२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशमा दिनप्रतिदिन घट्दै गइरहेका अपराधिक घटनामा सरकार निरिह र लाचार बन्दै गैरहेको बताएको छ । बलात्कार र हत्याको मुद्दा फास्टट्रयाकबाट सुनुवाई गर्ने अदालतको निर्णयलाई राजमोले स्वागत गरेको छ ।
राजमोकी उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलद्वारा २०७५ आश्विन १६ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ । जारी वक्तव्यमा अगाडि भनिएको छ–बारा अदालतले एउटी सात वर्षीया बालिकाको बलात्कार र हत्याको मुद्दामा दर्ता भएको दिनमै फास्ट ट्रयाकद्वारा सुनवाइ गरी फैसला गरेको कार्य वास्तवमा अत्यन्त महत्वपूर्ण कार्य थियो र त्यसलाई हामीले स्वागत गर्दछौँ । त्यसरी नै काठमाडौँ अदालतले पनि पहलकदमी गरेको कुरा थाहा भएको छ । हामीले आशा गर्दछौँ, देशभरि नै महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरूमा त्यही प्रकारले फास्ट ट्रयाकद्वारा मुद्दाहरू फैसला गरेर पीडितलाई न्याय दिलाउने काम गरिने छ । त्यसो भएमा त्यस प्रकारका अपराधहरूमा पनि कमी आउने सक्ने छ भन्ने हामीले आशा गर्दछौँ ।
महान्यायाधिवक्ताको कार्यालयले पनि सबै सरकारी वकिलहरूको कार्यालयलाई महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरू फास्ट ट्रयाकबाट टुङ्ग्याउन निर्देशन दिएको समाचार सञ्चार माध्यमहरूद्वारा बाहिर आएको छ । सर्वोच्च अदालतले त्यसबारे पहिले नै फैसला गरेको छ । त्यो फैसलालाई व्यावहारिक रूप दिन हामीले सरकार र अदालतसित समेत अनुरोध गर्दछौँ ।
हाम्रो अखिल नेपाल महिला सङ्घले करिब दुई दशकदेखि नै महिलामाथि हुने सबै प्रकारका हिंसाका विरुद्ध शीघ्र कारवाही गर्न पारिवारिक अदालतको माग गर्दै आएको छ र अहिले पनि हाम्रो त्यो माग कायम छ । अहिले अभ्यास हुन थालेको फास्ट ट्रयाकको प्रणालीलाई प्रभावशाली प्रकारले लागु गरेर पारिवारिक अदालतको काममा केही न केही मद्दत पुग्ने छ भन्ने आशा गर्न सकिन्छ ।
त्यस सन्दर्भमा निर्मला पन्तको हत्या र बलात्कारको प्रश्नलाई पनि नउठाइकन रहन सकिन्न । त्यो घटना भएको यति लामो समय बितिसक्दा पनि दोषिलाई पत्ता लगाउने काम हुन सकेको छैन । अपराधका अगाडि सरकार निरीह वा लाचार जस्तो देखिएको छ । त्यो घटनाबारे प्रभाव शालीप्रकारले कारवाही गर्न र अपराधीलाई पत्ता लगाएर दण्ड सजाय गर्न हामीले सरकारसित माग गर्दछौँ । वास्तवमा आज सम्पूर्ण देश नै बालिका र महिलाहरूको बलात्कार र हत्याको सङ्ख्या बढ्दै गएको छ । यो सामान्य कुरा होइन, यसबारे गम्भीर हुन पनि हामीले सरकारको ध्यान आकर्षित गराउन चाहन्छौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
खड्का अपहरणको विरोध
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रियता बचाउन संयुक्त जनसभा
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
राजमो जैमिनीको सम्मेलन सम्पन्न
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
संक्षिप्त समाचार
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal