२०७५ मंसिर ५ गते, बुधबार   वर्ष ३६, अङ्क २
मिति(२०७५ म‌सिर ६, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
समताले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
काठमाडौँ । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको एक दशक पुगिसक्दा पनि दलित समुदायमाथिको भेदभाव, छुवाछूत, ज्यादती, उत्पीडन र शोषण कतिपय स्थानमा पञ्चायत कालीन समाजमा जस्तो व्यवहार देखा परेको भन्दै जातीय समता समाजले देशभरिबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । समाजको केन्द्रीय निर्णय अनुसार जिल्ला समितिहरूले २०७५ भदौ २४ गते सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।
समाजमा देखिने यस प्रकारका व्यवहारका कारण दलित समुदायले देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको अनुभूति प्राप्त गर्न नसकिरहेको निष्कर्ष सहित बुझाएको ज्ञापनमा जातीय भेदभाव तथा छुवाछूत समाप्त पारिनु पर्ने, वास्तविक भूमिहीन दलितलाई भूमि वितरण गरिनु पर्ने र सङ्घ, प्रदेश र स्थानीय तहको व्यवस्थापिकामा समानुपातिकतर्फ अतिरिक्त क्रमशः ३, ५ र १० प्रतिशत थप क्षतिपूर्ति वापत प्रतिनिधित्व लगायतका विषयहरू समेटिएको छ ।
दाङमा जिल्ला अध्यक्ष टिका बहादुर विकको नेतृत्वमा नौ सदस्यीय प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । प्रतिनिधि मण्डलमा केन्द्रीय सचिव चन्द्र बहादुर नेपाली, जिल्ला सचिव बलदेव विश्वकर्मा, जिल्ला सदस्य कृष्ण विश्वकर्मा, बुद्ध राम्जाली, पूर्व केन्द्रीय सदस्य दुर्गा तिरुवा, जिल्ला सदस्य छवि विक, पोषण नेपाली र राजमो दाङका अध्यक्ष गणेश आचार्य सहभागी हुनु हुन्थ्यो ।
कञ्चनपुरमा महासचिव गोविन्द विकको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको थियो । महासचिव विक नेतृत्वको प्रतिनिधि मण्डलमा राजमोका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, समाजको जिल्ला संयोजक निरू पाल, समाजको ७ नं. प्रदेशका सहसचिव मञ्जु परियार, राजमो जिल्ला समितिका लाल बहादुर कुँवर, वामपन्थी बुद्धिजीवी जनक कुँवर, समाजका जिल्ला सदस्य महेश नागरी, राजमोका कुवेरनाथ र राजमोका जिल्ला सचिव राम बहादुर कार्कीको सहभागिता थियो ।
प्युठानमा गोपाल नेपालीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ । प्रतिनिधि मण्डलमा शमसेर परियार, सूर्य नेपाली, सन्त बहादुर, नेपाली, चन्द्र बहादुर नेपाली, सुकमेला परियार, शमसेर नेपाली, अर्जुन विक र हुमलाल नेपाली लगायत हुनु हुन्थ्यो ।
अर्घाखाँचीमा जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको नेतृत्वमा ज्ञापन बुझाइएको छ । सो प्रतिनिधि मण्डलमा जिल्ला उपाध्यक्ष चेत बहादुर विक, जिल्ला सदस्य बन्दु नेपाली, जिल्ला सल्लाहकार पिताम्बर सुनार, कर्ण बहादुर परियार, जिल्ला सदस्य तारा नेपाली र पूर्व जिल्ला सचिव ठाकुर पन्थी सुनार सामेल हुनु हुन्थ्यो ।
कैलालीमा केन्द्रीय सदस्य शेर बहादुर विकको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको थियो । प्रतिनिधि मण्डलमा राजमोका केन्द्रीय सदस्य नन्दराज भट्ट, समताका जिल्ला सचिव कृष्ण विक, केन्द्रीय सल्लाहकार विक्रम विक लगायत हुनु हुन्थ्यो । 
सुर्खेतमा केन्द्रीय सल्लाहकार राकेश बस्यालको नेतृत्वमा जिल्ला अध्यक्ष लाल बहादुर नेपाली तथा राजमोका चन्द्र बहादुर नेपाली र रत्न विक सहितको प्रतिनिधि मण्डलले ज्ञापन बुझाएको थियो ।
कास्कीमा जातीय समता समाजले कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । समाजका जिल्ला सचिव होम बहादुर सुनारको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको टोलीले दलित उत्पीडन तथा महिला बलात्कार र हत्याका घटनाजस्ता जघन्य अपराध विरुद्ध केन्द्रीय कार्यालयको निर्देशन अनुसार ज्ञापन पत्र बुझाएको हो ।
कपिलवस्तुमा समता समाजका जिल्ला अध्यक्ष झक बहादुर विक सहितको एक प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
मुख्यमन्त्री बैठकबाट सङ्घीयता असफल भएको पुष्टि
विष्टमाथि कुटपिटको राजमोद्वारा भत्र्सना
१ नंं प्रदेशमा संयुक्त सङ्गठनात्मक अभियान
सङ्घीयता नै करवृद्धिको कारक ः सिंह
करवृद्धिको विरोधमा घेराउ
नीतिगत भ्रष्टाचार मुलुक आक्रान्त ः पौडेल
राजमोमा प्रवेश
सङ्घीयता खारेजीको विकल्प छैन ः के.सी.
राजमोद्वारा राहत वितरण
समाचारहरु
प्रधानमन्त्रीलाई जातीय समता समाजको ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal