२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
काठमाडौँ । नेपालको जनतान्त्रिक तथा विद्यार्थी आन्दोलनमा विशिष्ट स्थान बनाउन सफल अखिल (छैठौँ) यतिबेला एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा छ । अखिल (छैठौँ) का नेताहरू यतिबेला एक्काइसौँ राष्ट्रिय सम्मेलनको प्रचार प्रसारमा जिल्ला दौडाहामा निस्किएका छन् । “शैक्षिक निजीकरण, उदारीकरण र सङ्घीयता विरुद्ध हाम्रो आन्दोलन, जनवादी शिक्षा र राष्ट्रियताका रक्षाका लागि एक्काइसौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा २०७५ आश्विन २६देखि २८सम्म आयोजना गरिएको सो सम्मेलनको अहिले देशव्यापी रूपमा प्रचार प्रसार तीव्र गतिमा अगाडि बढिरहेको छ । एक्काइसौँ राष्ट्रिय सम्मेलनको प्रचार प्रसारसँगै अखिल (छैठौँ) ले जिल्ला भेला तथा सम्मेलनहरू पनि धमाधम सम्पन्न भइरहेका छन् ।
बागलुङमा तेइसौँ जिल्ला सम्मेलन 
बागलुङ बजार । क्रान्तिकारी विद्यार्थी आन्दोलनको नायक सङ्गठनका रूपमा परिचित अखिल (छैठौँ) ले नेपाली कम्युनिस्ट आन्दोलनको उर्जाभूमि मानिने बागलुङमा तेइसौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
अखिल (छैठौँ) का महासचिव भिमलाल पोख्रेलको प्रमुख आतिथ्यता र राजमोका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाको विशिष्ट आतिथ्यतामा जिल्लाको गल्कोट काँढेवासस्थित शिव माविमा २०७५ आश्विन ११देखि १२ गतेसम्म चलेको सम्मेलनले शिव चालिसेको अध्यक्षतामा १५ पूर्ण र चार वैकल्पिक गरी १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा कृष्ण थापा, सचिवमा इन्द्रमणि पाण्डे, सहसचिवमा बिमा कुमारी जोल्मी र कोषाध्यक्ष मनिष कँडेल रहनु भएको छ । समितिको पूर्ण सदस्यहरूमा शर्मिला श्रीस, दिपेन्द्र शर्मा, नवराज शर्मा, आशिष गुरुङ, मोहन चन्द, खिमा पुन, सन्तोष शर्मा, साधना राना, कृष्ण थापा र हिरा बहादुर दर्लामी रहनु भएको छ । समितिको वैकल्पिक सदस्यहरूमा कर्ण विक, मनिषा सोनाम, सङ्गिता कुँवर र जीत बस्नेत रहनु भएको छ । सम्मेलनले दिलिप बुढाथोकी, गीता सापकोटा र कृष्ण चोखाललाई समितिको सल्लाहकारमा चयन गरेको छ । यस्तै, लक्ष्मी प्रसाद शर्माको संयोजकत्वमा ३३ सदस्सीय जिल्ला सङ्गठक समिति पनि सो सम्मेलनले गठन गरेको छ । 
सम्मेलनको उद्घाटन गर्दै अखिल (छैठौँ) का महासचिव तथा कार्यक्रमका प्रमुख अतिथि भिमलाल पोख्रेलले संसारमै प्रगतिशील भनिएको कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालमा दुई–तिहाइ बहुमत सहितको सरकार भए पनि विद्यार्थीहरूको हक–हितका पक्षमा कुनै काम गर्न नसकेको बताउनु भयो । “हिजो वाम विद्यार्थी आन्दोलनमा वैज्ञानिक र व्यावहारिक शिक्षाको नारा सहित संयुक्त आन्दोलनमा रहेका विद्यार्थी नेता सरकारमा छन् । तर मुलुकको शिक्षा नीति र पद्धति अझै अवैज्ञानिक अव्यावहरिक र असक्षम नागरिक उत्पादनतर्फ केन्द्रित छ” उहाँले भन्नु भयो– “बुर्जुवा शिक्षा नै लागु गर्न कम्युनिस्टहरू सरकारमा जानु पर्दैन, यो त लाजमर्दो कुरा भयो ।” प्रमुख अतिथि पोखरेलले “संयुक्त वाम विद्यार्थी आन्दोलनका सहपाठी मन्त्री सांसद हुँदा यस्तो हालत किन भयो भनी सरकार प्रतिप्रश्न गर्नु भएको थियो । महासचिव पोखरेलले देशको वस्तुगत अवस्थासँग मतलव नराख्ने वर्तमान सरकार नेतृत्व जनताको होइन, नेता व्यवस्थापनका लागि सङ्घीयता जनतामा लादेको बताउनु भयो ।
सम्मेलनका विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गानाले सङ्घीय व्यवस्था नेता व्यवस्थापनका लागि प्रयोगमा ल्याइँदा जनताले दुःख पाएको बताउनु भयो । जनतामा अनावश्यक करको भारी बोकाएर सङ्घीयता ठिक छ भन्नु कम्युनिस्ट नामधारी राज्य सञ्चालकका लागि बदनाम सावित भएको ढुङ्गानाको भनाइ थियो । 
त्यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर बहादुर थापाले सरकारले जनताको जीवन उपयोगी कुनै पनि काम गर्न नसक्नु विडम्बना भएको बताउँदै वामपन्थी भनिने वर्तमान सरकारमा बुर्जुवा पार्टी काङ्ग्रेसभन्दा पनि तल झरेर सत्तालिप्त प्रवृत्ति हावी भएको बताउनु भयो । “हामीले कम्युनिस्ट पार्टी भनेर काङ्ग्रेसभन्दा केही प्रगतिशील सोचेका थियौँ” थापाले भन्नु भयो– दुई–तिहाइ बहुमत सहितको कम्युनिस्ट पार्टीको सरकारको यो हदसम्मको लज्जाजनक सरकार सञ्चालन होला भन्ने कल्पना समेत गरेका थिएनौँ ।”
कार्यक्रममा अखिल नेपाल युवक सङ्घ केन्द्रीय सल्लाहकार तिलक थापा, राजमो बागलुङका नेताहरू वेदीलाल सापकोटा, गौरिश्वर पाण्डे र टेक केसी, प्रगतिशील पत्रकार सङ्घ गण्डकी प्रदेश इन्चार्ज तारा प्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घ बागलुङ जिल्ला सदस्य प्रकाश छन्त्याल, युरोप नेपाली एकता समाजका सदस्य अनिल सुवेदी, यू.ए.ई. नेपाली एकता समाज पूर्व अध्यक्ष कृष्ण केसी, अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय प्रतिनिधि टिकाराम कँडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सम्मेलन उद्घाटन शत्रमा अखिल (छैठौँ) का जिल्ला अध्यक्ष शिव चालिसेको अध्यक्ष जिल्ला सदस्य मनिष कँडेलको स्वागत र जिल्ला उपाध्यक्ष दिलिप बुढाथोकीको सञ्चालन रहेको थियो । सम्मेलनको उद्घाटन सत्र अघि विशाल जुलुसले काठेवास क्षेत्र परिक्रमा गरेको थियो भने बन्दसत्रमा ३५० जना प्रतिनिधि पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
मोरङमा दोश्रो जिल्ला सम्मेलन
विराटनगर । अखिल (छैठौँ) मोरङको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । अखिल (छैठौँ) का मोरङ जिल्ला सम्मेलन आयोजक समितिका संयोजक अभिशेक कार्कीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको प्रमुख अतिथि (छैठौँ) का केन्द्रीय सदस्य उमेश कँडेल रहनु भएको थियो भने अतिथिहरूमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी, राजमो नेता हरिकान्त शर्मा, अखिल (छैठौँ) का केन्द्रीय सदस्य बबिन राई विवेक पाण्डे, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य शिव फुयाल, आशिष जवेगु, राजमो १ नम्बर प्रदेशका सचिव बालकृष्ण सुवेदी रहनु भएको थियो । 
अखिल (छैठौँ) प्रदेश सदस्य विशाल तामाङको स्वागत तथा प्रदेश अध्यक्ष देबेन्द्र पौडेलले गर्नु भएको थियो । प्रमुख अतिथि उमेश कँडेलले शुभकामना मन्तव्य दिदै समाजमा शोषण, दमन र अन्याय गर्ने पल्केका शासकहरूले अहिले पनि विद्यार्थीहरूलाई राजनीति गर्नु हुन्न भन्ने गरेको आरोप लागाउनु भयो । उहाँले देशका सम्पूर्ण विद्यार्थीहरूले राजनीति बुझ्न जरुरी रहेको र यसैले समाज परिवर्तन गर्न सहयोग पुर्‍याउने समेत बताउनु भयो ।
सम्मेलनले अभिशेक कार्कीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ, जसको उपाध्यक्षमा प्रदीप निरौला, सचिवमा विमला खड्का, सहसचिवमा सालु रिमाल र कोषाध्यक्षमा विपिन घिमिरे रहनु भएको छ । सदस्यहरूमा प्रकाश विक, सविना सुवेदी, सुमन अधिकारी, ज्योति घलान तामाङ, तेजु पौडेल, श्रेया राजवंशी र अभिशेक लिम्बु रहनु भएको छ । 
पाल्पामा पन्ध्रौँ जिल्ला सम्मेलन
तानसेन । अखिल छैठौँ पाल्पाको ऐतिहासिक पन्ध्रौँ जिल्ला सम्मेलन तानसेनको पाल्पामा २०७५ असोज १३ गते सम्पन भएको छ । सम्मेलनको उद्घाटन अखिल (छैठौँ) का महासचिव भिमलाल पोख्रेलले मैनबत्ती बालेर गर्नु भएको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि भिमलाल पोख्रेलले वर्तमान शिक्षा प्रणाली र यसमा लगानी गर्ने पुँजीवादी शैक्षिक माफियाको कारणले शैक्षिक बेरोजगारहरू उत्पादन भइरहेको र लाखौँलाख युवा–विद्यार्थीहरू विदेशिन बाध्य भएको भन्दै यसलाई परिवर्तन गरी जनवादी शिक्षाको विकल्प नरहेको बताउनु भयो ।
अखिल (छैठौँ) पाल्पाका जिल्ला अध्यक्ष पुरन पोख्रेलको अध्यक्षता र उपाध्यक्ष विमला सापकोटाको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा विशिष्ट अतिथि राजमोका केन्द्रीय सदस्य सोम कुमार कार्की, अखिल (छैठौँ) का केन्दीय सदस्य निश्चल क्षेत्री, दिलिप बुढाथोकी, राजमो जिल्ला अध्यक्ष विशाल दर्लामी, जनजाति सम्मेलनका तिलक गाहा लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
सम्मेलनले पुरन पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ, जसको उपाध्यक्षमा विमला सापकोटा, सचिवमा मनिष ठट्टराई, सहसचिवमा मीना श्रीनेत र कोषाध्यक्षमा गङ्गा विक रहनु भएको छ । सदस्यहरूमा अमृत शर्मा, ज्योति बाकाबल, भुपेन्द्र ठट्टराई र कोष बहादुर खाम्चा रहनु भएको छ । वैकल्पिक सदस्य अशोक पाण्डे, जानुका रेगामी, पार्वती गहतराज र उमा मल्ल रहनु भएको छ । सल्लाहकारमा तिला सिंजाली र सन्तोष भट्टराई रहनु भएको छ ।
दाङमा पन्ध्रौँ जिल्ला सम्मेलन
दाङ । अखिल (छैठौँ) दाङको पन्ध्रौँ जिल्ला सम्मेलन २०७५ असोज १३ गते सम्पन्न भएको छ । केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ का अध्यक्ष गोपाल प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
भट्टराईले शिक्षा क्षेत्र र विद्यार्थीहरूका समस्या अहिले पनि जस्ताको तस्तै रहनु दुःखद भएको बताउँनु भयो । उहाँले मुलुकमा दिन–प्रतिदिन बलात्कार, लैङ्गिक हिंसा, चोरी जस्ता अपराधिक गतिविधि हुनुमा बेरोजगारीले पनि साथ दिएको भन्दै यसको निराकरणका निम्ति देशको वुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरी व्यावहारिक र वैज्ञानिक शिक्षा लागु गर्नु पर्नेमा जोड दिनु भयो । अखिल छैठौँ दाङको पन्ध्रौँ जिल्ला सम्मेलनलाई घोराहीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
सम्मेलनले धुब्र बेल्वासेको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नव निर्वाचित अखिल (छैठौँ) दाङको उपाध्यक्षमा सरिता पुन, सचिवमा राज कुमार विक, सहसचिवमा राज कुमारी चौधरी र कोषाध्यक्षमा सृजना पन्थी चयन हुनु भएको छ । सदस्यहरूमा शर्मिला चौधरी, सीता विक, शुस्मा चौधरी, सपना बेल्बासे, लक्ष्मण विक, दिनेश रैदास, अनिसा पोख्रेल, युजना आचार्य, मधुकर पुन, पुरुषोत्तम शर्मा, विजय जिएम, मिरन पौडेल, गौतम चौधरी, आशा पौडेल, बबिता पोख्रेल र तृसन केसी रहनु भएको छ । त्यस्तै सल्लाहकारमा वसन्त आचार्य र राजेन्द्र चौधरी रहनु भएको छ । 
वसन्त आचार्यको अध्यक्षता, सरिता पुनको स्वागत मन्तव्य र धु्रव बेल्बासेको सञ्चालनमा सम्पन्न सम्मेलनमा राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य रेशम बिसी, राजमो दाङका अध्यक्ष गणेश आचार्य, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य यज्ञ बहादुर डाँगी, अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, जिल्ला अध्यक्ष चित्र एमसी, घोराही नगर अध्यक्ष डोर बहादुर केसी, अखिल (छैठौँ) केन्द्रीय सदस्य राजेन्द्र चौधरी, प्रदेश नं. ५ की सहसचिव खगेन्द्रा विष्ट लगायतले समितिलाई बधाइ दिनु भएको थियो ।
नवलपरासीमा सोह«ौँ सम्मेलन
सुनवल । अखिल (छैठौँ) ले नवलपरासी (सुस्ता पश्चिम) मा सोह«ौँ जिल्ला सम्मेलन सम्पन्न गरेको छ । राज्य पुनर्संरचनाको नयाँ सीमाङ्कनमा पहिलेको नवलपरासी जिल्ला दुई जिल्लामा विभाजित भएपछिको भने यो पहिलो जिल्ला सम्मेलन हो । अखिल (छैठौ) का केन्द्रीय सदस्य सुमन भण्डारीको प्रमुख आतिथ्यतामा २०७५ आश्नि १३ गते सुनवल नगरपालिका वडा नम्बर ४ मा सो सम्मेलन सम्पन्न भएको हो । 
 सम्मेलनले सागर सुवेदीको अध्यक्षतामा अखिल (छैठौँ) को नौ सदस्सीय नवलपरासी (सुस्ता पश्चिम) जिल्ला समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा शङ्कर थापा, सचिवमा सरिता लामिछाने, कोषाध्यक्षमा यम थापा र सहसचिवमा सन्तोष भट्टराई रहनु भएको छ । समितिका सदस्यहरूमा लक्ष्मी सापकोटा, विशाल नेपाली, विशाल रोका र प्रविण सापकोटा रहनु भएको छ । 
 सम्मेलनमा राजमो नवलपरासी (सुस्ता पश्चिम) का अध्यक्ष रेम राना र अखिल (छैठौँ) का केन्द्रीय सदस्य सुरेश आर्चायको विशिष्टि आतिथ्यता रहेको थियो । सागर सुवेदीको अध्यक्षता, सरिता लामिछानेको सञ्चालन र यम थापाको स्वागत मन्तव्यबाट अघि वढेको सो जिल्ला सम्मेलनको उद्घाटन प्रमुख अतिथि भण्डारीले मैनबत्ती बालेर गर्नु भएको थियो । सम्मेलनमा अखिल नेपाल युवक सङ्घका राष्ट्रिय परिषद सदस्य नारायण ज्ञवाली र अखिल नेपाल महिला सङ्घ नवलपरासी (सुस्ता पश्चिम) की अध्यक्ष सम्झना सुवेदीको समेत आतिथ्यता रहेको थियो । 
इलाममा प्रथम जिल्ला सम्मेलन
चुलाचुली । “सङ्घीयता, भ्रष्टाचार र शैक्षिक विकृतिका विरुद्ध हाम्रो आन्दोलन, जनवादी शिक्षा प्राप्तिका लागि प्रथम जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ अखिल (छैठौँ) को प्रथम इलाम जिल्ला सम्मेलन चुलाचुलीमा २०७५ असोज ६ गते सम्पन्न भएको छ ।
उद्घाटन सत्रमा आयोजक समितिका अध्यक्ष हर्क बहादुर लावतीको अध्यक्षता, (छैठौँ) का केन्द्रीय अध्यक्ष विमल पोख्रेलको प्रमुख आतिथ्यता, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी र अखिल (छैंठौँ) केन्द्रीय सदस्य बबिन राईको विशिष्ट आतिथ्यता रहेको सो सम्मेलनमा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य शिव फुयाल, इलाम जिल्ला सचिव बुद्वरानी लिम्बु, १ नम्बर प्रदेश सदस्य राज कुमार सम्बाहाम्फे, अखिल (छैठौँ) का केन्द्रीय सदस्य नबिन पाण्डे, उमेश कँडेल, १ नम्बर प्रदेशका अध्यक्ष देवेन्द्र पौडेल, पूर्व जिल्ला अध्यक्ष ब्रत कुमार राई र झापा जिल्ला अध्यक्ष आश्मा मगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सहसचिव आशिष लिम्बुले गर्नु भएको थियो । 
 जिल्लाभरिबाट ७० जना प्रतिनिधि, पर्यवेक्षक सहभागी सम्मेलनले बबिन राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रेया राई, सचिवमा सन बहादुर राई, सहसचिवमा रोशन लावती र कोषाध्यक्षमा सुनिता लिम्बु रहनु भएको छ । सदस्यहरूमा मिलन साम्बा, विश्व राई, हर्क मावो, मनिता देवान, सम्झना राई र सुनिता तामाङ रहनु भएको छ । 
 नव निर्वाचित अध्यक्षले समापन समारोहमा प्रतिबद्धता मन्तव्य राख्दै सङ्गठनको नियम, पद्धतिमा रहेर अखिल (छैठौँ) को आन्दोलनलाई थप उचाइमा पुर्‍याउन आफू र सम्पूर्ण टिम लाग्ने र समाजमा भएका विकृति, विसङ्गतिको अन्त्य गर्ने र शैक्षिक क्षेत्रमा देखिएको समस्यालाई अन्त्य गर्न अखिल (छैठौँ) इलाम सधैँ लागिपर्ने बताउनु भयो । 
बेथिती विरुद्ध छैठौँ सडकमा
बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) सरकारका पछिल्ला गतिविधिको विरोधस्वरूप सडकमा आएको छ । सरकारले जनताको ढाडै सेक्ने गरी मूल्यवृद्धि गरेको, चाडवाडका अगाडि भाडा वृद्धि गरेको, हत्या बलत्कार जस्ता घट्नामा सरकार मूकदर्शक बनेको भन्दै अखिल (छौठौ) आन्दोलनमा उत्रिएको हो । जनताको दुइ–तिहाइ बहुमत प्राप्त सरकार जनचाहना अनुरूप काम गर्नुको साटो जनअपेक्षा विपरीत काम गरेको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको अखिल (छैठौँ) ले जनाएको छ । 
यसैक्रममा अखिल (छैठौँ) जिल्ला समिति रूपन्देहीले २०७५ असोज १२ गते बुटवलमा विरोध सभा सहित भौतिक पूर्वाधार तथा यातयात मन्त्री रघुविर महासेठको राजिनामाको माग सहित पुत्ला दहन गरेको छ । बुटवल बसपार्कमा विरोध सभाको आयोजना गरी भाडावृद्धिको विरोधस्वरूप मन्त्री महासेठको पुत्ला दहन गरेको हो । 
सभामा अखिल (छैठौँ) का केन्द्रीय सदस्य सुमन भण्डारीले सस्तो लोकप्रियतामा रमाएको सरकारको भाडावृद्धि गरी आफ्नो वास्तविक रूप देखाएको बताउनु भयो । अखिल (छैठाँै) रूपन्देहीका अध्यक्ष सरोजमान सिंहले अब सरकारका गतिविधि देश र जनताको घात गर्ने खालका भएको भन्दै लगातार आन्दोनमा रहने बताउनु भयो । अखिल (छैठौँ) बुटवल बहुमखी क्याम्पसका अध्यक्ष तथा जिल्ला सल्लाहकार राजन पौडेलले खारेज गरेको भनिएका संस्थासँग झुक्ने सरकारसँग जनताले अब आश गर्ने अवस्था नरहेको बताउनु भयो ।
विरोध सभा अखिल (छैठौँ) रूपन्देहीका जिल्ला सचिव विनोद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
खड्का अपहरणको विरोध
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रियता बचाउन संयुक्त जनसभा
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
राजमो जैमिनीको सम्मेलन सम्पन्न
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
संक्षिप्त समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal