२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
सङ्घीयता नै करवृद्धिको कारक ः सिंह
सन्धिखर्क । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले सङ्घीय संरचनाको कारण मुलुकमा करवृद्धि भएको बताउनु भएको छ । सङ्घीय व्यवस्था घोषणा गरेको सरकारले प्रदेश र स्थानीय तहको बजेट कटौती गरेकै कारण करवृद्धि भएको उहाँको भनाइ रहेको छ । कार्यकर्ता भेटघाटको सिलसिलामा २०७५ भाद्र २२ गते सदरमुकाम सन्धिखर्कमा एक आर्यक्रमबीच महामन्त्री सिंहले कार्यकर्तालाई प्रशिक्षण दिदै यस्तो बताउनु भएको हो ।
देशभित्रका दक्षिणपन्थी, मधेशवादी र राजावादीहरूले संविधान असफल पार्ने खेल खेलिरहेको भन्दै महामन्त्री सिंहले यसबाट बच्नका निम्ति संविधानमा उल्लेखित सङ्घीयता खारेज गर्नु पर्ने बताउनु भयो । सङ्घीयताले विकासमा बाधा ल्याउने र वर्तमान समयमा करवृद्धिका कारण जनता सङ्घीयता विरुद्ध स्वतःस्फूर्त रूपमा सडकमा आउने बताउँदै यतिबेला आफ्नो पार्टी आठौँ महाधिवेशनमा केन्द्रित रहेकाले जिल्लाहरूमा सङ्घीयता विरोधी कार्यहरू गर्दै आएको पनि जानकारी दिनु भयो ।
वर्तमान सरकारले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै सिंहले सरकारको आलोचना समेत गर्नु भयो । उहाँले वर्तमान सरकारले आफ्नो वाचा पुरा गर्न नसकेकोले विश्वास गुमाउँदै गएको भन्दै तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुनु राम्रो भए पनि उनीहरू माक्र्सवादी सिद्धान्तबाट विचलित भएको बताउनु भयो । – श्याम घिमिरे

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
मुख्यमन्त्री बैठकबाट सङ्घीयता असफल भएको पुष्टि
विष्टमाथि कुटपिटको राजमोद्वारा भत्र्सना
१ नंं प्रदेशमा संयुक्त सङ्गठनात्मक अभियान
समताले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
करवृद्धिको विरोधमा घेराउ
नीतिगत भ्रष्टाचार मुलुक आक्रान्त ः पौडेल
राजमोमा प्रवेश
सङ्घीयता खारेजीको विकल्प छैन ः के.सी.
राजमोद्वारा राहत वितरण
समाचारहरु
प्रधानमन्त्रीलाई जातीय समता समाजको ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal