२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राष्ट्रियता बचाउन संयुक्त जनसभा
काठमाडौँ । राष्ट्रियता, जनजीविका र जनसरोकारसम्बन्धी विषयमा काठमाडौँको रत्नपार्कमा २०७५ आश्विन १६ गते संयुक्त जनसभा सम्पन्न गरिएको छ । उक्त सभामा बोल्दै विषयविज्ञ तथा राजनीतिज्ञहरूले नेपाली राष्ट्रियताको रक्षाका लागि जनता एकताबद्ध भएर आन्दोलनमा जुट्नुको विकल्प अब नरहेको बताएका छन् । 
नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जागरण परिषद् नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान र जनसमाजवादी पार्टी नेपाल तथा जलस्रोतविद दिपक ज्ञवाली, पूर्व राजदुत हिरण्यलाल श्रेष्ठ, सिमाविद् बुद्धिनारायण श्रेष्ठ, पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुङ्गेल र इतिहासविद डा. सुरेन्द्र के.सी. सम्मिलित रहनुभएको स्वतन्त्र व्यक्तिहरूको समूहको संयुक्त आयोजनामा सो जनसभा सम्पन्न गरिएको हो ।
सभामा बोल्दै विषयविज्ञ तथा राजनीतिज्ञहरूले वर्तमान सरकारका गलत नीति, निर्णय र व्यवहारका कारण नेपाली राष्ट्रियता झनै कमजोर बन्दै गएको बताए । सरकार जनजिविका र जनसरोकारका विषयहरूमा समेत उदासीन र लाचार बन्द देशमा दण्डहीनता र अराजकता मौलाउँदै गएको उनीहरूले प्रष्ट पारे । 
सरकारको रवैया यस्तै रहेमा कालान्तरमा देशको अस्तित्वमाथि नै सङ्कट आउन सक्ने खतरा समेत उनीहरूले औल्याए । दिनप्रतिदिन कमजोर बन्दै गैरहेको नेपाली राष्ट्रियताको रक्षा गर्दै जनजीविका र जनसरोकारका विषयहरूमा सरकारलाई खबरदारी गर्न अब जनता आन्दोलनमा उत्रनुको कुनै विकल्प नभएको उनीहरूको थप भनाइ थियो । 
पूर्व राजदुत हिरण्यलाल श्रेष्ठको अध्यक्षता, पूर्व जलस्रोत सचिव डा. द्वारिकानाथ ढुङ्गेलको स्वागत मन्तव्य र राष्ट्रिय जनमोर्चाका कार्यालय सचिव घनश्याम न्यौपानेको सञ्चालनमा सो संयुक्त जनसभाको कार्यक्रम अघि बढेको थियो । 
जनसभालाई नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, देशभक्त जनतान्त्रिक मोर्चा नेपालका सचिवालय सदस्य पवनमान श्रेष्ठ, माथिल्लो कर्णाली बचाऔँ अभियानका अध्यक्ष भरत बहादुर शाही, राष्ट्रिय जागरण परिषद्का अध्यक्ष आनन्दराम पौडेल र सिमाविद् डा. बुद्धिनारायण श्रेष्ठ लगायतका वक्ताहरूले सम्बोधन गर्नुभएको थियो । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
खड्का अपहरणको विरोध
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
राजमो जैमिनीको सम्मेलन सम्पन्न
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
संक्षिप्त समाचार
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal