२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
काठमाडौँ । सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैँको मुखमा तरकारी लगायत विभिन्न सामग्रीको मूल्य महङ्गिएको छ । केही दिनयता काठमाडौँमा धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरूले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे । तर तरकारी बजारको विकृति ज्यूँका त्यूँ छ । अहिले पनि छ तहका विचौलिया पार नगरी उपभोक्ताको भान्सासम्म तरकारी पुग्न नसकिने स्थिति कायमै छ
गत भदौ १६ गते र असोज १६ गतेको बजार तुलना गर्दा धेरैको मूल्य बढेको पाइएको छ । कुनै तरकारीको मूल्य ७२ प्रतिशतसम्म वृद्धि भएको पाइयो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भदौ १६ गते गोलभेँडा सानो प्रतिकेजी ५५ रूपैयाँ तोकेको थियो । तर यही गोलभेडा असोज १६ मा आइपुग्दा ६५ रूपैयाँ पुगेको छ । त्यतिबेला प्रतिकेजी दुई सय पाँच रूपैयाँ रहेकोे हरियो लसुन अहिले महङ्गिएर दुई सय ९५ रूपैयाँमा उक्लेको छ । यस्तै, रातो आलु प्रतिकेजी ५८ रूपैयाँबाट ६८ रूपैयाँ, बोडी ६५ बाट ९५ रूपैयाँ, तितो करेला ५५ बाट ९५ रूपैयाँ, घिरौला ४५ रूपैयाँ ५५ पुगेको छ । तरकारी मात्र नभएर फलफूलको मूल्य पनि बढेको छ । भुँइकटहरको मूल्य १०५ रूपैयाँबाट ११५ रूपैयाँ र तरबुजा ५५ रूपैयाँबाट ६५ रूपैयाँ कायम भएको छ । अन्य धेरै तरकारीको मूल्य बढेको छ, यद्यपि गाजर, बन्दा, काउली लगायतका तरकारीको मूल्यमा केही कमी आएको पाइएको छ । यसैगरी, मूला, भन्टा, घिउ सिमी, भटमास कोशालगायतका केही तरकारीहरूको मूल्य स्थिर छ ।
दशै नजिकिँदै गर्दा तरकारी तथा फलफूलमा कालोबजारी हुने विगतको तितो अनुभव छ । कडा अनुगमन गरेर मूल्यवृद्धि रोक्ने सरकारी दाबी भने गफमै सिमित छ ।
तरकारीमा रहेको विचौलियाको सिन्डिकेट भत्काउने मन्त्रीद्वयले घोषणा गरेका थिए । तर कालिमाटी फलफूल तथा तरकारी बजारमा विचौलियाको एकाधिकार अहिले पनि उस्तै छ । विचौलियालाई समाप्त नपारेसम्म तरकारी बजार उपभोक्तामैत्री हुन नसक्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘किसानको प्रत्यक्ष पहुँच उपभोक्तासम्म पुर्‍याउन सके मात्र तरकारीको मूल्य सस्तो हुन्छ र किसानलाई पनि फाइदा हुन्छ’ उनको भनाइ थियो । अहिले तरकारीको मूल्यवृद्धि अस्वाभाविक भएको महर्जन बताउँछन् । उनी भन्छन्– ‘दशैमा धेरै माछामासुको उपभोग गरिन्छ । तरकारीको मूल्य त होइन घट्नुपर्ने हो ।’ दशैँमा अझै धेरै मूल्य बढ्न सक्ने उपभोक्ताको आशङ्का छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
खड्का अपहरणको विरोध
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रियता बचाउन संयुक्त जनसभा
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
राजमो जैमिनीको सम्मेलन सम्पन्न
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
संक्षिप्त समाचार
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal