अध्यक्ष डबल सिंह जिसी, अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष मीना पोख्रेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केयर सिंह अदै, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे लगायतले सम्बोधन गर्नु भएको थियो । 
राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षता, जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेको स्वागत र प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य माधव भाट क्षेत्रीले सभाको सञ्चालन गर्नु भएको थियो ।
दाङ ः
राष्ट्रिय जनमोर्चा तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा भाद्र २५ गते सङ्घीयता खारेज गर चर्को करवृद्धि फिर्ता गर भन्ने मूल नाराका साथ कोणसभा सम्पन्न भएको छ । सभामा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कमला जिसी, जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा (मसाल) दाङ जिल्ला प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा नगर अध्यक्ष श्यामलाल पोख्रेल लगायतका नेताहरूले सङ्घीयताकै कारण जनताको ढाड सेक्ने गरी करवृद्धि भएको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन राजमो जिल्ला सहसचिव ऋषिराम पौडेलले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
मुख्यमन्त्री बैठकबाट सङ्घीयता असफल भएको पुष्टि
विष्टमाथि कुटपिटको राजमोद्वारा भत्र्सना
१ नंं प्रदेशमा संयुक्त सङ्गठनात्मक अभियान
समताले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
सङ्घीयता नै करवृद्धिको कारक ः सिंह
नीतिगत भ्रष्टाचार मुलुक आक्रान्त ः पौडेल
राजमोमा प्रवेश
सङ्घीयता खारेजीको विकल्प छैन ः के.सी.
राजमोद्वारा राहत वितरण
समाचारहरु
प्रधानमन्त्रीलाई जातीय समता समाजको ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal