२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
राजमो जैमिनीको सम्मेलन सम्पन्न
बागलुङ । राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । २०७५ असोज १३ गते कुश्मिसेरा बजारमा राजमो गण्डकी प्रदेश सांसद तथा प्रदेश मामिला सभापति माननीय कृष्ण थापाले मैनबत्ती प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्नु भएको सो सम्मेलनले डिल बहादुर श्रीसको अध्यक्षतामा १७ पूर्ण आठ वैकल्पिक गरी २५ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डिल कुमारी श्रीस, सचिवमा ठाकुर शर्मा., सहसचिवमा गोविन्द शर्मा र कोषाध्यक्षमा शान्तकला शर्मा रहनु भएको छ । त्यसैगरी, सदस्यहरूमा चन्द्र बहादुर केसी, रघुनाथ पौडेल, शिव शर्मा, लीलादेवी शर्मा, विष्णुकली दर्जी, मिना राना थापा, राम बहादुर मल्ल, शालिकराम सापकोटा, सूर्य बहादुर पुन, रीता राना, नारायण पौडेल र नर बहादुर थापा रहनु भएको छ । एवं प्रकारले वैकल्पिक सदस्यहरूमा भागिन्द्र कुमार थापा, खिम बहादुर परियार, टिका आचार्य, कुमारी नेपाली, कल्पना विक, चुडामणि शर्मा र गोपाल पौडेल रहनु भएको छ । समितिको सल्लाहकारमा मेघराज आचार्य र बालकृष्ण शर्मा रहनु भएको छ ।
सम्मेलनमा शुभकामना दिने अतिथिहरूमा राजमोका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, राजमो बागलुङका जिल्ला अध्यक्ष अमर बहादुर थापा लगायत हुनु हुन्थ्यो । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल किसान सङ्घ बागलुङका सचिव वीरेन्द्र थापा, राजमो बागलुङका जिल्ला सदस्य डिल बहादुर श्रीस, जनजाति सम्मेलनका केन्द्रीय सदस्य लाल बहादुर पुन, अखिल नेपाल महिला सङ्घ बागलुङका अध्यक्ष रुद्रा कुमारी केसी, अखिल नेपाल युवक सङ्घ बागलुङका सचिव वीरेन्द्र थापा र अखिल (छैठौँ) बागलुङका उपाध्यक्ष कृष्णा थापाको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रम ठाकुर शर्माको अध्यक्षता, पशुपति शर्माको सञ्चालन र डिल कुमारी श्रीसको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । उद्घाटन पूर्व टिमुरे खोलाबाट नाराजुलुश, पञ्चेबाजा सहितको र्‍याली कुश्मिसेरा बजार हुर्दै शान्ति माविको प्राङ्गणमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो ।
काठेखोलाको सम्मेलन सम्पन्न
यसैबीच, राष्ट्रिय जनमोर्चा काठेखाला गाउँपालिकाको प्रथम गाउँ सम्मेलन २०७५ असोज १२ गते श्री धारा मावि तङ्ग्रामको प्राङ्गणमा सम्पन्न भएको छ । राजमो गण्डकी प्रदेश सांसद तथा प्रदेश मामिला सभापति कृष्ण थापाले द्वीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्नु भएको थियो ।
सम्मेलनमा अन्य अतिथिहरूमा राजमोका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, राजमो बागलुङका जिल्ला अध्यक्ष अमर बहादुर थापा, अखिल नेपाल युवक सङ्घका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापा, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल लगायत हुनु हुन्थ्यो ।
राजमो काठेखाला गाउँपालिका अध्यक्ष ओम बहादुर पुनको अध्यक्षता, सचिव टिका सङ्गम विकको सञ्चालन र उपाध्यक्ष पूर्ण बहादुर थापाको स्वागत मन्तव्यबाट अगाडि बढेको सम्मेलनमा रक्तिम सांस्कृतिक परिवारका कलाकारको प्रस्तुति साथै पञ्चेबाजाका टोलीको समेत उपस्थिति रहेको थियो ।
सम्मेलनका उद्घाटन पश्चात् सुरु भएको बन्दसत्रमा वडा स्तरीय रिपोर्टिङ, अध्यक्षको साङ्गठनिक प्रतिवेदन, आगामी कार्यक्रम पारित गर्दै लक्ष्मण पुनको अध्यक्षतामा ११ सदस्यीय समिति र चार सल्लाहकार चयन गरेको छ । समितिको उपाध्यक्षमा पूर्ण बहादुर थापा, सचिवमा टिका सङ्गम बिक, सहसचिवमा उमेश थापा र कोषाध्यक्षमा विष्णु कँडेल रहनु भएको छ । सदस्यहरूमा थमन पुन, सीता किसान, चित्र बहादुर कार्की, राम बहादुर पुन, पर्शुराम कँडेल र भिमा कुमारी पुन रहनु भएको छ । सम्मेलनले ओम बहादुर पुन, पृथ्वीराज कँडेल, थिर बहादुर राना र भद्री किसानलाई सल्लाहकारमा चयन गरेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
खड्का अपहरणको विरोध
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रियता बचाउन संयुक्त जनसभा
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
संक्षिप्त समाचार
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal