समाचार |
वर्ष ३५, अङ्क १६ April 11, 2018 २०७४ चैत्र २८ शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दनखलङ्गा (प्युठान) । आफ्नो सम्पूर्ण जीवन देश, जनता, पार्टी र क्रान्तिका लागि समर्पित गर्नु भएका ‘शताब्दी कम्युनिस्ट’ खगुलाल गुरुङ अभिनन्दित हुनु भएको छ । जीवनको सयौँ वर्ष पुरा गरेको अवसरमा खगुलाल गुरुङलाई ‘कामरेड खगुलाल गुरुङ’ शताब्दी अभिनन्दन समारोह समितिले गौमुखी–७ कोइरा नारीकोट प्युठानस्थित उहाँकै निवासमा २०७४ चैत्र २६ गते एक भव्य समारोह गरी अभिनन्दन गरेको हो । बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ वर्ष ३५, अङ्क १६ April 11, 2018 २०७४ चैत्र २८ युवक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमाकाठमाडौँ । “राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ अखिल नेपाल युवक सङ्घले सुन्दर नगरी पोखरामा २०७५ वैशाख २८देखि ३० गतेसम्म सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्दैछ । सम्मेलनको मिति नजिकिदै जाँदा युवक सङ्घले राष्ट्रिय सम्मेलनको प्रचार प्रसार र भेलाहरू तीव्र गतिमा अगाडि बढाइरहेको छ । बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ वर्ष ३५, अङ्क १६ April 11, 2018 २०७४ चैत्र २८ नेकपा (मसाल) को शुभकामनाकाठमाडौँ । वयोवृद्ध कम्युनिस्ट नेता खगुलाल गुरुङले सय वर्ष पुरा गरेको अवसर नेकपा (मसाल) ले शुभकामना व्यक्त गरेको छ । पार्टीका महामन्त्री मोहन विक्रम सिंहले २०७४ चैत्र २६ गते नेता गुरुङको अभिनन्दन समारोहमा प्रेस मन्तव्य जारी गर्दै शुभकामना दिनु भएको छ ।
बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ वर्ष ३५, अङ्क १६ April 11, 2018 २०७४ चैत्र २८ सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्ष नै खुशी हुनेछन् ः केसीनेपालगञ्ज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्षहरू नै खुशी हुने बताउनु भएको छ । “नेपालमा सङ्घीयता खारेज भएमा राष्ट्रिय जनमोर्चा र राष्ट्रवादी शक्तिहरू मात्र होइन, स्वयं सत्तासिन कतिपय नेताहरू नै खुशी हुनेछन्” उहाँले भन्नु भएको छ– “विदेशी साम्राज्यवादी, विस्तारवादी र नेपालका केही पृथकतावादी तथा जातिवादीहरू बाहेक अरू सबै जनता खुसी हुनेछन् ।”
बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ वर्ष ३५, अङ्क १६ April 11, 2018 २०७४ चैत्र २८ ओखरकोटको अध्यक्षमा जिसीखलङ्गा । ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्युठानको अध्यक्षतामा सुवास जिसी र महासचिवमा राधा जिसी चयन हुनु भएको छ ।
बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ |
|
|