२०७५ मंसिर ५ गते, बुधबार   वर्ष ३६, अङ्क २
मिति(२०७५ म‌सिर ६, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
रोल्पा । सङ्घीयता चाहिदैन करवृद्धि गर्न पाइदैन भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा रोल्पाले सुलिचौरमा विरोध सभा सम्पन्न गरेको छ । सुलिन स्मृति गाउँपालीका–४ सुलिचौरमा २०७५ असोज १४ गते सम्पन्न विरोध सभामा राजमोका नेता तथा कार्यकर्ताहरूको सहभागितामा रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली देशमा हत्या, हिंसा, लुटपाट बढ्दै गइरहँदा पनि नेपालको कानुन कार्यान्वयन गराउने प्रहरी प्रशासन नै मौन रहेको आरोप लगाउनु भयो । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव वीर बहादुर पुनको विषेश आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अन्य अतिथिहरूमा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार जितामित्र सुनार, सङ्घीयता विरुद्ध रोल्पा जिल्ला अभियानका संयोजक हस्तमणि पुन, राजमो प्युठान जिल्ला सदस्य एवं स्वर्गद्वारी नगरपालिका–२ का वडा अध्यक्ष मिनराज राणा, प्युठानका जिल्ला सदस्य तथा स्वर्गद्वारी नगरपालिका–६ का वडा अध्यक्ष गिर बहादुर गुरुङ, वडा नं. ८ का वडा अध्यक्ष खोप बहादुर रावत, जातीय समता समाजका जिल्ला अध्यक्ष भागिराम विक लगायतको आतिथ्यता रहेको थियो । 
राजमो जिल्ला अध्यक्ष मेघनाथ विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रको स्वागत मन्तव्य क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष खिमलाल विष्टले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव डम्बर खड्काले गर्नु भएको थियो ।
पोखरा । सङ्घीयता, करवृद्धि, महङ्गी, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता जल्दाबल्दा समस्यालाई लिएर देशव्यापी विरोध कार्यक्रम गर्ने सिलसिलामा राष्ट्रिय जनमार्चा कास्कीले पोखराको सृजनाचोकमा कोणसभामा सम्पन्न गरेको छ ।
२०७५ असोज १३ गते सम्पन्न सभामा राजमोका केन्द्रीय सचिव कृष्ण अधिकारीले करको खातिर महिला अस्मितामाथि नै धावा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीले विवादास्पद विषयमा छलफल अगाडि बढाएकोप्रति विरोध गर्नु भयो । आफूलाई माक्र्सवादी लेनिनवादी सिद्धान्तप्रति प्रतिबद्ध बताउने मुख्यमन्त्रीले राखेको यस्तो गलत विचार कुनै पनि हालतमा मान्य नहुने उहाँको तर्क थियो ।
सङ्घीयता आफैमा खर्चिलो राज्य व्यवस्था भएकोले खर्च घान्नकै लागि नेपाली जनता करको मारमा परेकोप्रति जनतालाई सचेत हुन आग्रह समेत गर्नु भयो । देशमा एउटा राजा हटाएर सयौँ रजौटाहरू जन्माएको जस्तो प्रवृत्तिप्रति लक्षित गर्दै नेता अधिकारीले नेपाली जनताको चेतनामा नै यसको भविष्य रहेकाले बेलैमा सचेत रहन आग्रह गरेका गर्नु भयो । राजमो गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालले एकीकृत कर थोपर्दा जनता मारमा परेकोप्रति ध्यानाकर्षण गराउँदै तत्काल सच्याउन चेतावनी दिनु भयो ।
राष्ट्रिय जनमोर्चा कास्कीका सहसचिव विक्रम थापाको सञ्चालनमा रहेको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रविमोहन ढकालले गर्नु भएको थियो ।
वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेत जिल्ला समितिले राष्ट्रियता गणतन्त्र र धर्म निरपेक्षतकाको रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ, बढ्दो करवृद्धि र अनियन्त्रित मूल्यवृद्धिका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नारा सहित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका विभिन्न स्थानमा कोणसभाहरू सम्पन्न गरेको छ ।
२०७५ असोज १२ गते वीरेन्द्रनगरको नेताचोकबाट उद्घाटन गरिएको कोणसभा मङ्गलगडीचोक पिपिराचोक, धुलियाविट, गुरुङचोक र शङ्करचोकमा सम्पन्न भएका छन् । कोणसभामा राजमोका केन्द्रीय सदस्य रत्न विक्रम प्यासी, राजमो सुर्खेतका अध्यक्ष गोविन्द प्रसाद सुवेदी, सचिव लाल बहादुर नेपाली, कोषाध्यक्ष विष्णु प्रसाद शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राजमोका महासचिव जनकराज शर्मा, कृष्णा कुमारी रावल, भानु बसेल, धर्म दानी, हरि बुढा लगायतको पति आथित्यता रहेको थियो ।
स्थानीय वीरेन्द्रनगरवासीले राजमोको उक्त अभियानलाई स्थानीय स्तरमा भव्य रूपमा स्वागत तथा सहयोग गरेका थिए । जनताको ढाड सेकिने गरी वृद्धि गरिएको कर तथा मूल्यवृद्धि हुनुको मुख्य कारण सङ्घीयता नै भएको हुँदा बोझिलो र खर्चिलो सङ्घीय शासन प्रणाली अन्तर्गत बनेको प्रदेश सभाहरूको विघटन गरी स्थानीय स्वशासनमा आधारित प्रजातान्त्रिक विकेन्द्रीयता सहितको एकात्मक राज्य प्रणालीद्वारा स्थानीय तहलाई अहिलेभन्दा अझ अधिकारसम्पन्न बनाई लागु गर्नु पर्ने बताएका छन् । कोणसभाको समापन भने २५ गते गरिने भएको छ ।
तमघास । राष्ट्रिय जनमोर्चा गुल्मीले सङ्घीयता र करवृद्धिका विरुद्ध कोणसभा सम्पन्न गरेको छ । २०७५ असोज ११ गते जोहाङ खैरेनीमा सो सभा सम्पन्न भएको हो । कोणसभा पूर्व राजमोका नेता÷कार्यकर्ताद्वारा खैरेनी बजार परिक्रमा गर्दै जुलुस निकालिएका थियो ।
सभालाई सम्बोधन गर्दै राजमो गुल्मीका सचिव छविलाल सर्तुङीले सङ्घीयता र करवृद्धि एक–अर्कोसित सम्बन्धित भएको बताउनु भयो । “जनताले परिवर्तन मार्फत् सुख, शान्ति, समृद्धि चाहेका हुन्” नेता सर्तुङीले भन्नु भयो– “तर सरकारले सङ्घीयताको आवरणमा करवृद्धि उपहार दिएको छ ।” उहाँले करवृद्धिका विरुद्ध आन्दोलनमा उठ्न जनतालाई आह्वान गर्नु भयो । नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवर र राजमोका जिल्ला सदस्य हरि न्यौपानेले समेत सम्बोधन गर्नु भएकोको सभाको सञ्चालन रक्तिम सांस्कृतिक अभियनका पूर्व केन्द्रीय सदस्य नेत्र रानाले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
खड्का अपहरणको विरोध
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रियता बचाउन संयुक्त जनसभा
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
राजमो जैमिनीको सम्मेलन सम्पन्न
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
संक्षिप्त समाचार
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal