२०७५ मंसिर ५ गते, बुधबार   वर्ष ३६, अङ्क २
मिति(२०७५ म‌सिर ६, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
१ नंं प्रदेशमा संयुक्त सङ्गठनात्मक अभियान
इटहरी । राष्ट्रिय जनमोर्चा, अखिल नेपाल युवक सङ्घ, अखिल (छैठौँ), अखिल नेपाल जनजाति सम्मेलन र अखिल नेपाल महिला सङ्घले १ नं. प्रदेशमा भदौ २३देखि असोज १५ गतेसम्म विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएका छन् । २०७५ भदौ २३ गते नेकपा (मसाल) निकट ती पाँच सङ्गठनहरूको संयुक्त भेलाले यस्तो निर्णय गरेको हो । 
ती पाँच सङ्गठनहरूको भदौ २३ गते इटहरीमा संयुक्त भेला सम्पन्न भएको थियो । राजमोका केन्द्रीय सचिव हिमलाल पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल (छैठौँ) का अध्यक्ष विमल पोखरेल, जनजाति सम्मेलनका केन्द्रीय सदस्य तुलमान राई र युवक सङ्घका उपाध्यक्ष मुकुन्द राज रोकाको समेत आतिथ्यता रहेको थियो । राजमो १ नं. प्रदेशका उपाध्यक्ष हरिकान्त शर्माको अध्यक्षतामा सम्पन्न सो बैठकमा राजमोका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी र अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य दिनेश थापाले मन्तव्य राख्नु भएको थियो ।
बैठकमा राजमोका केन्द्रीय सचिव हिमलाल पुरीले असोज १५ गतेसम्मका लागि विशेष सङ्गठनात्मक अभियानको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा १ नं. प्रदेशका आठ वटा जिल्लामा पाँच वटै सङ्गठनको संयुक्त सङ्गठनात्मक योजना बनाइएको राजमोका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारीले हाँकलाई बताउनु भयो ।
कार्ययोजना अनुसार झापा जिल्लामा राजमो र महिला सङ्घको जिल्ला समितिको भेला आयोजना गरिने छ भने युवक सङ्घ जिल्लाको बैठक बसिने भएको छ । अखिल (छैठौँ) ले आगामी एक्काइसौँ राष्ट्रिय सम्मेलनलाई मद्दत पुग्ने गरी प्रचार प्रसार गर्ने, स्थानीय विद्यालयमा समिति निर्माण गरी जिल्ला सम्मेलन गर्ने योजना बनाइएको छ । उक्त कार्य सम्पन्न गर्न योगेन्द्र ढकाल, हरिकान्त शर्मा, अविनाश भण्डारी, पुरुषोत्तम काफ्ले, राधा ढकाल र कमला तामाङलाई जिम्मा दिइएको छ । 
मोरङमा राजमो, युवक सङ्घ र महिला सङ्घको जिल्ला भेला तथा बैठक राख्ने निर्णय भएको बताइएको छ । जिल्लामा अखिल (छैठौँ) ले स्थानीय विद्यालयमा समिति निर्माण गर्दै राष्ट्रिय सम्मेलनको प्रचार प्रसार व्यापक पार्नेछ । जिल्लामा यी काम सम्पन्न गर्न सुरेन्द्र भण्डारी, विमल पौडेल, शिव फुयाँल, टङ्क गौतम, राज कुमार सम्बाहाम्फे, कल्पना आचार्य र अभिषेक कार्कीलाई जिम्मा दिइएको छ ।
इलाममा राजमो, जनजाति सम्मेलन र युवक सङ्घको जिल्ला समितिको बैठक गरिने भएको छ भने अखिल (छैठौँ) को जिल्ला सम्मेलन हुने भएको छ । त्यसको जिम्मा हरिकान्त शर्मालाई दिइएको छ ।
सुनसरीमा राजमो, युवक सङ्घ र महिला सङ्घको भेला तथा बैठक बस्ने निर्णय कार्ययोजनामा छ । त्यस्तै, अखिल (छैठौँ) को जिल्ला सम्मेलन गरिने भएको छ । त्यसका लागि बालकृष्ण सुवेदी, ईश्वरी सुवेदी, लक्ष्मीकान्त ओझा, विशाल पहाडी, मुक्ति सुवेदी, विष्णु खवास, दिनेश कोइराला, अमृत पाण्डे, विशाल तामाङ र विन बहादुर खड्कालाई जिम्मा दिइएको छ ।
धनकुटामा महिला सङ्घ, अखिल (छैठौँ) र राजमोका बैठक तथा भेला सम्पन्न गरिने भएको छ । सो कार्य सम्पन्न गर्नका लागि तुलमान राई, हरिकान्त शर्मा, कोपिला शङ्कर र आशिष शङ्करलाई जिम्मा दिइएको छ ।
उदयपुरको कटारी र त्रियुगा नगरपालिकामा राजमो, महिला सङ्घ, जनजाति सम्मेलन र अखिल (छैठौँ) को सदस्यता वितरण, समिति गठन, पुनर्गठनको कार्ययोजना बनाइएको छ । त्यसका लागि निल कुमार राई, तिलक मान विक, दिपेन्द्र गौतम, मोहन श्रेष्ठ र पूर्ण सिंजाली मगरलाई जिम्मा दिइएको छ ।
तेह्रथुममा अखिल (छैठांै), युवक सङ्घ र राजमोको बैठक तथा भेला सम्पन्न गर्ने जिम्मा दिनेश थापालाई दिइएको कार्ययोजनामा उल्लेख छ । त्यस्तै, सङ्खुवासभामा सङ्गठनात्मक अभियान सञ्चालन गर्ने जिम्मा हेम कुमार गुरुङलाई दिइएको छ ।
राजमो १ नं. प्रदेशका उपाध्यक्ष हरिकान्त शर्माका अनुसार आवश्यकता अनुसार सङ्गठनात्मक अभियानमा लाग्न हरिलाल अधिकारी, धर्मराज बस्नेत, राजु राई, सागर बस्नेत, डम्बर खड्का, रोशन राई, नविन पाण्डे, हर्क लावती, आसमा मगरलाई जिम्मा दिइएको छ । सङ्गठनात्मक अभियानको मूल्याङ्कन, अनुगमन केन्द्रीय प्रतिनिधिहरूले गर्ने पनि शर्माको भनाइ छ ।
यसैबीच, राजमो १ नं. प्रदेशले भदौ र असोजमा करवृद्धि र सङ्घीयताको विरोधमा सभा गर्ने तथा अखिल (छैठौँ) को एक्काइसौँ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा सङ्गठनात्मक अभियान सामेल सदस्यलाई उपस्थित गराउने गरी काम भइरहेको बताइएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
मुख्यमन्त्री बैठकबाट सङ्घीयता असफल भएको पुष्टि
विष्टमाथि कुटपिटको राजमोद्वारा भत्र्सना
समताले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
सङ्घीयता नै करवृद्धिको कारक ः सिंह
करवृद्धिको विरोधमा घेराउ
नीतिगत भ्रष्टाचार मुलुक आक्रान्त ः पौडेल
राजमोमा प्रवेश
सङ्घीयता खारेजीको विकल्प छैन ः के.सी.
राजमोद्वारा राहत वितरण
समाचारहरु
प्रधानमन्त्रीलाई जातीय समता समाजको ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal