२०७४ चैत्र २८   वर्ष ३५, अङ्क १६
मिति(२०७५ वैशाख ११, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
वाम गठबन्धनको इमान्दारितामा आशङ्काकाठमाडौँ । देशलाई स्थायी सरकार दिएर समृद्धि र विकासको गतिमा अघि बढाउने उद्घोष गर्दै निर्वाचनमा गएको एमाले, माओवादी–केन्द्र सम्मिलित वाम गठबन्धनले निर्वाचनबाट स्पष्ट बहुमत त हासिल गर्‍यो तर निर्वाचनका बेला गरेका प्रतिबद्धताहरू प्रति इमान्दार रहनेमा भने आशङ्का गर्नु पर्ने अवस्था सिर्जना भएको छ । एमाले–माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनावमा होमिदा निर्वाचन लगत्तै पार्टी एकता गर्ने समेत घोषणा गरेका थिए । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा राष्ट्रिय जनमोर्चासँगको पूर्व सहमति नेकपा (एमाले) र माओवादी केन्द्रले कार्यान्वयन नगरेकोमा नेकपा (मसाल) ले दुःख प्रकट गरेको छ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७४ माघ १८ गते जारी प्रेस वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ । वक्तव्यमा सङ्घीयता खारेज गर्नु पर्नेमा जोड दिइएको छ भने आफ्ना विस्तारवादी नीतिहरूलाई नयाँ प्रकारले लागु गर्नका लागि वातावरण तयार पार्नका लागि नै भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमण भएको पनि प्रष्ट पारिएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको दोस्रो राष्ट्रिय परिषद् बैठक २०७५ जेठ ५देखि ७सम्म अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा हुने भएको छ । २०७४ माघ २० र २१ गते रूपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको एघारौँ पूर्ण बैठकबाट जनजाति सम्मेलनले राष्ट्रिय परिषद् बैठकको सो मिति र स्थान तय गरेको हो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
काठमाडौँ । केही दिन अगाडि काठमाडौँमा एक युवती सामूहिक बलात्कारको शिकार भएको खबर सार्वजनिक भयो । पीडित युवतीले प्रहरीमा जाहेरी दिइन् तर प्रहरीकै मिलेमतोमा घटनालाई गुपचुप बनाउने प्रयास गरियो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
काठमाडौँ । शुरुदेखि नै सङ्घीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले प्रदेश संसदमा समेत सङ्घीयताका विरुद्धमा जोडदार आवाज उठाएको छ । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसदहरूले संसदको पहिलो बैठकमा बोल्दै सङ्घीयता खारेज गर्नु पर्नेमा जोड दिएका छन् ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal