२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
बुटवल । अखिल नेपाल युवक सङ्घ रूपन्देहीको जिल्ला सम्मेलन २०७५ असोज १४ गते सम्पन्न भएको छ । युवक सङ्घका महासचिव कृष्णराज पाण्डेको प्रमुख आतिथ्यतामा सो सम्मेलन सम्पन्न भएको हो । 
सम्मेलनमा सम्बोधन गर्दै महासचिव पाण्डेले युवाहरूलाई स्वदेशमै रोजगारको व्यवस्था गर्नका लागि उद्योग स्थापना गर्नु पर्ने बताउनु भयो । विदेश पलायन युवाहरूलाई स्वदशमै रोकेर उत्पादनमूलक क्षेत्रमा परिचालन गरिएमा देशको अर्थतन्त्र बलियो हुने महासचिव पाण्डेको भनाइ थियो । 
सम्मेलनमा राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेश सभा सदस्य तारा जिसी, पूर्व सभासद सन्त बहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका रूपन्देही सचिव दीपक पौडेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रिय सचिव लक्ष्मी न्यौपाने, राजमो नेताहरू रुक बहादुर पराजुली, नारायण जिसी, रूपन्देही व्यापार सङ्घका अध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सल्लाहकार दुर्गानाथ खरेल, अखिल (छैठौँ) का रूपन्देही अध्यक्ष सरोजमान सिंह, गङ्गालाल सापकोटा, गणेश थापा, हरि योगी, सुरेन्द्र थापा, ज्योति फौजा मगर लगायतले मन्तव्य राख्नु भएको थियो । 
गोपाल बञ्जाडेको अध्यक्षतामा सम्पन्न सम्मेलनले गोविन्द खनालको अध्यक्षतामा १३ सदस्यीय युवक सङ्घको रूपन्देही जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रमा जिसी, सचिवमा गणेश थापा, सहसचिवमा शङ्कर पौडेल र कोषाध्यक्ष मिलन पोखरेल चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा अर्जुन घर्ती, दुर्गादेवी काउचा, प्रिया अधिकारी, रमेश भण्डारी, यम बहादुर क्षेत्री लगायत रहनु भएको छ ।
ताप्लेजुङमा छैठौँको सङ्गठन विस्तार
ताप्लेजुङ । अखिल (छैठौँ) ले ताप्लेजुङमा सङ्गठन विस्तार गरेको छ । ताप्लेजुङको फुङलिङमा अखिल (छैठौँ) ले ताप्लेजुङको भानु जन उच्च माविमा एकाइ कमिटी गठन गरेको हो । 
सङ्गठन निर्माण गर्न आयोजिन भेलामा अखिल (छैठौँँ) का काठमाडौँ जिल्ला उपाध्यक्ष विवेक जिसीले अन्धविश्वास विरुद्ध जनचेतना जगाउन आवश्यक रहेको बताउनु भएको थियोे भने युनियनका १ नम्बर प्रदेश सदस्य हर्क लावतीले राजनीति प्रशिक्षण दिनु भएको थियो ।
भेलाले चेतना लिम्बू अध्यक्ष रहेको ६० सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भिम भट्टराई, सचिवमा विमल श्रेष्ठ, सहसचिवमा सोनु भट्टराई, कोषाध्यक्षमा नविन नेपाली लगायत रहनु भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
खड्का अपहरणको विरोध
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रियता बचाउन संयुक्त जनसभा
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
राजमो जैमिनीको सम्मेलन सम्पन्न
संक्षिप्त समाचार
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal