२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
संक्षिप्त समाचार
त्रिचन्द्रमा अखिल (छैठौँ) को भेला
काठमाडौँ । एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा रहेको अखिल (छैठौँ) ले नेपालको राजनैतिक इतिहासमा विशेष अर्थ र महत्व राख्ने काठमाडौँको त्रिचन्द्र व्याम्पसमा भेला सम्पन्न गरेको छ । छैठौँका केन्द्रीय उपाध्यक्ष रेशम कँडेलको प्रमुख आतिथ्यतामा २०७५ अश्विन १२ गते सो भेला सम्पन्न भएको थियो । 
 भेलाले वासु भण्डारीको अध्यक्षतामा अखिल (छैठौँ) को १५ सदस्यीय त्रिचन्द्र एकाइ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा खगेन्द्र कँडेल, सचिवमा वर्षा भण्डारी, सहसचिवमा दिपक कुमार झा र कोषाध्यक्षमा भूमिका रेउले रहनु भएको छ । समितिका सदस्यहरूमा भैरव रोका, विज्ञान क्षेत्री, दिव्या नेपाल, निरज बस्याल, रोजिना आचार्य, विमल पौडेल, शिव भट्टराई, रिजन सेढाई र सफल चापागाई रहनु भएको छ । भेलाले सदस्यको एक स्थान रिक्त राखेको छ । मनोज न्यौपाने, बाबुराम खनाल, उज्वल मैनाली र विवेक कुमार जिसीलाई समितिको सल्लाहकारमा चयन गरेको छ । 
भेला वर्षा भण्डारीको अध्यक्षता, वासु भण्डारीको स्वागत मन्तव्य र बाबुराम खनालको सञ्चालनमा अघि बढेको सो भेलामा अखिल (छैठौँ) का केन्द्रीय सचिवालय सदस्य सुवास जिसी र काठमाडौँ जिल्ला सचिव सुदिप पौडेलको समेत आतिथ्यता रहेको थियो । 

कञ्चनपुरमा विरोध कार्यक्रम
महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी सङ्गठन अखिल (छैठौँ) ले यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको फोटो झुण्ड्याएर विरोध कार्यक्रम गरेको छ । २०७५ असोज १२ गते अखिल (छैठौँ) कञ्चनपुरले महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको मूलगेटमा मन्त्री महासेठको फोटो झुण्ड्याएर यातायातमा गरिएको भाडावृद्धि र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको हो ।
दशैँ–तिहार जस्ता हिन्दू नेपालीका पर्वहरू नजिकै रहेका बेला गरिएको भाडावृद्धि र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनताको ढाड सेक्ने काम गरेको भन्दै यसका विरुद्ध आन्दोलन गर्नु परेको अखिल (छैठौँ) का केन्द्रीय सचिव महेश जोशीले बताउनु भयो । सरकार माफियाको इसारामा चलेकाले सिन्डिकेटबाट पछाडि हटेको उहाँको आरोप छ । उहाँले तत्काल सवारी भाडावृद्धि र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी समेत दिनु भयो । यातायात व्यवसायीहरूले दशैँको अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले गत असोज ७ गते १० प्रतिशत भाडा बढाएको थियो । विरोध कार्यक्रममा राजमो जिल्ला सचिव राम बहादुर कार्की, अखिल (छैठौँ) का केन्द्रीय सदस्य भिम जोशी, जिल्ला अध्यक्ष महेशदत्त भट्ट लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

शैक्षिक सामग्री वितरण
दाङ । आशाका किरणहरू नामक एक स्वयंसेवी संस्थाले राप्ती–१ पुलचोकमा रहेको स्वर्गद्धारी प्राविमा अध्ययन गर्ने ५० जना विपन्न छात्रछात्राहरूलाई शैक्षिक सामग्री (झोला) वितरण गरेको छ । संस्थाका अध्यक्ष सूर्य किरण केसीको अध्यक्षतामा २०७५ असौज ११ सम्पन्न शैक्षिक सामग्री वितरण समारोहका प्रमुख अतिथि एवं राप्ती गाउँपालिका–१ का अध्यक्ष तारा डी.सी. ले उक्त सामग्री वितरण गरिएको थियो ।
कार्यक्रमका विशिष्टि अतिथि एवं राप्ती उ.वा. सङ्घ भालुवाङका अध्यक्ष जगत प्रसाद पोख्रेल, नेपाल राष्ट्रिय मावि भालुवाङका वि.व्य.स. सदस्य नारायण शर्मा, होटेल व्यवसायी समिति भालुवाङका अध्यक्ष महेश बेल्बासे, ग्लोबल युथ क्लब पाखापानी का उपाध्यक्ष पवित्रा विक, इन्द्रेणी युवा क्लब भालुवाङ पुलचोकका सचिव जीवन शेर्पा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशचन्द्र रिजाल, पत्रकारद्वय जमिर शाह, ओम प्रकाश गुप्ता, पहिलो पाइला कपिलवस्तुका कोषाध्यक्ष पङ्कज सुनार, सदस्य विमल थापा, राप्ती कला केन्द्र भालुवाङका उपाध्यक्ष विक्रम पाण्डे लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा सहयोगी संस्थाका छविलाल कँडेल सहित पदाधिकारी, प्रमुख अतिथि तथा आमन्त्रित अतिथिहरूलाई वि.व्य.स. अध्यक्ष रिजाल तथा विद्यालयमा अध्यापनरत शिक्षकहरूले पुष्पगुच्छाले स्वागत तथा अभिनन्दन गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अशोक बेल्बासेले र स्वागत विमल राना मगरले गरेको थिए । – महेश रिजाल

अप्रिल फूलका लेखकसँग अन्तरक्रिया
बुटवल । पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास अप्रिल फूलका बारेमा २०७५ असोज १३ गते बुटवलमा साहित्यकारहरूबीच अन्तक्रिया गरिएको छ । लेखक आचार्यको उपस्थितिमा भएको कार्यक्रममा साहित्य क्षेत्रका विभिन्न व्यक्तिहरूले पुस्तकका बारेमा चर्चा गरेका थिए । 
नयाँपत्रिका दैनिकमा कार्यरत आचार्यको पहिलो कृतिको समीक्षा गर्दै वरिष्ठ गजलकार बाबु त्रिपाठी, साहित्यकार गिरि श्रीस मगर, राजेन्द्र आचार्य र लेखक रामचन्द्र श्रेष्ठले पनि उपन्यास क्षेत्रका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पुस्तकका लेखक आचार्यले पुस्तक सिर्जना गर्दाका अनुभवदेखि पुस्तकमा समेटिएका विषयबारे जानकारी गराएका थिए । गजल सागर नेपालले आयोजना गरेको सो अन्तरक्रियामा साहित्यकारहरू यज्ञलाल सुवेदी, मिन बहादुर राना, कृष्ण गाउले, रामचन्द्र श्रेष्ठ, अमृत भुसाल पियुष, सरिता श्रीस, पुनाराम गिरि, पुरुषोत्तम पाण्डे, यज्ञ न्यौपाने, ईश्वर ढकाल लगायतले रचना वाचन तथा साहित्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।


राजमो गाउँपालिका भेला सम्पन्न
तमघास । राष्ट्रिय जनमोर्चा सत्यवति गाउँपालिकाको भेला सम्पन्न भएको छ । राजमोका जिल्ला सचिव छविलाल सर्तुङीको प्रमुख आतिथ्यतामा २०७५ असोज ११ गते सो भेला सम्पन्न भएको हो ।
भेलाले मित्रलाल त्रामुको अध्यक्षतामा राजमोको गाउँपालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नरमाया थापा, सचिवमा कमल पुलामी र कोषाध्यक्षमा शेर बहादुर राहाडी रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा टेक बहादुर श्रीस, नरसिंह पुलामी, टिकाराम भण्डारी, नारायण थापा, प्रमोद राहाडी र मान बहादुर फौजाली रहनु भएको छ । सदस्यको एक स्थान रिक्त राखिएको छ ।
भेला मित्रलाल त्रामुको अध्यक्षता तथा ओम श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो । भेलालाई नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवर, राजमो गुल्मीका सदस्य हरि न्यौपाने, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य नरमाया थापा, अखिल नेपाल युवक सङ्घकी केन्द्रीय सदस्य उषा थापा, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य कमल पुलामी, अखिल (छैठौँ) का जिल्ला सदस्य प्रयास सिंजापति र रक्तिम सांस्कृतिक अभियानका पूर्व केन्द्रीय सदस्य नेत्र रानाले शुभकामना दिनु भएको थियो ।


प्युठानमा समताको प्रशिक्षण कार्यक्रम
खलङ्गा । जातीय समता समाज प्युठानको आयोजनामा पालिका स्तरीय प्रशिक्षण सम्पन्न भएको छ । समसामयिक िविषयमा समाजले विभिन्न स्थानमा प्रशिक्षण सम्पन्न गरेको हो । २०७५ असोज ७ र ८ गते ऐरावति गाउँपालिकामा सम्पन्न प्रशिक्षण कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विकले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार राजेश विक, राजमो जिल्ला कोषाध्यक्ष कृष्ण श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष रेकम सुनार, वडा जनप्रतिनिधि पार्वता परियार र रूमा विकले सम्वोधन गर्नु भएको थियो । कमल नेपालीको अध्यक्षता र भक्त बहादुर विकका सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । मल्लरानी गाउँपालिकाको धरमपानीमा असोज ९ र १० गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चन्द्र बहादुर नेपालीको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दिल बहादुर विक हुनु हुन्थ्यो । सो अवसरमा केन्द्रीय सल्लाहकार राजेश विक, समता नेता गोपाल नेपाली, रेकम सुनारका साथै गिरीराजमणि पोख्रेरेल, गङ्गाराम पोख्रेलले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा स्वागत सूर्य नेपाली र सञ्चालन हुमलाल नेपालीले गर्नु भएको थियो ।
असोज १३ र १४ गते झिमरुक गाउँपालिकामा प्रशिक्षण सम्पन्न भएको छ । अइन्द्र सिंह विकको अध्यक्षता तथा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दिल बहादुर विक रहनु भएको सो कार्यक्रममा अन्य अतिथिहरूमा केन्द्रीय सल्लाहकार राजेश विक, समता नेता गोपाल नेपाली, झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसी, रेकम सुनार, वडा अध्यक्ष मिन बहादुर केसी, सीताराम पोख्रेल, टीका बहादुर जिसीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा स्वागत के.बी. सुनारले तथा सञ्चालन शङ्कर विकले गर्नु भएको थियो ।
असोज १५ र १६ गते शमशेर परियारको अध्यक्षतामा केन्द्रीय अध्यक्ष दिल बहादुर विकको उद्घाटनमा कार्यक्रम सम्पन्न भएको छ । पूर्व अध्यक्ष राजेश विक, केन्द्रीय कोषाध्यक्ष रेकम सुनार, जिल्ला अध्यक्ष गोपाल नेपाली, राजमो तथा रेडियो अध्यक्ष भक्तु गिरी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सचिव सुरेश श्रेष्ठ, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव मुकुन्द रोका, राजमो जिल्ला सदस्य धन बहादुर केसीले कार्यक्रममा सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा स्वागत शन्तराज नेपाली र सञ्चालन भिरेन्द्र विकले गर्नु भएको थियो ।
जातीय समता समाज पूर्व अध्यक्ष राजेश विक, केन्द्रीय अध्यक्ष दिल बहादुर विक र जिल्ला अध्यक्ष गोपाल नेपालीले दलित समस्या र दलित आन्दोलनसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र सङ्गठनात्मक विषय, दर्शन र विश्व दृष्टिकोण लगायतका विविध विषयमा प्रशिक्षण दिनु भएको थियो ।

सबै नगरमा राजमोको ज्ञापन
काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले जिल्लाका ११ वटै महानगर तथा नगरपालिकामा सङ्घीयताको खारेजी, करवृद्धि फिर्ता, महङ्गी नियन्त्रण, हत्या, हिंसा, बलात्कारका दोषीउपर कारवाही, विकास तथा शिक्षामा आम जनताको पहुँच जस्ता माग राखेर ज्ञापन बुझाएको छ ।
२०७५ असोज १२ गते कीर्तिपुर नगरपालिका प्रमुखलाई ज्ञापन बुझाइएको छ । जिल्ला अध्यक्ष झविन्द्र बेलबासेको नेतृत्वमा उपाध्यक्ष राजेन्द्र पुडासैनी, सचिव जगत प्रसाद रेग्मी, राजमो कीर्तिपुरका अध्यक्ष अमर बहादुर पौडेल, राजमो बुढानिलकण्डका अध्यक्ष छवि खनाल र प्रेम मोक्तान सहितको प्रतिनिधि मण्डलले सो ज्ञापन बुझाएको हो ।
असोज १४ गते बुढानिलकण्ठमा जिल्ला सचिव जगत प्रसाद रेग्मी नेतृत्वको प्रतिनिधि मण्डलले ज्ञापन बुझाएको छ । प्रतिनिधि मण्डलमा नगर अध्यक्ष छवि खनाल, सचिव मधु क्षेत्री, बुद्धिजीवी सङ्घकका केन्द्रीय सचिव समिर सिंह, युवक सङ्घका केन्द्रीय सदस्य विष्णु शर्मा, हिरा रोका जिसी र राजमो केन्द्रीय कार्यालय भवनका व्यवस्थापक कुल बहादुर थापा सहभागी हुनु हुन्थ्यो ।
असोज १५ गते चन्द्रागिरी नगरपालिकामा ज्ञापन बुझाइएको छ । जिल्ला अध्यक्ष झविन्द्र बेलबासे, जिल्ला सदस्य रोसन दानी लगायतको प्रतिनिधि मण्डलले सो ज्ञापन बुझाएको हो ।
असोज १६ गते टोखामा जिल्ला सचिव जगत प्रसाद रेग्मीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ । प्रतिनिधि मण्डलमा जिल्ला कोषाध्यक्ष मुक्त बहादुर केसी, सल्लाहकार दिवाकर सुवेदी, युवक सङ्घका केन्द्रीय सचिव भक्त विक, नगर अध्यक्ष अजिता ढकाल, उपाध्यक्ष भीमलाल न्यौपाने, सचिव रेवती शर्मा, कोषाध्यक्ष भीम रायमाझी, नगर सदस्य जमुना नेपाल र राजमो तारकेश्वरका अध्यक्ष विनोद फुयाँल लगायत सामेल हुनु हुन्थ्यो ।
त्यसैगरी, असोज १७ गते तारकेश्वरमा, असोज १८ गते नागार्जुन तथा महानगरपालिका र अन्य नगरपालिकामा समेत असोज २१ गतेभित्र ज्ञापन पत्र बुझाउने योजना गरेको राजमो काठमाडौँका सचिव जगत प्रसाद रेग्मीले जानकारी दिनु भयो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
खड्का अपहरणको विरोध
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रियता बचाउन संयुक्त जनसभा
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
राजमो जैमिनीको सम्मेलन सम्पन्न
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal